फार्नवरो । एसियन महिला संगठन (Asian Woman Association) को तेश्रो साधारण सभाले श्रीमती अम्बिका खड्का क्षेत्रीको अध्यक्षतामा नयां कार्य समितिको चयन गरेको छ । फार्नवरो र अल्डरशट क्षेत्रमा मुख्यतया सबै नेपालीका जातीय संस्थाका आआफ्नै आमा समूह छन् र तिनिहरुले आफ्नो जातिलाई मात्र समेटेर कार्यक्रम पनि गर्दछन् । तर यो एसियन महिला समूह भने अलि फरक ढंगवाट ई.सं.२००७ मा स्थापना भएको हो । यस क्षेत्रमा बसोबास गर्ने एसियन महिलाहरु मिलेर स्थापना गरेको यो संस्थामा नेपालीका सवै जातजाति र जनजातिका महिलाहरुको सहभागिता छ । स्थापनाकालदेखि नै सामाजिक कार्यक्रमका साथै विभिन्न नेपाली चाड पर्वलाई मनाउँदै आएको यो संस्थाले विभिन्न खालका च्यारिटी कार्यक्रमसमेत संचालान गर्दछ । यदि कुनै कार्यक्रम गर्दा वा च्यारिटीबाट रकम वचत भएमा त्यस्तो रकम कल्याणकारी संस्थालाई सहयोगसमेत दिँदै आएको छ जस्तै माइती नेपाल, शिव कल्चर सेण्टर, वुध्द कम्युनिटि सेण्टर, फार्नवरो साई सेण्टर । स्थापना कालदेखि हालसम्म संस्थाले अन्तर्राष्ट्रिय महिला दिवस, महिलाहरुको महान चाड तीज, प्रत्यक वर्ष मनाउँदै आएको छ ।
हाल नयाँ चयन भएको कार्य समितिका अन्य सदस्यमा उपाध्यक्षमा श्रीमती अमिता बेलवासे, सचिवमा भिभा गुरुङ र निमा क्षेत्री कोषाध्यक्षमा कल्पना काउछा र कुसुम मल्ल संचारमा रमा बानिया र श्रृजना पौडेल क्षेत्रीय संयोजकमा पुष्पा मेयाङ्गवो र विश्वलक्ष्मी थापा (क्याम्बर्ली), अन्जु थापा र मिना राउत (अल्डरशट), कल्पना गुरुङ र लक्ष्मी कुवर (फार्नवरो) सल्लाहकारमा मैया के.सी., रचना थापा, रिता क्षेत्री, शान्ति थापा कुँवर, छन् ।
प्रतिक्रिया