शिव कल्चरल एण्ड कम्यूनिटी सेन्टरमा शिवरात्रि तथा रुद्री पूजा हुँदै

शिव कल्चरल एण्ड कम्यूनिटी सेन्टरमा शिवरात्रि तथा रुद्री पूजा हुँदै


mahashivratriअल्डरसट । सनातन धर्मावलम्बिहरुको महान पर्व महाशिवरात्रिको अवसरमा शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर तथा साई सेन्टर फार्नबोरोको संयुक्त आयोजनामा यही १७ तारिख मंगलवार फेब्रुबरी २०१५ का दिन Tamu Dhee Nepalese Community Center 160-162 MYTCHETT ROAD, MYTCHETT, SURREY, GU16 6AE मा महाशिवरात्रिको कार्यक्रमको आयोजना गर्ने भएको छ, जसका लागि उक्त सेन्टर सम्पूर्ण भक्त तथा श्रद्धालूहरुलाई आमन्त्रण गरेको छ । उक्त साँझ शिव धुनी जगाउने कार्यक्रम पनि रहेको जानकारी गराइएको छ ।
कार्यक्रमको समय तालिका निम्न प्रकारको बताइएको छ:
कार्यक्रम द्वार खोलने: दिनको ठीक १२:०० बजे [१७/०२/२०१५]
रुद्री पुजा शुरु हुने: दिन को ठीक १:३० बजे [पं नारायण पौडेलबाट]
जल फूल तथा दुध चढाउने: साँझ ५:३० बजे
प्रवचन [पं नारायण पौडेलबाट]: साँझ ६:३० बजे
भजन शुरु हुने: बेलुका ७:३० बजेदेखि बेलुका ९:०० बजेसम्म
साई भजन शुरु हुने: बेलुका ९।०० बजेदेखि राति १२:०० बजेसम्म
समापन कार्यक्रम राति १२।०० बजे
सम्पर्क गर्नुपरेमा:बिक्रम भट्टराई -07915046203, ईन्द्र शर्मा -07853137335
रमा बानियाँ -07988795906, शुष्मा गुरुङ -07939066797