✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ श्रावण ९ गते तद्अनुसार सन् २०२४ जुलाई २४ तारिख बुधबार श्रावण कृष्ण तृतीया तिथि शतभिषा नक्षत्र सौभाग्य योग बब करण आनन्दादिमा मानस योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२३ मा भयो र सूर्यास्त साँझ १८ः५६ मा हुनेछ ।
आजको राशिफल
मेष – भविष्यका लागि विशेष काममा जग बसाउने समय छ । स्वास्थ्य सबल रहनेछ र नियमित कार्यमा जाँगर बढ्ने देखिन्छ । व्यापारमा राम्रै फाइदा होला । विभिन्न सहयोग र उपहार पाइनेछ भने भौतिक साधन जुट्ने योग छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । आयस्रोत वृद्धि होला । अनुकूलता वृद्धि र मित्रजन दाहिने होलान् ।
वृष – आजको दिन मिश्रित फलदायी रहला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने समय छ । अन्य व्यवसायमा खासै सुखद परिणाम नमिल्ला । स्वास्थ्य पनि केही कमजोर रहला । अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न बन्न सक्छ । अनावश्यक भ्रमणमा समय बित्ने योग रहेकोले ब्यर्थको यात्रा नगरेकै बेस हुनेछ । वारिवारिक सुख रहनेछ ।
मिथुन – लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्नसक्ने समय छ । तथापि, समयमा होसियार बन्न नसक्दा बन्नैलागेको काम पनि बिग्रन सक्छ, ध्यान राख्नुहोला । मेहनतअनुसार फाइदा कमै होला । खर्च बढ्ने देखिन्छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने योग छ, सजगता अपनाउनु उचित हुनेछ । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
कर्कट – प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्ने समय भएपनि चोरी वा ठगीमा परिने सम्भावना रहेकोले व्यवहारमा सजगता अपपरिहार्य छ । आर्थिक कारोबार गर्दा निकै नै सचेत रहनुहोला । अनावश्यक दौडधुपमा समय बित्ने देखिन्छ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने योग छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर हुनेछ । स्वार्थी तत्वले फसाउन सक्छन् । मेहनतअनुसार फाइदा कमै होला । जोखिम बढ्नेछ ।
सिंह – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । केही कमजोर भएको अनुभूतिका बाबजुद प्रतिस्पर्धामा विजयी भइनेछ । रमाइलो यात्राको सम्भावना छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिएला । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । प्रेमभाव एवम् दामपत्यसुख बढ्नेछ ।
कन्या – आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने दिन छ । दाम, इनाम र प्रतिष्ठा कमाउने मौका जुर्ला । सामाजिक दायित्व बढ्नेछ भने कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता विस्तार हुने देखिन्छ । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । प्रेम भाव वृद्धि हुनेछ । पराक्रम तथा कार्यगति बढ्नेछ ।
तुला – भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने समय छ । व्यापारमा पनि राम्रै फाइदा होला । विशेष प्रयत्न गर्दा कीर्तिमानी काम गर्न सकिने योग छ । तथापि, आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेकोले सचेतना अपनाउनु हितकर होला । व्यावसायिक काम सम्पादन हुनेछन् । आजको दिन सवारीसाधन उपयोग गर्दा अलिक सावधानी अपनाउनु हितकर होला ।
वृश्चिक – समय उत्साहवर्द्धक रहला । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । श्रमको उचित मूल्यांकन होला । पढाइमा प्रगति हुनेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । लाभ हुने काम प्रारम्भ सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन होला । भौतिक साधनसमेत जुट्नाले प्रशन्नता मिल्नेछ । आरोग्यता रहनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु – आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । मेहनतले आम्दानी बढाउनेछ । साझेदारीमा राम्रो फाइदा होला । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने देखिन्छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । पराक्रम बढ्नेछ । रसरागात्मक कार्यमा आकर्षण रहला ।
मकर – अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुने देखिन्छ । अरूका विषायमा चासो लिँदा झमेला आइपर्ला, ध्यान राख्नुहोस् । इर्ष्या गर्नेहरूले काममा अवरोधको प्रयत्न गर्न सक्छन्, सजग रहनुहोला । खेलकूद एवम् भ्रमण जस्ता क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कुम्भ – ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । परिवारजनबाट टाढिनुपर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर हुनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुने योग छ ।
मीन – रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । सन्तान वा अनुयायी एवम् मातृशक्तिको सल्लाह-सहयोगले फाइदा हुनेछ । महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन् भने व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । खर्च केही वृद्धि हुने देखिन्छ । आफन्तको साथ मिल्नेछ । सुख विलासको भाव वृद्धि होला ।
प्रतिक्रिया