आजको पञ्चाङ्ग एवम् राशिफल (२० साउन २०८१ आइतबार, ४ अगस्त २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२० साउन २०८१ आइतबार, ४ अगस्त २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ साउन २० गते तद्अनुसार सन् २०२४ अगस्त ४ तारिख आइतबार श्रावण कृष्ण पक्षको अमावश्या तिथि तिष्य नक्षत्र सिद्ध योग किंस्तुघ्न करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः२९ मा भयो र सूर्यास्त साँझ १८ः४९ मा हुनेछ । दर्शश्राद्ध, हलोबार्ने ।

आजको राशिफल

मेष – आजको दिन स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । तथापि, खराब व्यक्तित्वको विश्वासमा पर्दा काममा धोका पाइने योग छ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ, सचेत रहनु उचित होला ।

वृष – दिन सामान्य नै छ । थाती रहेका काम बनी नयाँ काम सुरु हुने समय छ । व्यापारमा पनि फाइदा नै हुने देखिन्छ । बहुमूल्य धातु संग्रह गरिनने र सामाजिक प्रतिष्ठा पाइने योग छ । शत्रुपक्ष परास्त होलान् । समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्ने सम्भावना रहेकोले आत्मविश्वास दर्बिलो बनाइ निर्णय लिनु उचित हुनेछ । परिवारिक सुखले उत्साह बढाउनेछ ।

मिथुन – मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउने समय छ, तर परिवारजनमा केही असमझदारी बढ्न सक्ने हुँदा सावधानी अपनाउनु हितकर हुनेछ । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइनेछ । धार्मिक काममा बाधा सृजना हुन सक्छ, सजक रहनुहोला । सामाजिक तथा राजनीतिक पहुँच भने बढ्नेछ । भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कनसक्ने योग छ, व्यवहारमा सावधानी अपनाउनुहोला । आफन्तजनको साथ मिल्नेछ ।

कर्कट – मंगलमय काम सम्पादन हुने समय छ । काममा आफन्तको सहयोग जुट्न सक्छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट एवम् मान-सम्मान मिल्ने योग छ । आम्दानी बढ्नाले उत्साह थपिएला । स्वास्थ्यसम्बनधी सामान्य समस्याा रहन सक्छ । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्ने सम्भावना छ, ध्यान राख्नुहोला । रसरागमा आकर्षण रहला ।

सिंह – आत्मीयजनसँग भेटघाट हुनेछ भने व्यवसाय तथा उद्योगधन्दामा राम्रै फाइदा मिल्ने समय छ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर होला । परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनु हितकर होला । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । सुखद समाचारले काममा उत्साह जगाउला । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने समय छ । अनुसन्धानात्मक अध्ययन गर्नेहरूका लागि दिन उत्साहवर्द्धक रहला । यात्रागत कार्यबाट धनलाभ हुनसक्छ । व्यापार–व्यवसायमा राम्रै फाइदा मिल्नेछ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला । आयबल वृद्धि हुनेछ ।

तुला – दिन केही चुनौतीयुक्त रहने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले चिन्ता बढाउन सक्छ । महत्वपूर्ण काममा ढिलासुस्ती हुन सक्छ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । दण्ड-जरिवानाको योग रहेकोले सरकारी निकायबाट बचेर कार्य गर्नु हितकर होला । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ, ध्यान राख्नुहोला । प्रतिकुलताका बाबजुद कर्मबल वृद्धि हुनेछ ।

वृश्चिक – व्यवसायमा लगानी बढाउने समय छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला । जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ । आफन्त, परिवारजनमा आत्मीयभाव वृद्धि होला । स्वास्थ्य केही कमजोर रहन सक्छ, आफ्नो ख्याल राख्नुहोला । रोकिएका काम तपाईंको अथक परिश्रमले सम्पन्न हुनसक्ने देखिन्छ । अनावश्यक खर्च नियन्त्रणका लागि सचेत रहनु उचित हुनेछ ।

धनु – लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका जुर्ला । ब्यापारबाट राम्रै धनलाभ हुनेछ भने भौतिक साधनहरू जुट्नेछन् । राजनीतिक पहुँच बढ्ने योग छ । कुनै नयाँ काम प्रारम्भ हुन सक्छ । आर्थिक समस्या पनि समाधान हुनेछ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ । दाजुभाइ तथा दिदिबहिनीसँग भने केही असमझदारी बढ्ने सम्भावना रहेकोले व्यवहारमा सरलता अपनाउनु हितकर हुनेछ ।

मकर – विभिन्न अवसरले पछ्याउने समय छ । पठनपाठनमा राम्रो उन्नति होला । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । रमाइलो यात्राको सम्भावना पनि रहेको छ । गीतसंगीतप्रति रुचि र रसरागात्मक काममा आकर्षण बढ्नेछ । बन्धुबान्धवसँगको सम्बन्ध खल्बलिन नदिन विशेष सचेतनाको दरकार छ ।

कुम्भ – काममा बाधा हुने र प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्ने समय छ । घरखर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्ने योग छ । तथापि, आजको दिन प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्ने देखिन्छ । सबल स्वास्थ्यका लागि विशेष सजगता अपनाउनु हितकर हुनेछ ।

मीन – कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने समय छ । पारिवारिक सम्बन्ध अलिक कमजोर रहेपनि आर्थिक समस्या समाधान होला । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ । आजको दिन चोटपटकको सम्भावना देखिन्छ, हातहतियारको प्रयोग तथा सवारीसाधन उपयोग गर्दा विशेष सावधानी अपनाउनु उचित होला । प्रेमभाव वृद्धि हुनेछ ।