आजको पञ्चाङ्ग एवम् राशिफल (१९ साउन २०८१ शनिबार, ३ अगस्त २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१९ साउन २०८१ शनिबार, ३ अगस्त २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ आषाढ १९ गते तद्अनुसार सन् २०२४ अगस्त ३ तारिख शनिबार श्रावण कृष्ण पक्षको चतुर्दशी तिथि पुनर्वसु १२ः४९ पर तिष्य नक्षत्र वज्र योग चतुष्पाद करण आनन्दादिमा छत्र योग चन्द्रमा मिथुन राशिमा ६ः३६ बजेसम्म त्यसपछि कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२९ मा भयो र सूर्यास्त साँझ १८ः५० मा हुनेछ । निशि बार्ने ।

आजको राशिफल

मेष – अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिने देखिन्छ । गरिएका कामको राम्रै मूल्यांकन होला । भौतिक साधनसमेत जुट्नाले प्रशन्नता मिल्नेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । आमोदप्रमोदको भावका साथ दिन बित्ला ।

वृष – व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आज खर्चको मात्रा केही बढ्ने देखिन्छ भने आफ्नै कमजोरीले विवादमा परिने योग छ । अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने, सम्भावना रहेपनि आँटेको विशेष काममा सफलता मिल्नेछ । प्रतिभाको उच्च मूल्यांकन होला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – आजको दिन काममा खासै जाँगर चल्ने देखिन्न, तर जिम्मेवारी भने बढिरहनेछन् । समयमै सचेत नहुँदा अवसर गुम्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । जीवनसाथीको स्वास्थ्यसम्बन्धी समस्याले चिन्ता बढाउन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । यात्रागत काममा सफलता प्राप्त हुनेछ ।

कर्कट – मानसम्मानका साथमा आम्दानी बढ्ने समय छ । तर, नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिएला । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउला । आरोग्यता रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । प्रेमजीवन सुखदायी रहनेछ । सबल स्वास्थ्यका लाथि खानपानमा ध्यान दिनु उचित हुनेछ । उत्साहवर्द्धक समाचार सुन्न पाइएला । मित्रताको बन्धन कसिने बेला छ । प्रतिस्पर्धी परास्त होलान् । पारिवारिक सुख मिल्नेछ ।

कन्या – कार्यगति बढ्नेछ । गरिएका कर्मको उचित प्रतिफल पाइएला । धन आर्जन गर्ने मौका जुर्ने र कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने सम्भावना छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।

तुला – कर्मबल वृद्धि हुनुका साथै बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले काममा फाइदा होला । पारिवारिक जमघटमा मन रमाउनेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । विलासितामा खर्च बढ्नेछ भने उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ ।

वृश्चिक – सामर्थ्य वृद्धि हुने समय छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नुहोला । प्रतिस्पर्धामा केही कमजोर सावित भएपनि आज तपाईंलाई परिवार तथा साथीभाइको सहयोग प्राप्त हुने देखिन्छ । धनलाभको पनि योग रहेको छ । आजको दिन योजना र बजेट बनाएरमात्र कार्य गर्नु हितकर हुनेछ ।

धनु – दौडधुप वृद्धि भएपनि लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । काममा परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदा हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । नसोचेको ठाउबाट धन प्राप्त भइ मन प्रशन्न हुने योग छ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मकर – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । व्यस्तता बढ्नेछ । आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । रसरागको भाव वृद्धि होला । यात्रागत कार्यमा सफलता मिल्नेछ ।

कुम्भ – नयाँ कामको खोजीमा रहेको व्यक्तिका लागि शुभदायी समय छ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना देखिन्छ । आजको दिन स्वास्थ्यका लागि खानपानमा सजग रहनु हितकर होला । आलस्यले गर्दा अवसर गुम्न सक्छ । आजको दिन अति आवश्यक अवस्थामा बाहेक आर्थिक कारोवार नगर्नु नै उचित हुनेछ । साहस वृद्धि हुनेछ ।

मीन – बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ तर हिम्मत गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त होला । स्वादिष्ट भोजनमा मन रमाउनेछ । आरोग्यता बढ्नेछ । रोकिएका काम बिस्तारै बन्नाले आत्मविश्वास बढ्नेछ । आजको दिन अरूको भर नपरी लगनशील रहनु उचित हुनेछ ।