आजको पञ्चाङ्ग एवम् राशिफल (३२ साउन २०८१ शुक्रबार, १६ अगस्त २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (३२ साउन २०८१ शुक्रबार, १६ अगस्त २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ साउन ३२ गते तद्अनुसार सन् २०२४ अगस्त १६ तारिख शुक्रबार श्रावण शुक्ल दशमी तिथि ५ः४६ पर एकादशी तिथि मूल नक्षत्र १०ः१९ पर पूर्वाषाढ़ा नक्षत्र विषकुम्भ योग बब करण आनन्दादिमा स्थिर योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३५ मा भयो र सूर्यास्त साँझ १८ः३९मा हुनेछ । पुत्रदाएकादशी व्रत ।

आजको राशिफल

मेष – बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुने समय छ । बोलीको भरमा काम सम्पादन हुनसक्छ । राम्रै आम्दानी हुने रोजगारीको अवसर मिल्ने योग छ । बेसुरमा अरूलाई दिएको वचनले चाहिँ आजको दिन अप्ठ्यारोमा पार्न सक्छ, सजग रहनुहोला । पढाइलेखाइमा खासै मन नजाला । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित हुनेछ । आमोदप्रमोदको अवसर जुर्ला ।

वृष – पछिसम्म लाभ हुने काममा लगानी गर्ने समय छ । तपाईंले गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । आज सहयोगीहरूले काममा साथ दिनेछन् । आँटेका काम तत्काल सम्पादन हुनेछन् । व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा राम्रै फाइदा हुनेछ भने अवसर प्राप्त हुनेछ । विभिन्न सहयोग र उपहार पाइने देखिन्छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।

मिथुन – विगतका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ । सहयोगीहरूले काममा उत्साह जगाउनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुने योग छ । मेहनत गर्दा राम्रै प्रतिफल प्राप्त हुने देखिएपनि अनावश्यक भ्रमण हुनसक्ने योग छ । स्वास्थ्यगत समस्याले सताउने सम्भावना छ रहेकोले विशेष सजगता अपनाउनु उचित हुनेछ । पराक्रम वृद्धि भइ शत्रुपक्षमाथि विजय प्राप्त होला ।

कर्कट – मिहिनेत गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । आफ्नै कमजोरीले विवादमा परिनेछ । परिवारजनमै खटपट पर्ने देखिन्छ, व्यवहारमा सरलता अपनाउनु हितकर होला । व्यावसायिक काममा खर्च बढ्ने देखिन्छ । उद्योग र व्यापारमा प्रतिस्पर्धीलाई पनि पछि पार्न सकिनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – आजको दिन सानातिना काममै अल्झिनुपर्ने छ, तर पहिलेको सफलताले थप हौसला जगाउला । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ । लेनदेनमा विवादको योग भएकोले आर्थिक कारोबार नगरेकै वेस हुनेछ । विगतका समस्या बल्झिन सक्छन्, सजग रहनुहोला । सन्तानपक्षबाट सुख मिल्नेछ । कलात्मक काममा आकर्षण रहला ।

कन्या – व्यस्तता वृद्धि हुनेछ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । कामको राम्रै मूल्यांकन हुने र रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने योग छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ला । यात्रामा सफलता र आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – विभिन्न अवसरले पछ्याउने तथा मेहनत गर्दा राम्रै धन आर्जन हुने समय छ । रमाइलो यात्राको अवसर जुट्ला । कामको चापबाट पनि फुर्सद मिलेको अनुभूति होला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । साथीभाइको साथ मिल्नेछ । कृषिकर्ममा भने केही सास्ती बढ्नसक्ने योग छ ।

वृश्चिक – दिगो योजना प्रारम्भ हुन सक्छ । साझेदारीमा फाइदा होला । आम्दानी तथा आयआर्जनका स्रोत वृद्धिको योग छ । तथापि, आजको दिन अरूका काममा ज्यादा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ने देखिन् । काम पूरा नहुनाले मन खिन्न रहला । आफन्तजन तथा नजिकका साथीभाइ टाढिन सक्छन्, व्यवहारमा सरलता अपनाउनु उचित हुनेछ । शत्रु परास्त गर्ने क्षमतामा वृद्धि होला ।

धनु – दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय भएपनिसमयमा होस नपुग्नाले काम रोकिन सक्ने सम्भावना छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । प्रयत्नका बाबजुद मौकाको फाइदा उठाउन मुस्किल पर्ने देखिन्छ । सवारीसाधन चलाउँदा आजको दिन विशेष सावधानी अपनाउनु हितकर होला । तार्किक क्षमता बढ्नेछ । आरोग्यता रहला ।

मकर – व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदाको समय छ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । धन आर्जनको योग छ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न खोजेपनि व्यापारलगायत आर्थिक सन्दर्भका कार्यमा राम्रै फाइदा हुने देखिन्छ । नियमकानूनले साथ दिनेछ । यात्रामा सफल रहला ।

कुम्भ – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । परिवारजनको साथले काममा उत्साह जगाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्यजीवन सुखमय बन्नेछ । सामाजिक सेवा तथा परोपकारमा मन जानेछ । स्वास्थ्य भने केही कमजोर रहेको अनुभूति हुनसक्छ, सजगता अपनाउनुहोला ।

मीन – प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउने समय छ, तथापि अस्वस्थताले काममा ढिलासुस्ती आउनसक्छ । कामको दायित्व बढ्नेछ भने सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । अप्रिय समाचारले दुःखी बनाउला । यात्राको योग छ । सुख विलास बढ्नेछ ।