आजको पञ्चाङ्ग एवम् राशिफल (२६ साउन २०८१ शनिबार, १० अगस्त २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२६ साउन २०८१ शनिबार, १० अगस्त २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ साउन २६ गते तद्अनुसार सन् २०२४ अगस्त १० तारिख शनिबार श्रावण शुक्लपक्ष षष्ठी तिथि चित्रा नक्षत्र साध्य योग कौलव करण आनन्दादिमा काण योग चन्द्रमा कन्या राशिमा १४ः१५ बजेसम्म त्यसपछि तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३२ मा भयो र सूर्यास्त साँझ १८ः४४ बज हुनेछ । कल्की जयन्ती ।

आजको राशिफल

मेष – विभिन्न अवसरले पछ्याउनेछन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुने समय छ । व्यापार–व्यवसायमा फाइदा होला । कृषिकर्म पनि लाभदायक सावित हुनेछ । काम गरेर अरूलाई आकर्षित गर्न सकिने योग छ । साहस बढ्नेछ । अनुकूलता वृद्धि हुने देखिन्छ ।

वृष – सामाजिक प्रतिष्ठा मिल्ने एवम् गरेका कामको प्रशंसा हुने समय छ । तर, बोलीको गलत अर्थ लाग्नाले विवादमा परिने सम्भावना छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । विवादमा परिनुका साथै सहयोगीहरू नै प्रतिस्पर्धीका रूपमा उत्रिन सक्ने योग छ । आजको दिन बोली र व्यवहारमा निकै संयमता अपनाउनु हितकर हुनेछ । परिवारिक सुख र सहयोगले उत्साह बढ्नेछ ।

मिथुन – आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुने समय छ, तर आफन्तहरू टाढिनेछन् भने सहयोगीहरूले समेत साथ छाड्ने देखिन्छ । पहिलेका कमजोरीलाई सुधार गर्न सकिएला । सकारात्मक कार्यका लागि व्यस्तता वृद्धि हुने देखिन्छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । रसरागात्मक क्रियाकलापमा रुचि बढ्नेछ ।

कर्कट – मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरू जुट्नाले काममा उत्साह थपिनेछ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्ने योग छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी भइएला । पराक्रम बढ्नेछ । आरोग्यता रहनेछ । समस्यामा साथीभाइको सहयोग प्राप्त हुनेछ ।

सिंह – दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने समय छ । रोकिएका काम बन्नेछन् तर कामको बोझ या जिम्मेवारी थपिनसक्ने योग छ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । रसरागको कार्यक्रममा आकर्षण रहला । कामको लागि यात्रा हुनसक्छ ।

कन्या – सबल स्वास्थ्यका लागि आज विशेष ख्याल राख्नु उचित हुनेछ । स्वास्थ्य केही कमजोर रहे पनि काममा परिस्थितिले साथ दिनेछ । आज अरूका काममा पनि समय खर्चनुपर्ला । हतारको निर्णयले धोका हुने योग छ, ध्यान राख्नुहोला । साथीभाइको सहयोग प्राप्त हुनेछ । कार्यगति बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – दिन शुभदायी रहला । रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा हुने समय छ । आँटेका काम पुरा हुनेछन् भने टाढाका शुभचिन्तकहरूले साथ दिनेछन् । कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुनेछ । विशेष कार्यमा अलिक मिहेनत लगाउनुपर्ने देखिन्छ । केही चुनौतीसमेत देखापर्नेछन् । तथापि, आत्मविश्वासले कोसिस गर्दा केही अवसर मिल्न सक्छ । साहसिक काममा आकर्षण बढ्नेछ । धन सम्पदामा बढोत्तरी हुने देखिन्छ ।

वृश्चिक – समय लाभदायक देखिन्छ । व्यावसायिक काममा राम्रै फाइदा हुनेछ । सहयोगीहरूले साथ र हौसला दिनाले प्रतिस्पर्धीहरूलाई सजिलै उछिन्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएला । व्यापारमा पनि फाइदा नै हुनेछ । आज खर्च भने केही बढ्न सक्छ । शुभता बढेर रोकिएको काम बन्नेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ ।

धनु – व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ । सोचेको लाभ मिल्ने देखिन् । अरूको मन जितेर अवसर हात पार्न सकिने योग छ । कामका लागि यात्रा हुनसक्छ । चोटपटकको योग रहेकोले आज यसप्रति विशेष सजग रहनु हितकर होला । कर्मबल बढ्नेछ । रसरागात्मक कार्यमा आकर्षण बढ्नेछ ।

मकर – आजको दिन कामको चाप बढ्ने देखिन्छ । भेटघाटमा अलमलिनाले महत्वपूर्ण कार्यमा बाधा पुग्न सक्छ । घरायसी समस्याले पनि सताउने योग छ । आकस्मिक खर्च बढ्ला । झमेला, विवाद र चोटपटकको सम्भावना छ, सचेत रही व्यवहार गर्नुहोला । शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – आजको दिन खर्च बढ्नुका साथै पैसाको अभावले काम रोकिन सक्छ । आँटेका काम मुस्किलले मात्र बन्न सक्छन् । आश्वासन दिनेहरूले पनि झुक्याउने सम्भावना ज्यादा छ, होस राख्नुहोला । भौतिक साधनको क्षति हुने योग छ । पठनपाठनमा खासै ध्यान दिन नसकिएला । दौडधुप बढ्नेछ ।

मीन – रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । यात्राको योग छ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिएला । लगनशीलताले काममा उत्साह जगाउनेछ । व्यवसायको सिलसिलामा भ्रमण गर्ने मौका आउला । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख बढ्नेछ ।