लन्डन । प्रवासी नेपाली मञ्च यूकेले गत आइतबार लण्डनस्थित ग्रीनफोर्डको एक रेष्टुरेन्टमाच विभिन्न कार्यक्रमसहित आफ्नो स्थापनाको १० औं वार्षिकोत्सव मनाएको छ । ‘बहुपहिचानसहितको नेपालको संघीय लोकतान्त्रिक संविधान, शीघ्र जारी गर्न सर्वत्र दवाव सिर्जना हाम्रो अभियान’ नारा राखिएको सो वार्षिकोत्सव कार्यक्रमका अवसरमा संघीयताबारे र वर्तमान नेपाली राजनीति परिवेशका विषयमा पनि व्यापक चचौपरिचर्चा गरिएको थियो ।
कार्यक्रममा कार्यपत्रहरु प्रस्तुत गर्ने क्रममा, विशेष अतिथि प्रा डा सूर्य सुवेदीले ‘संघीय लोकतान्त्रिक संविधान, वास्तविकता र चुनौती’ विषयक कार्यपत्र प्रस्तुत गरे भने कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले पोलिटव्युरो सदस्य डा विजय पौडेलले ‘संविधान निर्माणका सन्दर्भमा एमालेका दृष्टिकोणहरुः चुनौती र समाधान’ विषयक कार्यपत्र प्रस्तुत गरे । त्यसैगरि, मञ्चका सल्लाहकार समितिका अध्यक्ष डा अच्युत गौतमले ‘संघीयताः अल्झिएको विगत, बल्झिँदो भविष्य’ बारे र प्रोफेसर डा पदम सिम्खडाले ‘संघीयतामा सामाजिक रुपान्तरण’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
अध्यक्ष रामशरण सिम्खडाको सभापतित्वमा भएको सो सो कार्यक्रममा एमाले केन्द्रीय सदस्य महेश्वर पाठक, एनआरएनए यूके अध्यक्ष महेन्द्र कँडेल, नेपाली जनसम्पर्क समिति बेलायतका महामन्त्री शिव तिमिल्सिना, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष चिरन शर्मा आदिले शुभकामना मन्तव्य दिएका थिए ।
स्वागत मन्तव्य मञ्चका उपाध्यक्ष रामजी बरालले र धन्यवाद मन्तव्य कार्यक्रम संयोजक रविन्द्र कँडेलले दिएकाथिए । १० औं वार्षिकोत्सवका अवसरमा नेप्लिज व्लड डोनर्स एसोसिएसन यूकेको सहकार्यमा रक्तदानको कार्यक्रको पनि आयोजना गरेको थियो । कार्यक्रमा उल्लेखनीय मात्रामा सहभागीहरुको उपस्थिति रहेको थियो।
प्रतिक्रिया