हिमालय एयरलाइन्सले भदौ ४ गतेदेखि कुवेतमा पुनः उडान गर्ने

हिमालय एयरलाइन्सले भदौ ४ गतेदेखि कुवेतमा पुनः उडान गर्ने


हिमालय एयरलाइन्सले आगामी भदौ ४ गतेदेखि कुवेतमा सिधा उडान पुनः सुरु गर्ने भएको छ । कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीको मागलाई सम्बोधन गर्दै एयरलाइन्सले आफ्नोे सिधा उडान पुनः सञ्चालन गर्न लागेको हो ।

यसअघि एयरलाइन्सले सन् २०२२ को १५ जुलाईमा कुवेतमा उडान भर्न सुरु गरेको भए पनि बीचमा प्राविधिक कारण देखाई स्थगन गरेको थियो ।

काठमाडौं-कुवेत-काठमाडौंमा पुनःसुरु गरिएको उडानले पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने उद्देश्यलाई प्रोत्साहन गर्ने एयरलाइन्सले विश्वास लिएको छ । एयरलाइन्सका लागि कुवेतका लागि जनरल सेल्स एजेन्ट (जिएसए) पार्टनरका रूपमा सिजर्स ट्राभल गु्रपलाई नियुक्त गरेका छ ।

सुरुआतमा, एयरलाइन्सले काठमाडौं-कुवेत-काठमाडौं हवाईमार्गमा हप्तामा एक उडान सञ्चालन गर्ने र थप मागका आधारमा उडान थप्ने योजना बनाएको एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको छ । काठमाडौं-कुवेत उडान राति १२ बजेर ४० मिनेटमा र कुवेत-काठमाडौं उडान बिहान ४ बजेर १५ मिनेटमा उडान भर्नेछ ।