आजको पञ्चाङ्ग एवम् राशिफल (७ भदौ २०८१ शुक्रबार, २३ अगस्त २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (७ भदौ २०८१ शुक्रबार, २३ अगस्त २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ भाद्र ७ गते तद्अनुसार सन् २०२४ अगस्त २३ तारिख शुक्रबार भाद्र कृष्ण पक्षको चतुर्थी तिथि रेवती नक्षत्र शूल योग कौलव करण आनन्दादिमा श्रीवत्स योग चन्द्रमा मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३९ मा भयो र सूर्यास्त साँझ १८ः३२ मा हुनेछ ।

आजको राशिफल

मेष – बौद्धिक कार्यमा तीव्रता आउनुको साथै अरुको विश्वास सजिलै जित्न सकिने समय छ । तर, स्वास्थ्यसम्बन्धी समस्या, खासगरी हाडजोर्नीको समस्याले सताउनसक्ने देखिन्छ । आर्थिक कारोबारमा पनि विशेष सजगता अपनाउनु हितकर होला । धार्मिक कार्यमा खासै रुचि जाने छैन । व्यवसायसम्बन्धी पुराना समस्या सुल्झाउने अवसर मिल्ने योग छ । खर्च केही वृद्धि हुनसक्छ ।

वृष – शैक्षिक व्यवसाय गर्नेहरुका लागि समय विशेष अनुकूल रहनेछ । शैक्षिक उन्नतिका अवसरहरू प्रशस्तै मिल्नेछन् । नयाँ काम वा जिम्मेवारी पाउने योग छ । आजको दिन विवाहितहरुको दाम्पत्य जीवन सुखमय रहने देखिन्छ । सबल स्वस्थ्यका लागि खानपानमा ध्यान दिनु उचित हुनेछ । मित्रजनसँगको भेटघाट उल्लासमय रहला । रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ ।

मिथुन – आजको दिन प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ । तर, चरित्रसम्बन्धी आरोप आउन सक्ने योग भएकोले विपरीतलिङ्गीहरुबाट टाढा रहनु नै हितकर हुनेछ । कतै टाढाको यात्रा गर्ने अवसर प्राप्त होला । उद्योग र व्यापारमा विशेष फाइदा हुने देखिन्छ । गरिएका कर्मको उचित प्रतिफल पाइएला । मिष्ठानन्न भोजनप्रति रूचि जागृत हुनेछ र त्यस्तो अवसर पनि जुर्नसक्छ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट – समय केही प्रतिकुल या चुनौतीयुक्त रहने देखिन्छ । माता, पिता र सन्तानसँगको मतभेद केही बढ्नेछ भने अध्ययन-अध्यापन कार्यमा पनि अवरोध आइपरेको महसूस हुनेछ । आजको कुनै निर्णय गलत हुनसक्छ, निर्णय गर्दा अलिक विचार गर्नुपर्ला । लेनदेनमा विवाद बढ्ने सम्भावना छ, आर्थिक कारोबार नगर्नु नै हितकर रहनेछ । विगतको श्रमबाट भने लाभ मिल्ने देखिन्छ । मानसम्मानमा आघात पुग्नसक्ने योग छ, सजग रही व्यवहार गर्नुहोला ।

सिंह – आजको दिन बलभन्दा बुद्धिको काममा जोडदिनु उचित होला । आय व्ययलाई हेर्दा अवस्था मध्यम रहनेछ । खर्चका बाध्यताहरू आइपर्नेछन् । नगद सहयोग तथा लेनदेन आज नगर्नु हितकर हुनेछ । विभिन्न उपहार प्राप्त हुने योेग छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । नवीन जिम्मेवारी हात पार्ने प्रयासमा हुनुहुन्छ भने सफल भइएला । प्रेमभाव बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – सहयोगीजनबाटै विश्वासघात हुनसक्ने देखिन्छ, गोपनीयतामा आजको दिन एकदमै सावधान रहनुपर्ला । चाहेर पनि धार्मिक तथा सामाजिक कार्यमा संलग्न हुन सकिनेछैन । विदेश बसोबासको प्रयासमा हुनुहुन्छ भने प्रयासहरू सहज हुने योग छ । पति-पत्नीबीचको सम्बन्ध सुमधुर रहनुको साथै छुटेर बसेको भए मिलनको अवस्था सिर्जना हुनेछ । विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले चाहिँ कष्ट प्रदान गर्नसक्छ । स्वास्थ्यसम्बन्धी सजगताको दरकार छ ।

तुला – धेरैले तपाईंका कामको तारिफ गर्नेछन् तर निर्णायक क्षमतामा कमी आउने देखिन्छ । घर तथा सवारी साधन जोड्ने प्रयासमा हुनुहुन्छ भने उचित समय छ । पति-पत्नीबीचको सम्बन्ध सुमधुर रहनेछ । व्यापारमा लक्ष्यअनुरूप सफलता प्राप्त होला । कुनै महत्वपूर्ण योजनामा लागिरहनुभएको छ भने आजको दिन कार्य थाती राख्नु उचित हुनेछ । आत्मीय जनसँग असमझदारी वा मनमुटाव बढ्ने देखिन्छ, व्यवहारमा सरलता एवम् सजगता अपनाउनुहोला ।

वृश्चिक – आजको दिन स्वास्थ्यसम्बन्धी सजगता बढाउनु उचित होला । खानपानमा एकदम चनाखो रहनु हितकर हुनेछ । सफलताको लागि गोपनियतालाई निरन्तरता दिनुहोला । आम्दानीका अवसरहरू प्राप्त हुनेछन् । भुलेका मित्रहरुले सम्झने योग छ तर कसैसँग विवाद वा झगडा पनि हुन सक्छ, संयमता अपनाउनुहोला । अरूको विश्वासमा पर्दा अन्त्यमा धोका मिल्नसक्छ । विद्यार्थीजनका लागि समय राम्रो छ ।

धनु – व्यस्तता बढ्नेछ । घरेलु समस्याले सताउने एवम् मित्र र आफन्तजनले धोका दिनसक्ने हुँदा मन चिन्तित हुनसक्छ । तपाईंका कमजोरीमाथि टीका-टिप्पणी हुन सक्छ । पति-पत्नीबीच विवाद बढ्ने देखिन्छ । बोलीको गलत अर्थ लाग्नाले वादविवादको योग छ, भरसक मौन धारण गर्नु हितकर हुनेछ । सहयोगीहरू टाढिन सक्छन्, गोपनीयतामा विशेष ध्यान राख्नुहोला । आश मारेको काममा सुधार आउनाले उत्साह जगाउने देखिन्छ ।

मकर – व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने समय छ । नोकरी तथा राजनीतिमा गरेका प्रयासहरू सकारात्मक रहनेछन् । कतै मिष्ठान्न भोजनको अवसर जुर्न सक्छ । कृषिकर्ममा चाप बढेपनि राम्रै आर्थिक आर्जन हुने योग छ । काममा लगनशील बन्न नसक्ता आलोचनाको शिकार बन्ने सम्भावना छ, सचेत रहनुहोला ।

कुम्भ – बोलीको प्रभावमा अरुलाई विश्वास दिलाउन सफल भई आफ्नो कार्य अघि बढाउन सकिनेछ । वैदेशिक कार्यहरू तीव्र गतिमा अगाडि बढ्न सक्छन् । स्वास्थ्यगत सबलताका लागि खानपानमा विशेष ध्यान दिनुपर्नेछ । भेटघाटको अलमलले आजको योजना बिग्रन सक्छ, ध्यान राख्नुहोला । सफलताका लागि कतिपय चुनौतीसँग सम्झौता गर्नु उचित हुनेछ ।

मीन – मिश्रित फलदायी दिन छ । आफन्तजनसँगको भेटघाट सुखदायी रहला । आम्दानी सीमित हुनाले आर्थिक कठिनाइ आउन सक्छ । आजको दिन यात्रागत कार्य पनि निरर्थक रहला । प्रेम सम्बन्धमा खटपट चल्नसक्छ । निको भइसकेको रोगले पुनः सताउने देखिन्छ । लामो समयदेखि रोकिएको काम बन्ने योग छ । आरोग्यता रहनेछ ।