हिमालयन रिइन्स्योन्स लिमिटेडलाई ऐतिहासिक सफलता

हिमालयन रिइन्स्योन्स लिमिटेडलाई ऐतिहासिक सफलता


केही महिनाअघि भारतबाट पुनर्बीमा व्यवसाय गर्न स्वीकृति पाएको हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई अर्काे ऐतिहासिक सफलता मिलेको छ । विश्व विख्यात रेटिङ एजेन्सी ‘AM Best’ बाट रेटिङ प्राप्त गर्ने नेपालकै पहिलो कम्पनी हिमालयन रिइन्स्योन्सले इक्राको रेटिङ A– बाट A मा स्तरोन्नति हुँदै इतिहास रचेको हो ।

नेपाल जस्तो दक्षिण एशिया प्रान्तीय राष्ट्रमा स्थापित यस कम्पनीले AM Best बाट रेटिङ गराएको दोश्रो वर्षमै आफ्नो रेटिङ B बाट B+ मा स्तरोन्नति गराएको थियो भने त्यसको केही समयमै पुनः छलाङ मार्दै A मा स्तरोन्नति हुनु अन्यन्तै ठूलो उपलब्धि मानिएको छ । कम्पनीले जनाएअनुसार यस वर्ष नाफा पनि ९७ प्रतिशतले वृद्धि भएको छ । यसबाट कम्पनीका सीईओ उपासना पौडेलबाट ‘हिमालयन रिइन्स्योन्स लि.’का लागि सबल एवम् उत्कृष्ट काम भइरहेको स्वतः स्पष्ट हुन आउँछ ।

स्थापनाको छोटो समयमा नै करिव तीन दर्जन देशमा व्यवसाय विस्तार गरी दक्षिण एशियाली क्षेत्रको एक उदाउँदो पुनर्बीमाको छवी बनाउन सफल हिमालयन रिइन्स्योरेन्स लि.ले राष्ट्रका लागि बहुमूल्य विदशी विनियम आर्जन गर्न उदाहरणीय योगदान दिनुका साथै नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा स्थापना गर्नसमेत टेवा पुऱ्याउने जनाइएको छ ।