✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ भाद्र ६ गते तद्अनुसार सन् २०२४ अगस्त २२ तारिख बिहीबार भाद्र कृष्ण पक्षको तृतीया तिथि उत्तराभाद्रपद नक्षत्र धृति योग वणि करण ३ः८ पर बब करण आनन्दादिमा छत्र योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३८ मा भयो र सूर्यास्त साँझ १८ः३३ मा हुनेछ ।
आजको राशिफल
मेष – नयाँ योजना बन्ने र पुरानो समस्या सुल्झाउन सकिने समय छ । रोकिएको काम आज दोहोऱ्याउँदा सफलता मिल्नेछ । ढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ, सचेत रहनुहोला । स्थायी सम्पत्तिमा पनि विवाद आउनसक्ने योग छ । पठनपाठनमा खासै मन लाग्नेछैन । आर्थिक उपार्जनको काममा लागिरहँदा केही न केही लाभ मिल्ने देखिन्छ । इष्टमित्रको सहयोग प्राप्त हुनेछ ।
वृष – आजको दिन विभिन्न अवसरले पछ्याउनेछन् । रमाइलो जमघटका बीच खानपानको आनन्द प्राप्त हुनसक्छ । तर, ब्यापार-व्यवसायमा लक्ष्यअनुसारको उपलब्धि प्राप्त नहुन सक्छ । स्वास्थ्यमा पनि सामान्य कमजोरी रहला । परिवारजन तथाआफन्तबीच आत्मीयतामा कमी आउने योग भएपनि बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न सकिनेछ । प्रगतिको दर बढ्नेछ । परिवारिक सुख रहला ।
मिथुन – दिन केही चुनौतीयुक्त रहने देखिन्छ । स्वास्थ्य केही कमजोर रहनाले चिताएको काम पूरा गर्न सकस पर्ला । प्रतिकुलताका बाबजुद जिम्मेवारी भने बढिरहने योग छ । खानपानमा लापर्वाही नगर्नु उचित हुनेछ । पढाइलेखाइमा समय दिन नसकिएला । आज खर्च केही बढेपनि दिगो आयस्रोत जुटाउन सकिने अवसर जुर्न सक्छ । नजिकका मित्रजन टाढिए पनि टाढाका साथीभाइ नजिकिनेछन् । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।
कर्कट – आजको दिन बाध्यताले अनावश्यक अलमल बढाउन सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका मिल्नसक्छ, सावधान रहनुहोला । विशेष योजना गोप्य राख्ने प्रयत्न गर्नुहोला । समयमा होश नपुग्नाले जोखिम र खर्च बढ्न सक्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, याद राख्नुहोला । स्वास्थ्यगत समस्याले सताउन सक्छ । लेनदेनमा विवाद हुनसक्ने सम्भावना रहेकोले आज आर्थिक कारोबार सकभर नगर्नु उचित हुनेछ ।
सिंह – आम्दानी बढ्ने र पछिसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिने दिन छ । सकारात्मक कर्मका लागि प्रेरणा जगाउनेहरू भेटिएलान् । रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द पाइएला । रमाइलो यात्रा गर्ने अवसर पनि जुट्न सक्छ । व्यावसायिक यात्राको प्रक्रिया अघि बढ्ने समय छ । परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ ।
कन्या – बोलीको कारणले केही समस्या उब्जिनसक्ने समय रहेको हुँदा बोली र व्यवहारमा संयमता अपनाउनु हितकर होला । नियमित कार्यमा सहयोगीहरूले लाभ दिलाउन सक्छन् । अध्ययनमा समय दिन नसकिएला । लेनदेनमा विवाद हुनसकछ, सावधान रहनुहोला । पहिलेका समस्या दोहोरिन सक्छन् । स्वादिष्ट भोजनको अवसर प्राप्त भए पनि स्वास्थ्यप्रति सजग रहनुहोला । कामको सन्दर्भमा यात्राको सम्भावना छ । प्रेम भाव वृद्धि हुनेछ ।
तुला – नाम, दाम र इनाम कमाउने समय छ । सोचेको काम बिस्तारै कार्यान्वयनमा जाला आजको दिन स्वास्थ्य भने केही कमजोर रहनसक्छ । नियमित काम केही सुस्त गतिमा चलेपनि सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने योग छ । लगनशील बन्न नसक्ता आलोचनाको शिकार बन्ने सम्भावना छ, कमी–जोरीमाथि टिप्पणी हुन सक्छ ।
वृश्चिक – प्रतिष्ठित कामको जिम्मेवारी पाइने योग भएपनि आजको दिन सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । भूमि वा पैत्रिक सम्पत्तिमा विवाद आउन सक्छ । अर्थ अभावले योजना स्थगित हुने सम्भावना छ, कार्यसफलताका लागि विशेष मिहेनतको दरकार छ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । आरोग्यबल वृद्धि होला ।
धनु – व्यस्तता बढ्नेछ भने व्यावसायिक काममा विभिन्न समस्या आउन सक्छन् । तर, प्रतिकुलताका बाबजुद इच्छाशक्ति एवं मेहनतले फाइदा दिलाउनेछ । प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनेछ । भौतिक साधन जुट्नेछन् । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।
मकर – नयाँ व्यवसाय सुरु गर्न चाहनेका लागि उचित समय छ । रोकिएका काममा पुनः प्रयत्न गर्नु उचित हुनेछ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । रुपैयापैसाको कारोबार हुने देखिन्छ । यात्रागत कार्यमा सफलता प्राप्त होला ।
कुम्भ – मेहनतले धेरैको विश्वास जित्न सकिने दिन छ । अरूको दबाबमा परिए पनि कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग निकटता बढ्नेछ । सोचेको काम सजिलै सम्पादन हुनाले मन प्रसन्न रहला । प्रियपात्रसँग भेटघाट हुनुका साथै दिन रमाइलो बन्नेछ । शुभचिन्तकहरूको सुझावलाई कदर गर्नुहोला ।
मीन – उपहारभन्दा कर्ममा विश्वास गरेर अघि बढ्दा फाइदा हुने दिन छ । आम्दानी बढ्नुका साथै ठूलो काम सम्पादन हुन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । अप्रिय समाचारले खिन्नता जगाउने योग छ, ध्यान राख्नुहोला । आरोग्यता रहनेछ । लेखन तथा प्रकाशनसित सम्बन्धित कामले सार्थकता पाउनेछ ।
प्रतिक्रिया