✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ भाद्र ३ गते तद्अनुसार सन् २०२४ अगस्त १९ तारिख सोमबार श्रावण शुक्ल पक्षको पूर्णिमा तिथि श्रवण नक्षत्र ८ः५४ पर धनिष्ठा नक्षत्र सौभाग्य योग ०ः४९ पर शोभन योग भद्रा करण आनन्दादिमा सिद्धि योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३७ मा भयो र सूर्यास्त साँझ १८ः३६ मा हुनेछ । भद्रा १३ः३१ बजेसम्म, ऋषितर्पणी, रक्षाबन्धन, पूर्णिमा व्रत, जनैपूर्णिमा, रक्षाबंधनको शुभ साइत दिउँसो २ः४० देखि ५ः३० बजेसम्म लाभ अमृत बेलामा ।
आजको राशिफल
मेष – दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमताले मानसम्मान दिलाउन सक्छ । भाग्यले सोचेभन्दा बढी नै फाइदा दिलाउने योग छ । चुनौतीहरू स्वतः हट्नेछन् भने आम्दानीले पछ्याउनेछ । तथापि, नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने सम्भावना छ, ध्यान राख्नुहोला । मित्रजनको साथ स्वादिष्ट भोजनमा मन रमाउला । अनुकूलता वृद्धि हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।
वृष – आजको दिन अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । आफ्ना लागि परिस्थिति प्रतिकूल रहने देखिन्छ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफन्तबाट समेत टाढिनुपर्ने योग छ । नजिकका साथीभाइ टाढिन सक्छन् । वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिने योग छ । विलासी कर्ममा मन जाला । स्वास्थ्य केही कमजोर रहन सक्छ । पारिवारिक समस्याको समाधान मिल्नेछ । यात्रापरक काम बन्नेछ ।
मिथुन – व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । नसोचेको ठाउँबाट धनलाभ हुने देखिन्छ । तथापि, बाध्यतामा अल्मलिनुपर्दा महत्वपूर्ण काम रोकिन सक्छ । काम बिग्रने डरले सताउला । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सचेत रहनुहोला । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
कर्कट – इमानयुक्त परिश्रमले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सहयोगीहरूले राम्रो फाइदा दिलाउलान् । परिवारमा आमाको आशीर्वादबाट महत्वपूर्ण काम बन्न सक्छ । धनलाभको सम्भावना छ । यात्राको पनि योग रहेको छ । कृषिकर्म विशेष लाभदायी रहला । रसरागमा आकर्षण रहला । समग्रमा दिन रमाइलैसँग बित्नेछ ।
सिंह – पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका जुर्ला । ठूलै फाइदाको आश्वासन पनि मिल्नसक्छ । विशेष योजनाहरू बन्नेछन् भने टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्ने देखिन्छ । तपाईंको कामको तारिफ होला । आजको दिन स्वास्थ्यप्रति विशेष सजगताको खाँचो छ, ध्यान राख्नुहोला । आरोग्यपन, प्रेमभाव र दाम्पत्यसुख बढ्नेछ ।
कन्या – सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने दिन छ । बलभन्दा बुद्धिको उपयोग गर्न सक्दा फाइदा होला । राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ । आज अनायसै धन खर्चनुपर्ने योग पनि रहेकोले निरर्थक खर्चबाट जोगिने प्रयत्न गर्नु उचित हुनेछ । तपाईंको आम्दानीमा छेडछाड गर्नेहरू सक्रिय रहन सक्छन् । असंयम व्यवहारले सम्बन्ध बिगार्न सक्छ, सजग रहनुहोला ।
तुला – पारिवारिक जमघटमा मन रमाउनेछ, तर भेटघाटको अलमलले नोक्सान पुऱ्याउन सक्छ । सहयोगीहरूले राम्रै साथ दिनाले प्रतिस्पर्धी परास्त होलान् । महत्वपूर्ण काममा सफलता मिल्ने योग भएपनि मौकामा लाभ उठाउन नसकिएला । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने देखिन्छ । तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । आरोग्यबल बढ्नेछ ।
वृश्चिक – पराक्रम र ब्यस्तता बढ्नेछ । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । काममा थप लगानी गर्दा खेर नजाला । धन आर्जनको मौका जुर्ने देखिन्छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त होला । विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ । रोकिएको काम मिहेनतले सम्पन्न हुने देखिन्छ । शत्रुलाई जित्ने क्षमता रहला ।
धनु – मेहनतले राम्रै लाभ उठाउन सकिने समय छ । व्यापार-व्यवसायमा पनि फाइदा नै हुने देखिन्छ । काममा विशिष्ट व्यक्तित्वको सहयोग प्राप्त होला । सहयोगीहरूबाट चाहिँ अलिक धोका पाइने सम्भावना छ, सचेत रहनुहोला । खर्चको मात्रा बढ्ने देखिन्छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्ने योग छ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
मकर – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारीमा पनि फाइदा हुनेछ । उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला । स्वादिष्ट भोजनको अवसर मिल्नेछ । तर, पेटको खराबीले सताउन सक्छ । प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला । प्रतिकुलताका बाबजुद दायित्व निर्वाह गर्नुहुनेछ ।
कुम्भ – रोकिएका काम बन्नाले आत्मविश्वास बढ्नेछ । विभिन्न अवसरले पछ्याउने समय छ । बोलीको प्रभाव एवं कार्यसम्पादनको क्षमता बढ्ला । तथापि, अनावश्यक वादविवादमा परिने योग रहेकोले सचेतना अपनाउनुहोला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आरोग्यता रहनेछ ।
मीन – होसियारीसाथ काम लिनुपर्ने समय छ । लगानी तथा खर्च वृद्धि हुनेछ । सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ, तर फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन् । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ । मेहनतले कीर्ति दिलाउनेछ । सुख विलास पनि बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।
प्रतिक्रिया