आजको पञ्चाङ्ग एवम् राशिफल (१२ साउन २०८१ शनिबार, २७ जुलाई २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१२ साउन २०८१ शनिबार, २७ जुलाई २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर बर्षा ऋतु वि.सं. २०८१ श्रावण १२ गते तद्अनुसार सन् २०२४ जुलाई २७ तारिख शनिबार श्रावण कृष्ण पक्षको सप्तमी तिथि रेवती नक्षत्र सुकर्म योग भद्रा करण आनन्दादिमा धाता योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२५ मा भयो र सूर्यास्त साँझ १८ः५४ मा हुनेछ ।

आजको राशिफल

मेष – तार्किक क्षमताले सम्मान दिलाउने समय भएपनि आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । आशा देखाउनेहरूले धोका दिन सक्छन् भने लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । अवसरवादीहरूले तपाईंका कमजोरीको फाइदा उठाउन सक्छन् । पढाइलेखाइमा पनि ध्यान केन्द्रित नहुन सक्छ । साँझदेखि अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ, सचेत रहनुहोला । खर्च बढ्ने योग छ ।

वृष – आजको दिन भेटघाटले काममा बाधा पुऱ्याउन सक्छ । आँटले काम लिन नसक्दा पछि परिएला । स्वास्थ्य सामान्य कमजोर रहे पनि समुदायको हितमा राम्रै काम गर्न सकिने योग छ । सामाजिक उत्तरदायित्व पनि बहन गर्नुहोला । विशेष खालको मेहनतले अवसर जुटाउन सकिनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । मिठो भोजन प्राप्त हुनेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – नियमित काममा चुनौती आइलाग्न सक्छ तर कीर्तिमानी काम सुरु गर्ने समय छ । विशेष प्रयत्न गर्दा खर्च लागे पनि दिगो फाइदा हुने देखिन्छ । काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । धेरैले साथ दिनाले महत्वपूर्ण निर्णय लिन सकिएला । अध्ययन-अध्यापनमा प्रगति हुनेछ । वैरभाव राख्नेहरूले हार खाने योग छ । धर्मकर्ममा आकर्षण बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट – दौडधुप र कार्यमा जोखिम बढ्ने समय छ । आजको दिन अस्वस्थता एवं काम बिग्रने भयले सताउन सक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने अवस्था देखिन्छ । सोखले फजुल खर्च बढाउन सक्छ । आलस्य गर्दा काम बीचैमा रोकिनेतर्फ समयमै सचेत रहनु उचित हुनेछ । अर्थ संग्रहमा बाधा पुग्ने योग छ । रसरागमा आकर्षण रहला ।

सिंह – काममा लगनशील बन्दा दिगो फाइदा उठाउन सकिने समय छ । लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । सुखद समाचारले उत्साह जगाउने योग छ । तर्कशक्ति बढ्नुका साथै रोकिएका काम सम्पादन हुनेछन् । आलोचकहरूलाई जवाफ दिन सकिनेछ । दाम्पत्यसुख बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्ला । पारिवारिक सुखशांति रहनेछ ।

कन्या – पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिनाले समस्या उत्पन्न होला तर कीर्तिमानी काम सुरु गर्ने समय छ । धेरैले साथ दिनेछन् । अप्रत्यासीत रुपमा धनको लाभ पनि हुने देखिन्छ । प्रतिस्पर्धीहरूले समस्या उब्जाउन सक्नेतर्फ सचेत रहनु हितकर होला । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – आजको दिन विशेष जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ । समय र नियमलाई बेवास्ता नगर्नुहोला । रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ, सचेत रहनुहोला । व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ । प्रेमको गाँठो कसिने योग छ । आरोग्यबल बढ्नेछ ।

वृश्चिक – विगतको श्रमबाट सामान्य लाभ भए पनि परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न हुनसक्ने दिन छ । आफ्नै कमजोरीले अवसर गुम्न सक्छ । तथापि, रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । बौद्धिक जमातलाई आकर्षित गर्ने काम सम्पादन हुने योग छ । सोखले खर्च बढाउन सक्छ, सचेत रहनुहोला । पराक्रम बढनेछ । व्यस्तता बढ्नेछ । मिहिनेत ले रोकिएको काम बन्नेछ । सामर्थ्य वृद्धि हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु – ब्यस्तता बढ्नेछ । विगतका कमी-कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुने समय छ । अवरोधका बीच समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्न सकिएल । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । काम बिग्रने भयले सताउन सक्छ । शुभचिन्तकहरूसँग भेटघाट हुने योग छ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – दीर्घकालसम्म फाइदा हुने काममा हात हाल्ने समय छ । सोचेको काम बन्नुका साथै विभिन्न अवसर प्राप्त हुनेछन् । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । आफूभन्दा कमजोरहरूसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । केही चुनौती देखापर्ने भएकाले आफ्ना योजनाहरू गोप्य राख्नुहोला । आरोग्यता रहनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – कार्यक्षेत्रमा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । आज केही समस्या देखिए पनि दिन मनोरञ्जनपूर्ण रहनेछ । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । काममा अनायासै प्रतिस्पर्धी देखापर्नाले प्रतिष्ठा र अधिकारका लागि संघर्षमा उत्रनुपर्ने योग छ । धन बढ्नेछ । भ्रमणमा हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य वृद्धि हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने देखिन्छ ।

मीन – गरेका कामबाट राम्रै लाभ मिल्ने समय छ । सोख पूर्तिका लागि खर्च भने बढ्न सक्छ । साँझदेखि सानातिना समस्यामा अल्झनुपर्ने स्थिति आउला । रोकिएका काममा दोहोऱ्याएर प्रयत्न गर्नु हितकर हुनेछ । आर्थिक पक्ष सबल रहने देखिन्छ । आरोग्यता रहनेछ । सुख विलास पनि बढ्नेछ ।