बोर्डन/ बेलायत । बेलायतमा हालै एक यस्तो डिभाईसको निर्माण गरिएको छ जसले फुकेर फोक्सो र बोवलको क्यान्सरको लक्षण देखिनुअगावै पत्ता लगाउँदछ । यसको मतलब बिरामीले शुरुमै उपचार पाउन सम्भब हुन्छ । बिरामीको उपचारमा धेरै सजिलो हुनेछ साथै एन एच एसको अन्दाजी २४ करोड ५० लाख पाउण्ड खर्च बचाउन सकीनेछ । एक्सपर्टहरुले आशा गरेका छन ब्रिटिस टेक्नोलोजी यस्तै बिभिन्न गम्भीर प्रकारका बिमारीहरु पत्ता लगाउन सम्भब हुनेछ ।
यसमा बेलायतको ५ पेन्सको साइजको नानो चिपको प्रयोग गरिएको हुन्छ जसले ब्यक्तिको श्वासद्वारा रोग पत्ता लगाउनेछ । आउँदो समरबाट २ वटा सरकारी हस्पिटलबाट यो सेवा शुरु गरिने छ जसमध्ये एक ग्लेनफिल्ड हस्पिटल लिचेस्टर हो । यदि यो सफल भएको खण्डमा स्थानीय जी पी र फार्मेसीहरुमा पनि यो सेवा उपलब्ध हुनेछ जसले बर्षेनी १० हजार ब्यक्तिहरुको जीवन बचाउन सकिनेछ साथै एन एच एसको २४ करोड ५० लाख पाउण्ड खर्च बचाउँदछ ।
यदि क्यान्सरको लक्षण शुरुमै पत्ता लगाउन सकेको खण्डमा सर्जरी र किमोथेरापी जस्ता उपचार प्रभाबकारी हुनेछ । हाल क्यान्सरका बिरामीहरु अन्तिम समय जस्तोमा रोग पत्ता लागेर उपचारमा आउँछन् जस कारण उनीहरुलाई बचाउन गार्हो पर्दछ । हाल बेलायतमा ४४ हजार फोक्सोको क्यान्सर र ४० हजार बोवल क्यान्सरका बिरामीहरुको बर्षेनी उपचार हुने गर्दछ । हाल यो नयाँ प्रबिधि डेस्कटप भर्सनमा २ वटा हस्पिटलबाट परीक्षण गरिनेछ साथै मोबाइल भर्सनमा पनि काम भइरहेकोछ । यो परीक्षण सफल भएको खण्डमा अब कसैले क्यान्सरका कारण जीवन गुमाउनु पर्ने छैन ।
प्रतिक्रिया