✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं.२०८१ साउन २१ गते तद्अनुसार सन् २०२४ अगस्तात ५ तारिख सोमबार श्रावण शुक्ल प्रतिपदा तिथि अश्लेषा नक्षत्र व्यतिपात योग बालब करण आनन्दादिमा सौम्य योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३० मा भयो र सूर्यास्त साँझ १८ः४८ मा हुनेछ ।
आजको राशिफल
मेष – अनुकुल समय छ । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन होला । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने भौतिक साधनसमेत जुट्नाले प्रशन्नता मिल्नेछ । कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । प्रेमभाव बढ्नेछ । मित्रजनको सहयोग प्राप्त होला ।
वृष – आजको दिन खर्चको मात्रा बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । आफ्नै कमजोरीले विवादमा परिने सम्भावना रहेकोले व्यवहारमा विशेष होसियारीको दरकार छ । तपाईंको प्रतिभाको उच्च मूल्यांकन होला । पराक्रम वृद्धिका कारण आँटेको काममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । यात्रापरक काम बन्नेछ । मित्रजनको साथ मिल्नेछ ।
मिथुन – मिश्रित फलदयी समय छ । नियमित काममा मन नलागे पनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम सुस्त गतिमा भएपनि स्वतःबन्नेछन् । स्वादिष्ट भोजनमा मन रमाउनेछ । महत्वपूर्ण काम समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । अनिच्छाका बाबजुद जिम्मेवारी बढिरहने योग छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । जीवनसाथीको स्वस्थ्यप्रति विशेष सजग रहनु उचित हुनेछ । शत्रुपक्ष कमजोर देखिएलान् ।
कर्कट – दिन केही चुनौतीयुक्त रहने देखिन्छ । ब्यर्थको भेटघाटले अलमल बढाउने र नोक्सानी निम्त्याउन सक्छ । नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिएला । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तथापि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिएला । खेलकुद भ्रमणमा रुचि बढ्नेछ ।
सिंह – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । प्रेमी-प्रेमिकाबीच सम्बन्धको न्यानोपन वृद्धि हुने तथा दाम्पत्य सम्बन्धमा मिठास आउने देखिन्छ । स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनु जरुरी छ । उत्साहवर्द्धक समाचार सुन्न पाइएला । पारिवारिक सुखशान्ति बढ्नेछ ।
कन्या – गरिएका कर्मको उचित प्रतिफल मिल्ने समय छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ला । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि अभिवृद्धिका साथै रसराग एवम् मनोरञ्जनात्मक क्रियाकलापमा मन जाला । कृषि-चौपायामा केही समस्या देखिए पनि धन आर्जन हुने देखिन्छ । स्थायी सम्पत्ति बढ्ने योग छ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । समस्याकको समाधान मिल्नेछ ।
तुला – रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ भने धैर्यसाथ निरन्तरको प्रयत्नले नियमित कर्म सार्थक रहला । पारिवारिक जमघटमा मन रमाउनेछ । व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने योग छ । तथापि, विलासितामा खर्च बढ्ने तथा उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ । यात्रागत कार्य सफलतादायी हुने देखिन्छ ।
वृश्चिक – आजको दिन प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नु उचित हुनेछ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । आफन्तजन टाढिएको अनुभूति हुन सक्छ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिनेछ । परिवार तथा साथीभाइको सहयोग प्राप्त होला । साथै धनलाभको पनि योग रहेको छ । आरोग्यता रहनेछ ।
धनु – आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउला । समय लागे पनि महत्वपूर्ण काम सम्पादन हुनेछन् । परिवारजनको सहयोग लिँदा अझ सहजता महसूस हुनेछ । परिवारजनका आवश्यकता पूरा हुनाले मन सन्तुष्ट रहला । नसोचेको ठाउँबाट धन प्राप्त हुने योग छ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा पनि राम्रो फाइदा होला । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकले काम लिने प्रयत्न गर्नुहोला । यात्राको सम्भावना छ, काममा स्थानान्तरण हुन सक्छ । रसरागमा आकर्षण रहला । दामपत्यसुख बढ्नेछ । काममा नियमकानूनले साथ दिनेछ ।
कुम्भ – नयाँ कामको खोजीमा रहेका व्यक्तिका लागि उचित समय छ । नोकरीमा पदोन्नति र स्थानान्तरण हुने सम्भावना देखिन्छ । आजको दिन सबल स्वास्थ्यका लागि खानपानमा विशेष सजगता अपनाउनु हितकर होला । आलस्यले गर्दा अवसर गुम्न सक्छ, ध्यान राख्नुहोस् । अति आवश्यक अवस्थामा बाहेक आर्थिक कारोबार नगर्नु नै उचित हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।
मीन – मनमा दोधारको लहर उठेपनि काममा बिनाप्रतिस्पर्धा फाइदा हुने समय छ । अरूको भरपर्दा काम रोकिन सक्ने योग रहेकोले आत्मविश्वासका साथ कार्य अघि बढाउनु हितकर हुनेछ । हिम्मत गर्न नसक्दा महत्वपूर्ण योजना थाती रहन सक्छ । तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त होला । प्रेमभाव वृद्धि हुनेछ ।
प्रतिक्रिया