चट्याङ लागेर दुई जनाको मृत्यु

चट्याङ लागेर दुई जनाको मृत्यु


कपिलवस्तुमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। खेतमा काम गर्न जाने क्रममा उनीहरुको आज (१२ असार) बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा यशोधरा गाउँपालिका-६ भैसाहीयाका २२ वर्षीय महेश कलवार र बुद्धभुमि नगरपालिका वडा १० प्रेम नगरका १८ वर्षिय राजु ठाकुर रहेका छन् ।

प्रहरी नायब उपरिक्षक हरिबहादुर ओलीका अनुसार दुवै जनाको शव पोस्टमर्टमका लागि कपिलवस्तु अस्पतालमा राखिएको छ ।