दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनको साधारण सभा

दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनको साधारण सभा


20150208_143252

20150208_143212

20150208_143159लण्डन ः दिनांक ८ फरवरी २०१५को दिन प्लमस्टिड, लण्डन स्थित सेसीको सभाकक्षामा दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनको छैंठौ कार्यकारी समितिको पहिलो साधारण सभा अध्यक्ष श्रीचन्द्र गुरुङको अध्यक्षतमा सम्पन्न भएको छ । कार्यक्रमलाई समाजका महासचिव सुमन गुरुङले सञ्चालन गरेका थिए । अध्यक्ष श्रीचन्द्र गुरुङले तैयार पारिएको एजेण्डा तथा विविध विवरणहरुको सम्प्रेषण पावरप्वाईन्टको माध्यमबाट गरिएको थियो । साधारण सभालाई प्रारम्भ गर्नु अघि समाजका उपाध्यक्ष हिराप्रसाद गुरुङका आमा केहिदिन अघिमात्र दिवंगत भएको दुःखद घडीलाई स्मरण गर्दै उनको आत्मा शान्तिका लागि २ मिनट मौन धाराण गरेर श्रद्धान्जली अर्पण गरिएको थियो । दिनको साढे २ बजेबाट शुरु भएको साधारण सभा बेलुकी साढे छ बजे समापन भएको थियो । यस साधारण सभाले वर्षभरीको कार्यक्रमहरुबारे तिथि निर्धारण तथा प्रत्येका कार्यक्रमका लागि संयोजक र उपसमितिको गठन गरेको थियो । दक्षिणपूर्व लण्डन क्षेत्रका सबै संघसंस्थाहरुसंग हातेमालो गरेर नेपालीहरुको पहिचान, संस्कार र परम्परा जगेर्न गर्ने यावत महत्वपूर्ण विषयहरुमा छलफल भएको थियो । यस साधारण सभाले महत्वपूर्ण विषयहरुमा निर्णय गरेको थियो । समाजको कोषवृद्धि, समाजले पारम्परिक हिसाबमा गर्दै आएको वर्षेनी कार्यक्रमहरु, सामाजिक सञ्जालका लागि वेबसाईट, समाजको मुखपत्र प्रकाशन सम्बन्धि विषयहरुमा छलफल गरिएको थियो । अन्तमा प्रत्येक उपस्थित व्यक्तिहरुको राय लिएर समाजका अध्यक्षले सभालाई समापन गर.का थिए । दुईदर्जनभन्दा बढि सदस्यहरुको सहभागिता रहेको यस साधारण सभाले आगामी दिनहरुमा समाजले सञ्चालन गरिने कार्यक्रमहरु उपर एकदमै सकारात्मक छलफल गरेको थियो ।