✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ भाद्र १ गते तद्अनुसार सन् २०२४ अगस्त १७ तारिख शनिबार श्रावण शुक्ल पक्षको त्रयोदशी तिथि पूर्वाषाढ़ा नक्षत्र १०ः१५ पर उत्तराषाढ़ा नक्षत्र प्रीति योग कौलव करण आनन्दादिमा मातङ्ग योग चन्द्रमा धनु राशिमा १६ः१० बजेसम्म त्यसपछि मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३६ मा भयो र सूर्यास्त साँझ १८ः३८ मा हुनेछ । भाद्र संक्रान्ति, शनिप्रदोषव्रत ।
आजको राशिफल
मेष – समय पूरै प्रतिकुल नभएपनि केही चुनौतीको सामना गर्नुपर्ला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ भने सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । आजको दिन शुभचिन्तकहरूको सुझावलाई बेवास्ता नगर्नु हितकर हुनेछ । अरूले फसाउन सक्ने र हुलमुलमा धनमाल हराउन सक्ने योग छ । साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला । मनोरञ्जनमा अलमलिनाले लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ, ध्यान राख्नुहोला । सार्वजनिक कार्यबाट सफलता र यश प्राप्त हुनेछ ।
वृष – सुखदुःखमा साथ दिनेहरू भेटिने र परिवारजनको साथले काममा उत्साह जगाउने समय छ । तर, बेलैमा होसियार बन्न नसक्दा सहज कार्यमा पनि बाधा पुग्ने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । महत्वपूर्ण कार्यले गति लिन नसक्दा मन खिन्न हुनसक्छ । पहिलेका समस्या दोहोरिने र लेनदेनको विवादले अप्ठ्यारो पर्नसक्ने योग छ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।
मिथुन – आजको दिन नसोचेको ठाउँबाट धनलाभ हुने देखिन्छ, साथै ब्यापार-ब्यवसायमा पनि राम्रै लाभ हुने देखिन्छ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्ला । कर्मको उचित प्रतिफल प्राप्ति र विभिन्न उपहार हातपर्नाले मन रमाउने योग छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । नयाँ व्यवसाय प्रारम्भ गर्न सकिने समय छ । पराक्रम बढ्नेछ ।
कर्कट – ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने दिन छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला । कामको चापबाट फुर्सद मिलेको अनुभूति मिल्नुका साथै रमाइलो यात्राको अवसर जुट्ने देखिन्छ । आलस्य गर्ने बानीले समस्या निम्त्याउन सक्छ, तर मेहनतीजनका लागि समय उत्साहजनक रहला । दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ । स्वास्थ्य सबल रहला । साझेदारीको काम बन्नेछ ।
सिंह – अरूका काममा समय बित्न सक्ने र अरूको भरपर्दा काम बिग्रन सक्ने समय छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । श्रमअनुसारको उपलब्धिबाट वन्चित हुनुपर्दा मन खिन्न रहन सक्छ । सबल स्वास्थ्यका लागि आज खानपिनमा विशेष सजगता अपनाउनुहोला । धेरै समय सानातिना घरेलु काममै अल्झनुपर्ने देखिन्छ । समस्यामा इष्टमितको साथ मिल्नेछ ।
कन्या – सद्विचारबाट अभिप्रेरित व्यक्तिका लागि उत्साहजनक सिमय छ, तर सानो लापर्वाहीले पनि बन्नैलागेको काममा बाधा पुग्ने एवम् विवादमा परिने योग छ । घरेलु समस्याले केही सताउला । आजको दिन अनावश्यक भ्रमणमा समय बित्न सक्छ, निरर्थक यात्रा थाती राख्नु नै उचित हुनेछ । अरूको भरपर्दा आँटेको काम सम्पादन नहुन सक्छ । प्रतिस्पर्धामा पछि नपर्नको लागि विशेष मिहेनतको दरकार छ ।
तुला – दिगो योजना प्रारम्भ हुने तथा साझेदारीबाट फाइदा मिल्ने समय छ । भौतिक साधन जुट्नाले उत्साह वृद्धि होला । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सजगता अपनाउनुहोला । नयाँ काममा हात हाल्दै हुनुहुन्छ भने उचित समय छ । सोखपूर्तिका लागि केही खर्च बढ्न सक्छ । आमोदप्रमोदमा मन जाला । व्यस्तता बढ्नेछ ।
वृश्चिक – लाभप्रद काम प्रारम्भ गर्ने तथा गरिएका कामको राम्रै मूल्यांकन हुने समय छ । धर्मकर्म र सेवामूलक कार्यबाट प्रतिष्ठा मिल्नेछ । अवसरलाई पछ्याउने विशेष प्रयास गर्नुहोला । आजको दिन स्वास्थ्यप्रति अघिपछिको तुलनामा थप सजग रहनु हितकर हुनेछ । बाध्यताको कामले अल्मल्याउन सक्छ, सजग रहनुहोला । आफन्तको साथ सहयोग प्राप्त हुनेछ ।
धनु – कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ने तथा कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । खेलकुद तथा भ्रमणमा रुचि बढ्ला । स्वास्थ्यगत समस्याले भने केही सताउन सक्छ । शत्रुपक्ष केही सशक्त बन्न सक्छ, सजग रहनुहोला । दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्ने सम्भावना रहेकोले व्यवहारमा लचकता अपनाउनु हितकर हुनेछ ।
मकर – रुचिका विषयमा लगानी बढाउने समय छ । व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । समयमा होसियार बन्न नसक्दा काममा बाधा हुने र खर्च बढ्ने देखिन्छ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा–मामिलामा पनि विजयी भइएला । रसरागमा आकर्षण रहला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कुम्भ – व्यापारमा मनग्य फाइदा हुने तथा आयआर्जनका स्रोत बढ्ने समय छ । शुभचिन्तकहरूको सुझाव मनन गर्दा फाइदा हुनेछ । आजको दिन विद्यामा कमजोरी र लेनदेनमा विवादको येग रहेकोले सजग रही व्यवहार गर्नुहोला । टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ । विगतका समस्या बल्झिन सक्छन् । सामर्थ्य भने वृद्धि हुनेछ ।
मीन – दिन उल्लासमय रहने देखिन्छ । पछिसम्म लाभ हुने काममा लगानीको अवसर प्राप्त हुने समय छ । आँटेका काम तत्काल सम्पादन हुनेछन् । भौतिक साधन जुट्नाले आयआर्जन राम्रै हुनेछ भने अतिथिका रूपमा सम्मान समेत पाइएला । नयाँ योजना कार्यान्वयनमा ल्याउन भने त्यत्ति सहज नहोला । मिठो भोजन प्राप्त हुनेछ ।
प्रतिक्रिया