- सुरेन्द्र सुवेदी, काठमाडौं
वीर अस्पतालमा भएका अनियमितता र बेथितिविरुद्ध त्यहाँका कर्मचारीहरु सरोकारवाला निकायमा उजुरी हाल्दै आइरहेका छन् । तर, पनि राज्यका माथिल्लोतहका निकायबाट सुनुवाई भएको पाइएको छैन । शुक्रबार (१८ जेठ) मात्र प्रधानमन्त्री तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अक्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा वीर अस्पतालका कर्मचारीले भ्रष्टाचार र अनियमितता छानविनको माग गर्दै उजुरी दर्ता गराएका छन् । स्रोतहरुका अनुसार वीरमा करोडमा नभएर अर्बाै रकममा भ्रष्टाचार भइरहेको छ ।
‘देशकै ठुलो र पुरानो अस्पताल वीर अस्पतालमा पटक-पटक अनियमितता भएको सार्वजनिक भएकै छ । हामी अस्पतालका कर्मचारीहरुले पनि आवज उठाउँदै आएका छौं । प्रधानमन्त्री कार्यलयबाट ती विषयमा स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षणसमेत गराउने गरेको छ । अक्तियारबाट पनि वीर अस्पताल र स्वास्थ्य मन्त्रालयमा पत्राचार गरिरहेको छ, राष्ट्रिय सतर्कता केन्द्रले त दुई पटक बिस्तृत अध्ययन गरेर अनियमितता देखिएको भनी प्रतिवेदन प्रधानमन्त्री कार्यालयलाई जानकारी गराईसकेको छ’, उजुरीमा भनिएको छ ।
यति भएर पनि भ्रष्टचारीमाथि कारवाही नभएपछि कर्मचारीहरु आक्रोसित बन्दै गएका छन् । घटना र विचारलाई प्राप्त सरोकारवाला निकायमा गरिएका उजुरीमा भनिएको छ , वीरमा रहेका भ्रष्ट नेतृत्वले गरेका अनियमतितामाथि छानविन भएर पनि कारवाही नहुनु विधिको शासन मान्ने नेपाली नागरिकमाथिको हेपाहा प्रवृति हो ।’
अहिले वीर अस्पतालमा मेडिकल स्टोर, जनरल स्टोर, खरिद एकाइ, अस्पताल फार्मेसीलगायतमा व्यापक अनियमितता भएको कर्मचारीहरुको आरोप छ । बोलपत्रबाट सामान नलिने कोटेश्वनमा पटक पटक गरेर करोडौंका सामान खरिद गर्ने गरेको ,विपन्न नागरिक शाखा र फार्मेसीमा अनियमितता भइरहेको, ५० हजार रुपैयाँमाथिका सामान कोटेशनमा लिनु परेमा अनलाइनमार्फत लिने ब्यवस्थापकको निर्णय हुँदा पनि अनलाइन घटाघट नगरेर कमिसन पाउनेलाई महङ्गोमा आपफूनिकट व्यापारीसँग खरिद गर्ने गरेको एक कर्मचारीले बताए ।
ती कर्मचारीका अनुसार वीरका निर्देशक डा. सन्तोष पौडेलले अनावश्यक (नचाहिने) सामान करोडौं मूल्यका खरिद गरेर राख्ने तर आवश्यक ओषधि, उपकरण खरिद नगर्ने, कर्मचारीको १२ महिना देखिको अतिरिक्त समय काम गरेवापतको पारिश्रमिक नदिने गरिरहेको आरोप कर्मचारीहरुको छ ।
कर्मचारीहरुले निदेशक डा. पौडेल, स्टोर शाखामा काम गर्ने टिकाराम पनेरु खरिदका प्रमुख र केही सदस्य तथा प्रशासन प्रमुख, शाखा अधिकृतले विभिन्न सामान, उपकरण दाखिला गर्दा ओटी टेवल, ओटी लाइट, टोमोथेरापी, जेनेटिक, ऐक्सरे, मेडिसिनलगायत) मात्रै प्रती दाखिला १० देखि १५ लाख रुपैयाँ पाउँदामात्र दाखिला गर्ने गरेको कर्मचारी र ब्यापारीहरु नै बताउँदै आएका छन् ।
चालु आर्थिक वर्ष २०८०/०८१ को सबै आय र व्यय (आन्तरिक र नेपाल सरकारको अनुदान) साथै बर्षभरको टेन्डरमा के कति मेडिकल, जनरल र फार्मेसी समान, उपकरण कुन फर्मसँग खरिद गरेको सोको खर्च र के कति मौज्दात छ, साथै कोटेशनमा कुन कुन समान खरिद गरेको कुन फर्मसँग कति मूल्यमा खरिद गरिएको हो ? यी विषयमा छानविन गर्न वीरका कर्मचारी परिवारले माग गरेका हुन् ।
प्रतिक्रिया