आजको पञ्चाङ्ग एवम् राशिफल (१० साउन २०८१ बिहीबार, २५ जुलाई २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१० साउन २०८१ बिहीबार, २५ जुलाई २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ श्रावण १० गते तद्अनुसार सन् २०२४ जुलाई २५ तारिख बिहीबार श्रावण कृष्ण पक्षको चतुर्थी तिथि ८ः८ पर पञ्चमी तिथि पूर्वाभाद्रपद नक्षत्र सोभन योग कौलव करण आनन्दादिमा मुद्गर योग चन्द्रमा कुम्भ राशिमा १४ः५७ पर मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२४ मा भयो र सूर्यास्त साँझ १८ः५५ मा हुनेछ ।

आजको राशिफल

मेष – आजको दिन अनुकूलता वृद्धि हुनेछ । नयाँ योजना बन्नेछन् भने पुरानो समस्या सुल्झाउन सकिनेछ । रोकिएको काम दोहो¥याउँदा लाभ प्राप्ति होला । ख्याल राख्नुहोस्- ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ । स्थायी सम्पत्तिमा पनि विवाद आउनसक्ने योग छ । धैर्यसाथ काममा जुट्नु हितकर होला । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।

वृष – विभिन्न अवसरले पछ्याउने समय छ । रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त होला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ । व्यवसायमा भने लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ, सचेत रहनुहोला । स्वास्थ्यमा सामान्य कमजोरी महसूस होला । परिवारजन तथा आफन्तबीच आत्मीयतामा कमी आउन नदिन विशेष प्रयत्न गर्नुपर्ने देखिन्छ । यात्रापरक काम बन्नेछ ।

मिथुन – आज स्वास्थ्य केही कमजोर रहन सक्छ, जसकारण चिताएको काम पूरा गर्न कठिन पर्ला । जिम्मेवारी बढिरहनेछन् । चाहेर पनि पढाइलेखाइमा समय दिन नसकिने योग छ । खर्च केही बढेपनि दिगो आयस्रोत जुटाउन सकिने समय छ । नजिकका साथीभाइ टाढिएलान्, तर टाढाका साथीभाइ नजिकिनेछन् । धर्मकर्ममा आकर्षण बढ्नेछ । शत्रुमाथि विजयप्राप्ति तथा समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – दौडधुप र जोखिम बढ्नेछ । आजको दिन केही चुनौतीयुक्त महसूस होला । खर्चको तुलनामा कममात्र फाइदा हुने समय छ । स्वास्थ्यगत समस्याले सताउने देखिन्छ । उपचारमा खर्च हुनसक्छ । विद्यामा कमजोरी र लेनदेनमा विवादको योग छ, ख्याल राख्नुहोला । नियमित कार्यमा अनावश्यक अलमल हुन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् । प्रतिकुलताका बाबजुद रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – समय शुभदायी छ । व्यावसायिक आम्दानी बढ्ला । पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । सकारात्मक कर्मप्रति प्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । दाम्पत्यसुख बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – बोलीको कारणले केही समस्या उब्जिए पनि सहयोगीहरूले फाइदा दिलाउनेछन् । स्वादिष्ट भोजनको अवसर प्राप्त भए पनि सबल स्वास्थ्यका लागि खानपानमा लगाम लगाउनु उचित होला । अध्ययन-अध्यापनमा समय दिन नसकिएला । प्रेमभाव वृद्धि हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । साथीभाइको सहयोगले कार्यगति बढ्नेछ ।

तुला – नाम, दाम र इनाम कमाउने तथा सोचेको काम बन्ने समय छ । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ला । स्वास्थ्य केही कमजोर रहनसक्छ । आवश्यक मात्रामा लगनशील बन्न नसक्ता आलोचनाको शिकार बन्नुपर्ला । साहसिक काममा आकर्षण रहनेछ ।

वृश्चिक – आजको दिन उतारचढावपूर्ण रहने देखिन्छ । प्रतिष्ठित कामको जिम्मेवारी मिलेपनि सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने योग छ । भूमि वा पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ । अर्थ अभावले योजना स्थगित हुन सक्छ, योजना बनाएरमात्र काममा हात हाल्नु हितकर हनेछ । असफलता नै मिलेपनि पराक्रम बढ्ने समय छ ।

धनु – नियमित कर्ममा केही समस्या निम्तिएपनि इच्छाशक्ति एवं मेहनतले राम्रै फाइदा दिलाउने समय छ । व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन्, तर प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नाले प्रशन्नता बढ्ला । व्यस्तता बढ्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – समय शुभदायी छ । पराक्रम बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने योग छ । नयाँ व्यवसाय सुरु गर्ने मौका जुर्न सक्छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । मिठो भोजन प्राप्ति र सुख वृद्धि हुनेछ । आरोग्यपन पनि वृद्धि होला । नियमकानूनले साथ दिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्ने समय छ । अरूको दबाबमा परिए पनि मेहनतले धेरैको विश्वास जित्न सकिएला । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रशन्न रहला । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु उचित हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – आजको दिन आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । उपहारभन्दा कर्ममा विश्वास गरेर अघि बढ्नु हितकर हुनेछ । अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्ने योग छ । अर्थ अभावले चिताएको काम रोकिने सम्भावना छ, ध्यान राख्नुहोला । शरीरमा आरोग्यता रहनेछ ।