विश्वभरका मानिस अमेरिकालाई ‘सपनाको देश’ ठान्छन् । अमेरिकामा बसोबास गर्न, काम गर्न या एकपटक भ्रमण गर्न चाहनेहरूको सङ्ख्या व्यापक रहेको विश्वास गरिन्छ । यस हिसाबले वैध या अवैध प्रक्रिया अपनाएर अमेरिका प्रवेश या बसोबास गर्नेको सङ्ख्या वर्षेनी बढिरहेको छ । यही परिवेशमा अमेरिकी घरेलु विभाग (डीएचएस) ले हालै अनुमानमा आधारित एक आँकडा सार्वजनिक गरेको छ । जसअनुसार करिब एक करोड १५ लाख विदेशी नागरिकले वैधानिक दस्तावेजबिना नै अमेरिकामा बसोबास गरिरहेका छन् । यसरी अवैधानिक तवरले बसोबास गर्नेको सङ्ख्यामा कमी ल्याउन अमेरिकी सरकारले अनेक प्रयास गरे पनि खासै सफलता नमिलेको डीएचएसको प्रतिवेदनले औंल्याएको छ । बरु सन् २००७ देखि लगातार सङ्ख्या बढिरहेको पाइएको छ । प्रतिवेदनमा उल्लेख गरिएअनुसार सबभन्दा बढी ५९ प्रतिशत अनधिकृत प्रवासी मेक्सिकोमा बस्छन् भने त्यसपछि १४ प्रतिशतले मध्यअमेरिकी देश, ६ प्रशिशतले एलसाल्भाडोर, ५ प्रतिशतले ग्वाटेमाला र तीन प्रतिशत अवैध आप्रवासी होन्डुरसमा रहन्छन् ।
झुटो बोल्नुस् सन्तुष्ट रहनुस् †
हामीले सानैदेखि पढ्दै, सुन्दै र सुनाउँदै आएका छौँ कि सत्यको फल मीठो हुन्छ, सधैं साँचो बोल्नुपर्छ । तर, शोधकर्ताहरूले दाबी गरेका छन् कि झुटो बोल्ने व्यक्तिलाई झुटले पनि अत्यधिक सन्तुष्टि प्रदान गर्दछ । सिड्नी युनिभर्सिटीद्वारा गरिएको एक अध्ययनको नतिजाअनुसार झुटो बोलेर केही हासिल हुन्छ भने त्यो अवस्थामा मानिस सन्तुष्टिको अनुभूति गर्दछ । यसअघि गरिएको झुटसम्बन्धी अर्को एक अनुसन्धानले मानिसले एक दिनमा कम्तीमा एकदेखि दुईपटक झुटो बोल्ने गरेको परिणाम दर्शाएको थियो । यस हिसाबमा ६० वर्षको उमेरसम्ममा एक व्यक्ति ४२ हजारपटकसम्म झुटो बोल्नसक्छ । उक्त अनुसन्धान दलको नेतृत्वकर्ता रहेकी डा. क्रिस्टिना एन्थोनीको कथन छ– झुटो बोल्नु पनि एक मिहिनेतकै काम हो ।
यसैबीच बेलायतमा गरिएको एउटा अनुसन्धानले मानिस बाल्यावस्थामा भन्दा पनि बढी खुसी ३३ वर्षको उमेरमा हुने गरेको देखाएको छ । उक्त उमेरमा पुग्दा व्यक्ति किन बढ्ता सन्तुष्ट र खुसी भएको हो भन्ने विषयमा चाहिँ प्रतिवेदन मौन छ ।
रक्तचाप घटाउन चुकन्दर
तपाईं आफ्नो रक्तचापलाई नियन्त्रणमा राख्न चाहनुहुन्छ भने वैज्ञानिकहरूको सल्लाह मान्नुस्, अर्थात् हरेक दिन एक कप चुकन्दरको जुस पिउनुस् । लण्डनको रिडिङ युनिभर्सिटीमा अनुसन्धानकर्ताहरूले पत्ता लगाएअनुसार साग–सब्जीको जुसको सानो मात्रा पनि कुनै पनि व्यक्तिको रक्तचाप कम गर्न अत्यन्त सहयोगी सावित हुन सक्छ । वैज्ञानिकहरूले आफ्नो अनुसन्धानबाट यो पत्ता लगाए कि सागसब्जीको सय ग्राम जुसले पनि कमसेकम चार घण्टाका लागि रक्तचाप कम गरिदिन्छ । उनीहरूको दाबी छ– सेतो तथा रातो चुकन्दरको जुस प्रत्येक दिन पिउने व्यक्तिलाई रक्तचापको समस्याले पिरोल्ने छैन ।
महिला हाकिम नै उत्तम
प्रबन्धनको सवालमा अहिलेसम्म महिला अधिकारीहरूलाई कुशल ठान्ने नगरिएको परिवेशमा हालैको एक अध्ययनले पुरुषभन्दा महिला नै उत्तम ‘बोस’ हुनसक्ने देखाएको छ । यो अध्ययन स्पेनमा गरिएको थियो जसले शीर्ष पदमा रहेकी महिला कार्यालयमा बढी लोकतान्त्रिक तरिकाबाट काम गर्छिन्, कर्मचारीहरूलाई नीति निर्माण प्रक्रियामा भाग लिन अनुमति दिन्छिन् र पुरुष हाकिमको तुलनामा कार्यालयमा आपसी संवादको अवस्था अत्यन्त सन्तुलित ढङ्गले कायम राख्न सकिन्छ भन्ने देखायो । अनुसन्धानमा संलग्न एक शोधकर्ताका अनुसार कम्पनीलाई आवश्यक निर्णय व्यावहारिक तवरबाट लिने सवालमा महिला म्यानेजरहरू नै अगाडि देखिए भने आफ्नो विचारको सुनुवाइ भएको अनुभूति गरेर मातहतका कर्मचारी पनि महिला हाकिमसँग नै बढ्ता खुसी रहेको देखियो ।
बुढेसकालमा यौन सक्रियता
जीवनको पाँच दशक उमेर पार हुन पाउँदा–नपाउँदै बुढेसकाल लागेको भन्ने र यौनको मामलामा सुस्तता आउने मनोविज्ञानले हाम्रो समाज ग्रस्त छ । हाम्रो यस्तो अवधारणालाई स्पेनी वृद्धवृद्धाहरूको यौन सक्रियताले भने व्यङ्ग्य गर्न सक्छ । किनकि हालै स्पेनमा गरिएको एक सर्भेक्षणले त्यहाँका ६५ वर्ष काटेका ६२ प्रतिशत पुरुष र ३७ प्रतिशत महिला यौन रूपले अत्यन्त सक्रिय रहेका देखाएको छ । उनीहरू आफ्नो जवानीकालमा जस्तै चुम्बन, आलिङ्गनका साथै सक्रिय यौन क्रियाकलाप गरेर एक–अर्काप्रति पे्रम प्रकट गर्न माहिर छन् । द जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित समाचारअनुसार स्पेनका वृद्ध व्यक्ति यदि यौनमा असक्रिय छन् भने कि त उसकी पत्नी बितिसकेकी हुनुपर्छ कि भने ऊ अन्य गम्भीर बिरामीबाट थलिएको हुनुपर्छ ।
प्रतिक्रिया