✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ भाद्र २ गते तद्अनुसार सन् २०२४ अगस्त १८ तारिख आइतबार श्रावण शुक्ल चतुर्दशी तिथि उत्तराषाढ़ा नक्षत्र ९ः४६ पर श्रवण नक्षत्र आय्स्मान् योग ६ः४१ पर सौभाग्य योग गर करण आनन्दादिमा मुशल योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३६ मा भयो र सूर्यास्त साँझ १८ः३७ मा हुनेछ । श्रीशिवजीमा पवित्रा रोपन ।
आजको राशिफल
मेष – आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ, तर सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पु¥याउनुहोला । दिनको पछिल्लो प्रहरमा विभिन्न अवसर आउनाले मन प्रशन्न रहला । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्ने योग छ । यात्रागत कार्य सफल रहनेछ ।
वृष – आजको दिन स्वास्थ्य केही कमजोर रहेको अनुभूति भएपनि आयआर्जन राम्रै हुने देखिन्छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । उद्योग–व्यापारमा विशेष फाइदा हुनेछ भने प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । मनोरन्जनमा समय ब्यतीत होला । सुखद यात्राको योग छ । धर्मकर्ममा आकर्षण बढ्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । आफन्तको साथ मिल्नेछ ।
मिथुन – मिश्रित फलदायी समय छ । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन् । तथापि, वित्तादि लाभ हुने देखिन्छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिदै आएको काममा थप जांगर पलाएर आउला । ब्यापार ब्यावसायमा फाइदा नै मिल्ने देखिन्छ । आजको दिन महत्वपूर्ण कार्यमा अरुको भर नपर्नु हितकर हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्ने समय छ । स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । छरछिमेकमा झैझगडाको सम्भावना छ, सजग रही व्यवहार गर्नुहोला । श्रमको समुचित मूल्यांकन नहुने तथा आम्दानीमा बाधा पुग्ने देखिन्छ । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – काम बिग्रने डरले सताएपनि आजको दिन व्यापार ब्यावसायमा राम्रै फाइदा हुने देखिन्छ । आम्दानी वृद्धिले परिवारजनका आवश्यकता पूरा हुनेछन् । तर, बेसुरमा वचन दिनाले दुःख पाइनेछ । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ । कामका लागि गरिएको भ्रमण निरर्थक हुने खतरा छ । नियमित कार्यमा समस्या थपिन सक्छन् । कलात्मक काममा भने सफलता मिल्नेछ ।
कन्या – आजको दिन सजिलै काम बन्नाले उत्साह जाग्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुने योग छ । परोपकारजन्य क्रियाकलापमा समय बित्ला । मंगलमय कृत्य सम्पादन गर्न सकिएला । तीर्थाटनको अवसर प्राप्त हुनसक्छ । प्रेमभाव जागृत हुनेछ ।
तुला – ब्यस्तता बढेपनि परिवारजनको साथले नयाँ आशा पलाउनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । कृषिकर्मबाट सोचेको लाभ नउठ्न सक्छ । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनुका साथै नयाँ काम र जिम्मेवारी हात पार्ने मौका मिल्ला ।
वृश्चिक – आजको दिन सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । मुख्य काममा बाधा हुने देखिन्छ । भौतिक साधनको खराबीले लक्ष्यप्रामिा बाधा पुग्न सक्छ । स्वास्थ्य केही कमजोर रहला । आँटेको काम समयमा पूरा नहुन सक्छ । धेरै लगानीपछि कममात्र प्रतिफल मिल्ने योग छ । प्रतिकुलताका बाबजुद पराक्रम भने बढ्नेछ । सुख सुविधाको बस्तुमा खर्च हुने देखिन्छ ।
धनु – आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । तथापि, सहयोगीहरूले आज राम्रै साथ दिनेछन् । नयाँ काम सुरु गर्न सकिने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने योग छ । पठनपाठनमा प्रगति नै हुनेछ । बौद्धिक र रचनात्मक काम सार्थक बन्नेछ । रसरागात्मक गतिविधिमा आकर्षण बढ्नेछ ।
मकर – लाभदायी काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा मिल्ला । आयआर्जनका स्रोत बढ्नेछन् भने आमाको माध्यमबाट काम बनाउन सकिनेछ । नसोचेको ठाउँबाट धन आर्जन हुने योग छ । अरूका विषयमा चासो लिँदा विवादमा परिने समभवना छ, सचेत रही व्यवहार गर्नुहोला । खर्चमा केही वृद्धि हुनसक्छ । नियमकानूनले साथ दिनाले दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन प्राप्त हुनेछ ।
कुम्भ – सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने समय छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । स्वास्थ्य केही कमजोर रहनसक्छ । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ने योग छ, सावधान रहनुहोला । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । बौद्धिक र रचनात्मक कार्य भने बन्नेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ ।
मीन– अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने दिन छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । आजको दिन सवारीसाधनको प्रयोगमा सावधानी अपनाउनु हितकर होला । स्वास्थ्यसम्बन्धी पुरानो समस्याले सताउन सक्छ । व्यावसायिक काममा पनि समस्या आउने योग रहेकोले सजग रहनु उचित होला। ।
प्रतिक्रिया