✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ भाद्र ५ गते तद्अनुसार सन् २०२४ अगस्त २१ तारिख बुधबार भाद्र कृष्ण पक्षको द्वितीया तिथि पूर्वाभाद्रपद नक्षत्र सुकर्म योग तैतिल करण आनन्दादिमा मानस योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३८ मा भयो र सूर्यास्त साँझ १८ः३४ मा हुनेछ । आज रोपाइँ जात्रा ।
आजको राशिफल
मेष – आजको दिन उत्साहजनक रहला । भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुर्न सक्छ । स्वास्थ्य सबल रहने र मनोरञ्जनात्मक क्रियाकलापमा संलग्नता बढ्नेछ । व्यापारबाट प्रशस्त फाइदा मिल्ने तथा भौतिक साधन जुट्ने योग छ । आयआर्जन राम्रै हुने देखिन्छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।
वृष – आजको दिन अरूका काममा समय बित्नसक्ने देखिन्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । काम पूरा नहुनाले मन खिन्न रहनेछ भने अनावश्यक भ्रमणमा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने योग छ, सचेत रहनुहोला । आफन्तजन टाढिन सक्छन् । पशुपालन तथा कृषि क्षेत्रबाट भने राम्रै उपलब्धि हात लाग्ने योग छ । बौद्धिक एवम् रचनात्मक काम सार्थक बन्नेछ ।
मिथुन – लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्न सक्ने समय छ । तर, बेलैमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ । व्यवसायमा मेहनतअनुसार कमैमात्र लाभ होला । विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने देखिन्छ । विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने योग छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।
कर्कट – दिन खासै उत्साहजनक नहोला । अनावश्यक दौडधुपमा समय बित्नेछ भने ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने देखिन्छ । चोरी वा ठगीमा परिने सम्भावना रहेकोले विशेष सजगता अपनाउनुहोला । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु उचित हुनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइएला । प्रतिष्पर्धीका अघिल्तिर आफू कमजोर भएको अनुभूति हुनेछ । ठूलो प्रयत्न गर्दा पनि खासै उपलब्धि हासिल नहुने योग रहेकोले अनावश्यक कार्यमा मिहेनत नलगाउनु नै उचित हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । आम्दानी वृद्धि भइ परिवारजनका आवश्यकता पूरा हुनेछन् । प्रतिस्पर्धामा विजयी भइएला । रमाइलो यात्राको सम्भावना छ । दाम्पत्यसुख बढ्नेछ । आरोग्यता रहनेछ । मित्रहरू सहयोगी बनेर देखापर्लान् ।
कन्या – आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने मौका जुर्ला । सामाजिक दायित्व बढ्नेछ भने कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्ला । रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । पराक्रम र कार्यगति बढ्ने देखिन्छ ।
तुला – भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने समय छ । व्यापारमा पनि राम्रै फाइदा होला । कीर्तिमानी काम गर्ने समय छ तर आफ्नै कमजोरीले विवादमा परिने योग रहेकोले सावधानी अपनाउनुहोला । व्यावसायिक काममा गरेका प्रयत्नहरू सार्थक रहनेछन् । सवारीसाधन उपयोग गर्दा भने आजको दिन विशेष सावधानी अपनाउनु हितकर होला । आरोग्यबल बढ्नेछ ।
वृश्चिक – समय उत्साहवर्द्धक रहला । नयाँ ज्ञान प्राप्त हुने देखिन्छ । लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने भौतिक साधनसमेत जुट्नाले प्रशन्नता मिल्ला । रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । श्रमको उचित मूल्यांकन हुनुका सथै पढाइलेखाइमा प्रगति हुनेछ । कामको चापबाट फुर्सद मिलेको अनुभूति होला । पराक्रम बढ्नेछ । खर्च नियन्त्रणको लागि योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।
धनु – ब्यस्तता बढ्नेछ । आर्थिकरूपले सवलता वृद्धिको समय छ । आयस्रोत बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने देखिन्छ । साझेदारीमा राम्रो फाइदा होला । व्यापारमा बढी नै फाइदा हुने योग छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।
मकर – आजको दिन केही चुनौतीयुक्त छ । कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका विषायमा चासो लिँदा झमेला आइपर्ला, ध्यान राख्नुहोस् । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने देखिन्छ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । तपाईंको इर्ष्या गर्नेहरूले काममा अवरोध गर्न सक्छन्, सजग रहनुहोला । नियमकानूनले साथ दिनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
कुम्भ – ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । परिवारजनबाट टाढिनुपर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । आर्थिक विकाससित सम्बन्धित कार्यमा आंशिक सफलता मिल्ने याोग छ ।
मीन – महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुने समय छ । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले लाभ दिलाउने देखिन्छ । रुचिका विषयमा लगानी बढाउन सकनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । आजको दिन प्रेमजीवन भने खासै उत्साहजनक नरहेको अनुभूति होला । आरोग्यता वृद्धि हुनेछ । आफन्तको साथ मिल्नेछ ।
प्रतिक्रिया