आजको पञ्चाङ्ग एवम् राशिफल (१३ साउन २०८१ आइतबार, २८ जुलाई २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१३ साउन २०८१ आइतबार, २८ जुलाई २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर बर्षा ऋतु वि.सं. २०८१ साउन १३ गते तद्अनुसार सन् २०२४ जुलाई २८ तारीख आइतबार श्रावण कृष्ण पक्षको अष्टमी तिथि अश्विनी नक्षत्र शूल योग बालब करण आनन्दादिमा आनन्द योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५:२६ मा भयो र सूर्यास्त साँझ १८:५३ मा हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा ।

आजको राशिफल

मेष – विछोडिएका परिवारजनसँग भेटघाट हुने समय छ तापनि हठ गर्ने प्रवृत्तिले दुःख पाइनेछ । आज जागिरमा पनि सावधान रहनु उचित होला । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । विगतका कमी-कमजोरीलाई सुधार गर्ने अवसर जुर्ला । मित्रजनसँग सन्तुलित व्यवहारको प्रयत्न गर्नुहोला । साँझदेखि उत्साह जागृत हुन सक्छ । रसरागमा आकर्षण रहनेछ ।

वृष – रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । केही खर्च लागे पनि सोचेको काम बन्ने देखिन्छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने योग छ । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धीहरूले हार खानेछन् भने सहयोगीहरूले राम्रो साथ दिनेछन् । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – दिगो फाइदा हुने काम सुरु हुन सक्छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउला । भौतिक साधन जुट्नेछन् तर अवसर आए पनि मौकामा लाभ उठाउन विशेष प्रयत्न गर्नुपर्नेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । कर्मबल वृद्धि तथा आर्थिक कार्यमा आकर्षण रहनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – आजको दिन अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने देखिन्छ । स्वास्थ्यको कमजोरीले नियमित कार्यमा केही बाधा पुग्न सक्छ । आश्वासन दिनले झुक्याउन सक्छन् । सरसापटमा धन खर्च हुने योग छ । अप्रिय समाचारले मन खिन्न तुल्याउन सक्छ, सचेत रहनुहोला । प्रतिकुलताका बाबजुद मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।

सिंह – सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ भने सजिलै काम बन्नाले उत्साह जाग्नेछ । जटिल मानिएको काममा पनि सफलता मिल्ने योग भएकोले उत्साह बढ्नेछ । व्यापारमा विशेष फाइदा उठाउन सकिएला । समयलाई पछ्याउने प्रयत्न गर्नुहोला । आज भौतिक साधनले खर्च बढाउन सक्ने देखिन्छ, ध्यान राख्नुहोला । बौद्धिक काममा सफलता मिल्नेछ ।

कन्या – दौडधुप बढ्नेछ । आजको दिन परिस्थिति अलिक प्रतिकूल रहन सक्छ । सहयोगीहरूले काममा साथ दिनेछन्, तर सोचेको लाभ नउठ्न सक्छ । विगतको श्रमबाट भने राम्रै धनलाभ हुने देखिन्छ । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका जुर्ला । बिछोडिएका आफन्तसँग भेटघाट हुने योग छ । यात्रागत कार्यमा सफलता होला ।

तुला – मनको डर उत्साहमा रूपान्तरित हुने समय छ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । रमाइलो यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । परिस्थितिसँग केही सम्झौता गर्नुपर्ने देखिन्छ, यसबाट कुनै हानी हुनेछैन । आरोग्यबल बढ्नेछ ।

वृश्चिक – टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । तर सोखले खर्च बढाउने र लेनदेनको विवादले अप्ठ्यारो पार्नसक्ने योग छ । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ ।

धनु – अरुको भरपर्दा काममा बाधा पुग्न सक्छ, सजग रहनुहोला । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका मिल्ने योग छ । पढाइलेखाइमा समय दिन नसकिएला । साँझदेखि कामको चापबाट फुर्सद पाइनेछ भने प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुन सक्छ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – समय शुभदायी छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै रमाइलो भेटघाट होला । विभिन्न सहयोग र उपहार प्राप्त हुने योग छ । पठनपाठनमा प्रगति हुनेछ । विशेष सभा-समारोहमा सहभागी बन्ने मौका जुर्ला । अध्ययन-अध्यापनमा प्रगति हुनेछ । यात्रा सफल रहनेछ ।

कुम्भ – रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । पारिवारिक आत्मीयता बढ्नेछ । विभिन्न अवसर प्राप्त हुनेछन् । महत्वाकांक्षी योजना फलीभूत हुन सक्छन् । तर, अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि विचार पुऱ्याउनुपर्ने देखिन्छ । मान पुरस्कार प्राप्तिको योग छ ।

मीन – आजको दिन अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । स्वास्थ्य पनि केही कमजोर नै रहन सक्छ, खानपानमा ध्यान दिनु उचित हुनेछ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ तर पतिपत्नीबीच सल्लाह नमिल्न सक्छ । थोरै लाभले पनि ठूलो आवश्यकता पूरा हुने समय छ ।