लण्डन ः ब्ल्याकहिथ, लण्डन स्थित एभरेष्ट ईनको सभाकक्षामा दिनांक २२ फरवरी २०१५को दिनमा नेपाली कअपरेटिभ ईन्भेष्टमेन्ट ग्रूपको साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा सम्पन्न सो साधारण सभालाई संस्थाका सचिव अर्क तिम्सिनाले सञ्चालन गरेका थिए । औपचारिक आसन ग्रहण पश्चात साधारण सभाको औचित्य बारे प्रकाश पार्देै छलफल गर्ने बँुदाहरु बारे ग्रूपका शेयर होल्डरहरुलाई प्रकाश पारेका थिए । साधारण सभाको मुख्य छलफल संस्थाले प्रोपर्टी खरिद गर्ने तथा अहिलेसम्मको आर्थिक प्रगति विवरण बारे रहेको थियो । संस्थाका प्रायः बीओडीका सबै सदस्यहरु, अनुशासन कमिटी तथा बिजनेस ईन्भल्वमेन्ट टीमका सदस्यहरु सहभागी रहेको यस साधारण सभामा धेरै शेयर होल्डरहरुको समेत सहभागिता रहेको थियो । समाजले प्रोपर्टीमा लगानी गरिने विवरणबारे बिजनेस ईन्भल्वमेन्ट टिमका सदस्य सुरज मास्केलें पहिलोचोटी संस्थाले खरिद गर्न लागेको प्लमस्टिड स्थित प्रोपर्टीबारे विस्तृत जानकारी दिएर यसबाट सम्भावित फाईदाबारे पावर प्वाईन्टबाट सम्बोधन गरेका थिए । निकट भविष्यामा संस्थाले प्राप्त गर्न सक्ने मुनाफाको आँक्डा समेत प्रस्तुत गरेका थिए । त्यसपछि संस्थाको बजेट संस्थाका कोषाध्यक्ष एलएन पान्डेले प्रस्तुत गरेका थिए । हालसम्म ११६ जनाको शेयर सङ्ख्या रहेको संस्थामा भविष्यमा १५० जना सम्मको शेयर सङ्ख्या रहने कुरा बताएका थिए । यस संस्थामा धेरै जनाले लगानी गर्न ईच्छुक रहेको कुरा समेत बताएका थिए । संस्थाको पहिलो प्रोपर्टि खरिद लगानीकर्तामा दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनले संयुक्त लगानीको हैसियतमा पचासहजार पाउण्ड लगानी गरेको छ । दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डन र एनसीआई ग्रूपबीच संयुक्त लगानीको फाईदा लगानीको हिसाबमा बाँडिने गरिएको छ । दक्षिणपूर्व क्षेत्रीय तमुधिं लण्डनका अध्यक्ष श्रीचन्द्र गुरुङले पचासहजार पाउण्डको चेक एनसीआई ग्रूपका अध्यक्ष मोहन गुरुङलाई हस्तान्तरण गरेका थिए । यस साधारण सभालाई संस्थाका बिजनेस ईन्भल्वमेन्ट ग्रूपका सदस्य पशुपति भण्डारी, अनुशासन कमिटीका सदस्य हितमान गुरुङ तथा दिपेश मैनालीले समेत आ–आप्mनो लगानी बारे अवधारणा व्यक्त गरेका थिए । अन्तमा सभाध्यक्ष मोहन गुरुङले सहभागी सबैलाई आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए तथा सभा विसर्जन गरेका थिए ।




प्रतिक्रिया