सुनको सिक्री लुट्ने तीनजना पक्राउ

सुनको सिक्री लुट्ने तीनजना पक्राउ


सुनका सिक्री लुट्दै हिँड्ने र लुटिएको सुन बेच्ने काममा संलग्न तीन जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं, कपुरधारा बस्ने गोरखाकी २८ वर्षीया उषा विष्ट, चाबहिल बस्ने सर्लाहीका ३७ वर्षीय हरिशंकर चौधरी तथा तारकेश्वर लोलाङ बस्ने रामहरि खड्का छन् ।

गत वैशाख ३० गते सुन्धाराबाट ट्याक्सी चढेका कविराज नेपालीले आफ्नो घाँटीमा लगाएको सिक्री सोही ट्याक्सीमा सवार महिलाले लुटेकी थिइन् । प्रहरीले सुन लुट्ने खोज्नेक्रममा बालाजु माछापोखरीबाट पक्राउ गरेको हो ।

त्यो लुटिएको सुन रामहरिमार्फत् हरिशंकरलाई बेचेको खुल्न आएको काठमाडौं प्रहरी प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।