आजको पञ्चाङ्ग एवम् राशिफल (८ भदौ २०८१ शनिबार, २४ अगस्त २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (८ भदौ २०८१ शनिबार, २४ अगस्त २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर बर्षा ऋतु वि.सं. २०८१ भाद्र ८ गते तद्अनुसार सन् २०२४ अगस्त २४ तारिख शनिबार भाद्र कृष्ण पक्षको पञ्चमी तिथि अश्विनी नक्षत्र गण्ड योग गर करण आनन्दादिमा सौम्य योग चन्द्रमा मेष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः३९ मा भयो र सूर्यास्त साँझ १८ः३१ मा हुनेछ । विरुडापञ्चमी, डाँछी कोलमतीघाटस्नान, ल.पु. नृसिंहयात्रा ।

आजको राशिफल

मेष – हाँसखेल हुने तथा मनोरञ्जनपूर्ण समय छ, तर केही अप्ठ्यारा परिस्थितिको पनि सामना गर्नुपर्ला । यात्रा व्यवस्थापनमा खर्च र चुनौती बढ्ने देखिन्छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाइनेछ । सानातिना काममै आजको समय व्यतीत भएपनि लाभबाट वञ्चित हुनुनपर्ने योग छ । मित्रजन सहयोगी सावित हुनेछन् ।

वृष – आजको दिन सामान्य आम्दानी भइरहनेछ । व्यवसायमा फाइदा नै मिल्ने देखिन्छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । खर्चपनि केही वृद्धि होला । यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुने योग छ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – आजको दिन कर्मबल वृद्धि भइ आर्थिक कार्यमा आकर्षण बढ्नेछ । मनोरञ्जनपूर्ण समय रहेको छ । प्रेमको बन्धन कसिएला । पारिवारिक सहयोग प्राप्त हुनेछ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु हितकर होला । पतिपत्नीमा अविश्वास बढ्ने योग रहेकोले विश्वासको माहोल पैदा गर्ने प्रयत्न गर्नु उचित होला । व्यावसायिक यात्राको सम्भावना छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । बौद्धिकता बढ्नेछ ।

कर्कट – कर्मबल बढ्ने शुभदायी समय छ । नचिताएको स्थानबाट धनागमन हुनसक्छ । शरीर फूर्तिलो भएको महसुस होला । परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ भने भूमि तथा मातृधनबाट लाभ प्राप्त हुने योग छ । कल्पना र भावनामा केन्दित भइएला । बोलीको विपरीत अर्थ लाग्न सक्ने देखिन्छ, अभिव्यक्तिलाई नियन्त्रणमा राख्नु हितकर होला । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह – नियमित काम र व्यापार-व्यवसायमा राम्रै फाइदा हुनेछ, तर पारिवारिक वातावरण खासै तपाईंको अनुकूल नरहने देखिन्छ । अधिकार सुरक्षा गर्न विशेष प्रयत्न गर्नुपर्ला । शोख पूरा गर्नमा केही खर्च बढ्नेछ । उत्साह र उमङ्गको परिवेश रहनेछ । स्वास्थ्य पनि सबल रहला । मित्रजनको सहयोगले पराक्रम र उत्साह बढ्ने योग छ । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ ।

कन्या – दौडधुप वृद्धि भएपनि चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने प्रयास गर्नुहोला । मौकाको फाइदा लिन सकिनेछ । शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ । मुद्दा-मामिलामा विजयी भइएला । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने देखिन्छ । पढाइलेखाइमा प्रगति होला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । मान महत्व बढ्नेछ । आफन्तजनको साथ प्राप्त हुनेछ ।

तुला – दिन शुभदायी छ । विशिष्टजनको सहयोग तथा ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आर्थिक लाभ प्राप्त होला । सहयोगीहरूले साथ दिनेछन् । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने समय छ । सन्तान वा अनुयायीले प्रशन्नता दिलाउनेछन् । आरोग्यबल बढ्नेछ । साहसिक काममा आकर्षण बढ्नेछ । कार्य व्यापारमा सफलता प्राप्त होला ।

वृश्चिक – दिन मिश्रित फलदायी रहला । बाध्यतापूर्ण कामको बोझ थपिन सक्छ । केही विवादमा समेत परिने योग भएकाले व्यवहारमा सचेत रहनुहोला । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । रोकिएका काम सम्पादनका लागि विशेष प्रयत्न गर्नुपर्नेछ । कसैसंग विवाद तथा सामान्य झगडा पनि हुन सक्छ । सवारी साधनको प्रयोगमा अपनाइएको सचेतनाका कारण चोटपटकबाट जोगिने योग छ । आरोग्यता रहनेछ ।

धनु – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । महत्वाकांक्षी योजना फलीभूत होलान् । कतै लामो दूरीको लाभदायी यात्रा गर्नु छ भने आज राम्रो हुन्छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । काममा मातापिताको सहयोग प्राप्त होला । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – केही व्यस्तता बढ्नेछ तर दिन उत्साहपूर्ण रहला । सुखद समाचार सुन्न पाइनेछ भने स्वास्थ्य पनि सबल रहनेछ । व्यावसायिक काममा विशेष फाइदाको योग छ । परिश्रमको राम्रो प्रतिफल प्राप्त होला । आफूभन्दा वरिष्ठ व्यक्तित्वका साथै मित्रजनसँगको सम्बन्ध थप सुमधुर बन्ने योग छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ – पढाइलेखाइमा प्रगति र प्रतिभाको कदर हुने समय छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य वृतथा आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मीन – स्वास्थ्य केही प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ । परिस्थितिले अप्ठ्यारो सिर्जना गर्न सक्छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका जुर्ला । आर्थिक पक्ष सबल छ । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ । साझेदारीको काम बन्नेछ । सुख विलासमा मन जाला ।