✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ साउन १८ गते तद्अनुसार सन् २०२४ अगस्त २ तारिख शुक्रबार श्रावण कृष्ण पक्षको त्रयोदशी १५ः५६ पर चतुर्दशी तिथि आर्द्रा नक्षत्र हर्षन योग भद्रा करण आनन्दादिमा पद्म योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२८ मा भयो र सूर्यास्त साँझ १८ः५० मा हुनेछ । घण्टाकर्ण चतुर्दशी ।
आजको राशिफल
मेष – चुनौती चिर्दै काम सम्पादन गर्न सकिने समय छ । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा उचित लाभ मिल्ला । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्ने योग छ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ला । इर्ष्या गर्नेहरूले काममा अवरोधको प्रयास गर्नेछन्, तर शत्रुपक्ष परास्त हुनेछन् ।
वृष – परोपकार र धार्मिक क्षेत्रमा मन र धन लगाउँदा राम्रो होला । थोरैमात्र प्रयास गर्दा रोकिएका काम सम्पादन हुनेछन् । आजको दिन कसैसंग सामान्य विवाद वा झगडा हुन सक्छ । सवारी साधनको प्रयोगमा अपनाएको सचेतका कारण चोटपटकबाट जोगिने योग छ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना रहेकोले बोली र व्यवहारमा विशेष सजगता अपनाउनु उचित होला । पठनपाठन तथा बौद्धिक कार्यमा प्रगति होला । बौद्धिक क्षेत्रको काममा यात्राको सम्भावना देखिन्छ । परिवारिक सुख बढ्नेछ ।
मिथुन – सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । अधिकारप्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइएला । शत्रुहरूको चलखेल बढे पनि तिनले हानी पुऱ्याउन सक्नेछैनन् । पुरानो कुनै सहमति-सम्झौताले भने केही अप्ठ्यारो पार्न सक्ने योग छ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नुछ भने आज फलदायी रहनेछ । पराक्रम, बौद्धिकता र रचनात्मकता वृद्धि हुनेछ । समस्याको समाधान प्राप्त होला । ।
कर्कट – मिश्रित फलदायी समय छ । आफ्ना समस्त उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा सुमधुर सम्बन्धको माहोल बन्नेछ । आर्थिक पक्षको दृष्टिले समय खासै बलियो नभएपनि आर्थिक समस्या टर्ने देखिन्छ । आजको दिन गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु उचित हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ । आरोग्यता रहनेछ । रसरागमा आकर्षण वृद्धि होला ।
सिंह – नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखापर्ने समय छ । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । आफ्ना मातापिता, हाकिम तथा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । रमाइलो यात्रा हुनसक्ने र त्यसबाट दीर्घकालिक फाइदा पुग्ने येग छ । विशेष योजना गोप्य राखेर अघि बढ्नु हितकर होला । पुरानो गतिले काम बिग्रन सक्छ, ध्यान राख्नुपर्नेछ ।
कन्या – नयाँ काम र जिम्मेवारी हात पर्ने समय छ । अध्ययन-अध्यापनमा राम्रै प्रगति होला । आर्थिक पक्ष पनि सबल छ, तर स्वास्थ्यमा केही समस्या देखापर्ने योग छ । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र, तिनको आवागमनले महत्वपूर्ण समयको नाश हुने सम्भावना छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । आयबल वृद्धि र आफन्तको साथले उत्साह बढ्नेछ ।
तुला – सानातिना काम र घरेलु समस्यामा नै आजको समय व्यतीत भएपनि त्यसबाट राम्रै लाभ हुनेछ । मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइएला । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । कर्मबल वृद्धि हुनेछ । साहसिक काममा आकर्षण रहला ।
वृश्चिक – मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ, तर न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने समय छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । यात्रामा सोचेजस्तो रमाइलो नहुन सक्छ । आजको दिन खानपानमा नियन्त्रण गर्नु हितकर हुनेछ । सबल स्वास्थ्यका लागि सजग रही आहारविहार गर्नु उचित हुनेछ । रोकिएको काम विशेष मिहेनतले बन्नेछ । विरोधिपक्ष कमजोर सावित होलान् ।
धनु – पारिवारिक सहयोग प्राप्त हुने समय छ । यात्राको सम्भावना छ तर आजको दिन अनावश्यक यात्राबाट जोगिने प्रयास गर्दा हितकर रहला । कामधन्दा र व्यवसायको चापले गर्दा जीवनथाथी तथा प्रेमी/प्रेमिकासँग सामान्य चिसोपन देखिन सक्छ । स्वास्थ्यमा अलिक कमजोरी अनुभूति होला । बौद्धिक रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।
मकर – परिणाममुखी काममा लगानीको समय छ । शरीर फूर्तिलो भएको महसुस होला । नचिताएको स्थानबाट धनागमनको योग छ । कल्पना र भावनामा केन्दित भइने छ । आजको दिन बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोली र व्यवहारलाई विशेष नियन्त्रणमा राख्नु उचित होला । नियमकानूनले साथ दिनाले आफ्नो दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन प्राप्त होला । रसरागात्मक काममा आकर्षण रहला ।
कुम्भ – आज पारिवारिक वातावरण खासै तपाईंको अनुकूल नरहे पनि पराक्रम र उत्साहमा कमी आउनेछैन । स्वास्थ्य सबल रहनाले शरीरमा उत्साह-उमङ्ग प्राप्त हुनेछ । उद्योग-व्यापारमा विशेष फाइदाको योग छ । आम्दानी बढ्नेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मीन – धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने देखिन्छ । पढाइलेखाइमा प्रगति होला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रेमभाव वृद्धि हुनेछ । आरोग्यता रहला । आफन्तको साथ मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।
प्रतिक्रिया