रुवीभ्यालीमा पहिरोले सडक अवरुद्ध

रुवीभ्यालीमा पहिरोले सडक अवरुद्ध


  • विकास रौनियार, धादिङ

अविरल वर्षापछि रुवीभ्याली गाउँपालिकाको बोराङबाट लिस्नेखोला जाने सडक अवरुद्ध भएको छ ।

गएराति परेको मुसलधारे वर्षातको कारण पहिरोले सडक दुई दुईतर्फी अवरुद्ध हुँदा बिहान ७ बजे देखि धादिङको रुबीभ्याली गाऊँपालिका वडा नंबर–४ बोराङबाट लिस्ने खोला जानेबाटोमा पहिरो खसेर सडक अवरुद्ध हुन पुगेको हो । पहिरोका कारण सडक दुईतर्फी नै अवरुद्ध भएको छ ।

सडक अवरुद्ध हुँदा रुवीभ्याली गाउँपालिकाको केन्द्रसम्म आवतजावत गर्ने सवारी साधनहरु बिच सडककमै रोकिन पुगेको उपाध्यक्ष फेलामा तमाङले बताए । पहिरोको कारण उपाध्यक्ष तामाङको गाडी पनि रोकिन पुगेको छ । पहिरोले सडक अबरुद्ध हुँदा बिहान ७ बजे देखि धादिङको रुबीभ्याली गाउँपालिका वडा नंबर-४ बोरांगबाट जिल्ला सदरमुकाम र अन्य स्थानमा जाने सवारी रोकिन पुगेका छन् ।

पहिरोले गर्दा लिस्ने खोला जानेबाटोमा रोकिएका सवारी साधनहरु फर्काएर जान समेत नसक्ने अवस्था रहेको उपाध्यक्ष तामाङले बताए । सडक अवरुद्ध हुँदा ३५-४० जना यात्रुहरु अलपत्र अवस्थामा रहेका छन । अबरुद्ध सडक खुलाउन डोजर लैजाने प्रयास भईरहेको भएपनि साँघुरो सडकमा सवारी रोकिएकाले समस्या भईरहेको बताइएको छ ।

पहिरोनजिकै रहेका डोजर चलाउन आवश्यक इन्धन खच्चर मार्फत बोकाएर लैजाने प्रयास भइरहेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत राजाराम खतिवडाले जानकारी दिए । यस्तै जिल्लाका ग्रामीण सडकहरु पनि वर्षासँगै अवरुद्ध बनेको खबर प्राप्त भएका छन् ।