✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु ऋतु वि.सं.२०८१ श्रावण २८ गते तद्अनुसार सन् २०२४ अगस्त १२ तारिख सोमबार श्रावण शुक्ल पक्षको अष्टमी तिथि विशाखा नक्षत्र शुक्ल योग भद्रा करण आनन्दादिमा छत्र योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३३ मा भयो र सूर्यास्त साँझ १८ः४२ मा हुनेछ । अष्टमी व्रत, गोरखकाली पूजा ।
आजको राशिफल
मेष – प्रतिष्ठित काम गर्ने तथा सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ खालको जिम्मेवारी हातपर्ने योग छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापमा संलग्नता रहनेछ । पठनपाठनमा प्रगति होला । दाम्पत्यसुख बढ्नेछ । मित्रजन सहयोगी बनेर देखापर्नेछन् ।
वृष – दिन शुभदायी छ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले पनि काममा राम्रो साथ दिनेछन् । विगतको श्रमबाट धनलाभ हुनेछ, राम्रै फाइदाको योग छ । वैदेशिक यात्रामा पनि लाभ मिल्ने समय छ । द्वन्द्व, प्रतिस्पर्धा वा मुद्दा-मामिलामा विजयी भइएला । रोकिएका महत्वपूर्ण काम सम्पादन हुनेछन् । आफन्तसुख बढ्नेछ । स्वास्थ्य सबल रहला । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मिथुन – दिन उत्साहपूर्ण रहला । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा आर्जन हुने तथा सुखद समाचार सुन्न पाइने योग छ । पढाइलेखाइमा प्रगति हुनुका साथै बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । काममा मातापिताको सहयोग र आशीर्वाद मिल्नेछ । प्रेमभाव वृद्धि तथा पराक्रम बढ्नेछ । यात्रागत कार्य सार्थक बन्नेछ ।
कर्कट – मिश्रित फलदायी दिन छ । ब्यस्तताका साथै कर्मबल वृद्धि हुनेछ । विगतका समस्या बल्झिने तथा सानातिना घरेलु समस्यामा अल्झनुपर्ने योग छ । ब्यर्थको भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने सम्भावना छ, सावधान रहनुहोला । तथापि, पारिवारिक जमघटमा मन रमाउनेछ । रसरागमा आकर्षण रहला ।
सिंह – प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुने समय भएपनि विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने योग छ, सचेत रहनु हितकर होला । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । दाम्पत्यजीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । रसरागको भाव जागृत हुनेछ भने मित्रजनको साथ मिल्नेछ । कलात्मक काममा सफलताको मिल्ने देखिन्छ । पारिवारिक सुखशान्ति रहनेछ ।
कन्या – आजको दिन आर्थिक अभावले सामान्य सताएपनि रोकिएका काम सम्पादन हुनेछन् । पठनपाठनमा प्रगति हुनेछ । कृषि तथा चौपायाबाट लाभ मिल्नेछ । मन मिल्ने मित्रजनसँग जमघटमा रमाइएला । काममा आफूभन्दा ठूला ब्यक्तिको सहयोग प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुने समय छ । मान महत्व बढ्नेछ । बोली र व्यक्तित्वको प्रभाव सकारात्मक रहनेछ ।
तुला – परिश्रम केही ज्यादा परे पनि भाग्योन्नति र कार्यसफलताको समय छ । आर्थिक उपार्जनमा सुधार आउला । मंगलमय कृत्य सम्पादन हुने देखिन्छ । सहयोगीहरूले साथ दिनेछन्, जसले धनार्जनको मार्ग खुलाउला । आरोग्यपन बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण रहला । स्वास्थ्यगत समस्या हटेर जानेछ ।
वृश्चिक – अलिक बाध्यताका काममा जुट्नुपरे पनि सानो प्रयत्नले राम्रो फाइदा उठाउन सकिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । प्रेमको बन्धन कसिने बेला छ, दिन मनोरञ्जनपूर्ण रहनेछ । कतै आतिथ्यपूर्ण सम्मान पनि पाइएला । प्रतिस्पर्धी परास्त हुनेछन् तर व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्ने योग छ ।
धनु – बोलीको भरमा काम सम्पादन हुने समय छ । विचारले धेरैलाई आकर्षण गर्न सकिएला । स्वास्थ्य सबल रहनेछ भने अधुरा कामले पूर्णता पाउने देखिन्छ । विशेष योजनामा केही चुनौती देखिएपनि अन्ततः सफलता हातपर्नेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । आय वृद्धि हुनेछ । गीतसंगीत तथा रसरागात्मक कार्यमा आकर्षण वृद्धि हुनेछ ।
मकर – धेरै श्रमपछि अलि कममात्र प्रतिफल पाइने दिन छ । तथापि, विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ । प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले साथ दिनेछन् । भएको आम्दानी सञ्चय गर्न भने केही मुस्किल नै पर्ला । चोरी वा ठगीमा पर्नसकिने योग छ, सचेत रहनुहोला । परिवारिक सुख र उत्साह बढ्नेछ ।
कुम्भ – दौडधुप बढ्नेछ । कर्मफलको लागि अलिक प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नपर्ला । तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ । सामाजिक कामको दायित्व बढ्नेछ भने परिवारजनको हितमा केही खर्च बढ्ने योग छ । उत्साहमा कमी आउला । अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस् । यात्रागत कार्य बन्नेछ ।
मीन – आँटे-गरेका काम पूरा भइ धनलाभ हुनसक्ने समय छ । ब्यापारमा गरेका प्रयासहरु सकारात्मक रहनेछन् । यात्रा पनि रमाइलो हुनेछ । परिश्रम गर्दा अरुको विश्वास पनि जित्न सकिनेछ । अधुरा काम बन्नेछन् । खर्च भने केही बढ्ने देखिन्छ । रसरागमा आकर्षण रहला । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ ।
प्रतिक्रिया