साउथ लन्डन कलेज र विद्यार्थीको भविष्य

साउथ लन्डन कलेज र विद्यार्थीको भविष्य


3103735_bb4ccfd7लन्डन / बिगतका केही वर्ष यता खासगरी बेलायतमा संचालित कलेजहरु र विदेशबाट यहाँ पढ्न आउने बिध्यार्थीहरु बिचको सम्बन्धमा निकै नै उतार चडाव हुँदै आइरहेकोछ । वास्तबमै भन्ने हो भने शिक्षाको नाममा ब्याबसाय गरेर व्यापारिक माध्यमको रुपमा अपवाद बाहेक थुप्रैले मौकाको फाइदा लिने अवसर पाए भने कतिले गुमाउनसमेत पछि परेनन् । बेलायत सरकारको नीति, कलेज संचालकहरुको प्रवृति र बिध्यार्थीहरुको मनोब्रितीका कारण उच्च शिक्षा र उज्वल भविष्यको सपना बोक्ने बिद्यार्थीहरुको सपना चकनाचूर बन्न पुग्यो । जसका कारण बेलायतको सैक्षिक क्षेत्रमा समेत नराम्रो दाग लाग्न पुगेको छ ।
कलेज र बिध्यार्थीहरुको भविष्यमाथि उतारचडाव हुदै गर्दा लन्डनस्थित नेपाली व्यवस्थापन अन्तर्गत रहेको साउथ लन्डन कलेजको लाइसेन्स भने खारेज गर्ने प्रक्रियाबाट पनि फिर्ता आएको छ । उक्त कलेजको लाइसेन्स खारेज गर्ने निर्णयबिरुद्द लन्डन हाइकोर्टबाट गत बिहीबार मात्र स्टे अर्डर जारी भएको थियो । यस निर्णयबाट सैयौको संख्यामा नेपाली बिध्यार्थीहरु लाभान्वित हुनेछन् । यूके भीसा एण्ड इमिग्रेसन्स [यूकीभीआई]को लाइसेन्स खारेज गर्ने निर्णयलाई लागू नगर्नको लागि हाइ कोर्टकी न्यायधिश एलिजाबेथ लेइंग डीबीइले यूकेभीआईका नाममा गत बिहीबार मात्र एक आदेश जारी गरेको थियो । कलेजले हाइ कोर्टमा गरेको मुद्दा बिरुद्दको यो सकारात्मक सुनुवाइले ६० दिनभित्र अर्को कलेज खोज्नु पर्ने या त आफ्नै देश फर्किनुपर्ने अवस्थाका चिन्तित बिध्यार्थीहरुलाई ठूलै राहत मिलेकोछ । हाइकोर्टले गरेको यस निर्णयलाइ स्वागत गर्दै साउथ लन्डन कलेजका कार्यकारी निर्देशक राजन कंडेल अदालतको निर्णयले यूकेभीआईद्वारा गरिएको सम्पूर्ण अन्यायको अन्त हुने र कलेजको हाइली ट्रस्टेड लाइसेन्ससमेत फिर्ता गराउनलाइ थप आधार पुगेको उनको भनाइ रहेको छ । यस निर्णयपछि अब सम्पूर्ण पठन पाठनको प्रक्रियालाई चाँडो भन्दा चाँडो अगाडि बढाउने तयारी भइरहेको कंडेलले बताएका छन् ।
यसरी हेर्दा केही वर्ष यता कलेज र सरकारी निकायबाट बिद्यार्थीमाथि भएको मनोमानीपूर्ण नियन्त्रण र प्रक्रियाले गर्दा बिद्यार्थीहरुले शैक्षिक क्षेत्रमा मात्र होइन आर्थिक क्षेत्रमा समेत ठूलो क्षेती ब्य्होर्नुपरेको छ । यस्तो अवस्थामा लाइसेन्स खारेजी माथि अदालले गरेको सकारात्मक निर्णयले पीडित पक्षलाई अवश्य नै राहत मिल्नेछ । तर यस किसिमको अवस्था आउनु भन्दा यस्तो अवस्था आउन नदिनेतर्फ सबैले जोड दिने हो भने पक्कै पनि कसैको भविष्यमाथि प्रश्न चिन्ह उठ्ने थिएन । कलेजको अवस्थाका कारण बेलायतमा बस्ने मनशायले विभिन्न माध्यमबाट अधिकार प्राप्त गराइदिने प्रलोभनमा परेर हजारौं हजार पाउण्ड खर्च गरेर बिल्लीबाठ भएको घटना हाम्रै नेपाली सामाजमा पनि थुप्रै घटेका छन् । नचाहंदा नचाहँदै पनि घटन पुग्ने यस्ता किसिमका दुर्घटनाबाट सबैले बेलैमा सचेत हुन जरुरी देखिन्छ ।