ट्राफिक स्वयमसेवक प्रकण : गृहमन्त्रीविरुद्ध सर्वोच्चमा रिट

ट्राफिक स्वयमसेवक प्रकण : गृहमन्त्रीविरुद्ध सर्वोच्चमा रिट


ट्राफिक नियम पालना नगरी सवारी चलाएका र ट्राफिक प्रहरीले सचेतना कक्षा लिनुपर्ने कारवाही तोकिएका व्यक्तिलाई स्वयमसेवकका रुपमा सडकमा खटाउने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट परेको छ ।

मादक पदार्थ सेवन गरेर सवारी चलाउने, रातो बत्ति बल्दा गाडी नरोक्ने, तीव्र गतिमा सवारी चलाउने र सडक लेन पालना नगर्ने ट्राफिक प्रहरीले सचेतना कक्षासमेत लिनुपर्ने कारवाहीमा परेका चालकलाई गृहमन्त्री लामिछानेले स्वयमसेवकका रुपमा सडकमा ट्राफिक प्रहरीसँग खटाउने निर्णयविरुद्ध उजुरी परेको हो ।

बझाङका कृष्ण विक, स्याङ्जाका आकाश भट्टसमेत सात जनाले शुक्रबार सर्वाेच्चमा रिट हालेका हुन् । यो रिट निवेदनमाथि आइतबारदेखि सुनुवाई हुने भएको छ ।

चार दिनअघि गणतन्त्र दिवशका दिन गृहमन्त्री लामिछानेले राजधानी उपत्यकामा खटिने महिला ट्राफिक प्रहरीलाई मासिक श्राव भएको समयमा ४ दिन विदा दिने र उनीहरुको स्थानमा ट्राफिक कारवाही परेकालाई स्वयमसेवकका रुपमा खटाउने निर्णय गरेका थिए । उपत्यकामा खटिएका २ सय ५० जना महिला ट्राफिक प्रहरीलाई राहत पुगेपनि यो निर्णयको चौतर्फी विरोध हुँदै आएको छ ।