✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ भाद्र १० गते तद्अनुसार सन् २०२४ अगस्त २६ तारिख सोमबार भाद्र कृष्ण पक्षको सप्तमी तिथि कृतिका नक्षत्र व्याघात योग बालब करण आनन्दादियोगमा स्थिर योग चन्द्रमा वृष राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४० मा भयो र सूर्यास्त साँझ १८ः२९ मा हुनेछ । अष्टमी व्रत । श्री कृष्णाष्टमी व्रत । मोहरात्रि । गौरापर्व ।
आजको राशिफल
मेष – दिन सहजताका साथ गुजार्ने प्रयत्नका बाबजुद आज केही विपरीतका नतिजा देखापर्न सक्छन् । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्ने योग छ । विलासितामा खर्च बढ्नेछ भने स्वासथ्य पनि खासै सबल नरहला । कर्मचारी वर्गका लागि जोगिएर काम गर्नुपर्ने समय छ । पतिपत्नीबीच असमझदारी बढ्नसक्छ, संयम व्यवहार गर्नु हितकर होला । प्रतिकुलतामा मित्रजनको साथ/सहयोग रहने देखिन्छ ।
वृष – शुभदायी एमव् व्यापार-व्यवसायमा लगानी बढाउने समय छ । परिवार तथा साथीभाइको सहयोग अपेक्षा गरेभन्दा बढी नै प्राप्त हुनसक्छ । धनलाभको पनि योग छ । जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग रहेपनि आत्तिइहाल्नुपर्ने छैन । आफन्त तथा परिवारजनमा आत्मीयभाव बढ्नेछ । रसरागको भाव जागृत हुनेछ । यात्रापरक काम बन्नेछ ।
मिथुन – ब्यस्तता बढेपनि लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । नसोचेको ठाउँबाट धन प्राप्त भइ मन प्रशन्न रहला । अध्ययन तथा अध्यापन कार्यमा पनि कैही प्रगति नै हुने देखिन्छ । ब्यापारबाट राम्रै धनलाभ हुने दिन परेको छ । भौतिक साधनहरू जुट्नेछन् भने कृषिउपज तथा पशुधनबाट फाइदा मिल्नेछ । नयाँ उद्योग वा विशेष काम सुरु गर्न सकिनेछ । शुभचिन्तकहरूबाट राम्रै सुझाव मिल्नेछ ।
कर्कट – नोकरीमा पदोन्नति र पढाइलेखाइमा पनि प्रगतिको समय छ । रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । तपाईंका कामको प्रशंसा हुनेछ भने परिणाम पनि सकारात्मक हासिल हुनेछन् । पठनपाठनमा उन्नति हुनेछ । सन्तान वा अनुयायीले पनि प्रशन्नता दिलाउनेछन् । तथापि, अचल सम्पतिको मामलामा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ, सजग रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – आजको दिन महत्वपूर्ण कार्यमा बाधा पर्ने तथा खर्च पनि केही बढ्नसक्ने देखिन्छ । सजगता अपनाइ काम गर्न नसक्दा प्रतिस्पर्धीहरूले ठाउँ ओगट्न सक्छन् । स्वास्थ्यगत समस्याबाट जोगिन सतर्कतापूर्ण व्यवहारको खाँचो छ । खानपानमा ध्यान दिनु उचित हुनेछ । सामान्य खर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउन सक्छ । प्रतिकुलताका बाबजुद विपरीतलिंगीप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ योग छ ।
कन्या – दिन केही चुनौतीयुक्त रहला । सामान्य अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने देखिन्छ । हातमा आएका केही अवसर गुम्न सक्छन्, होसियार रहनुहोला । चोटपटकको योग रहेकोले हातहतियारको प्रयोग एवम् सवारीसाधन सञ्चालनमा सावधानी अपनाउनु हितकर हुनेछ । पारिवारिक सम्बन्ध अलिक कमजोर रहेपनि आर्थिक समस्या समाधान हुनेछ ।
तुला – समय अनुकुल छ । रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन् । कृषिकर्म तथा पशुधनबाट राम्रै लाभ मिल्नेछ । तर, नकारात्मक प्रवृत्तिका व्यक्तिको विश्वासमा पर्नाले काममा धोका पाइने योग छ । तपईंकै सामान्य कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ, ध्यान राख्नुहोला । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउने देखिन्छ ।
वृश्चिक – शुभदायी समय छ । तपाईंको प्रतिभाको उच्च मूल्यांकन हुनेछ भने नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने देखिन्छ । समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्न सक्छ, सचेत रहनुहोला । मान-सम्मानमा चोट पुग्ने सम्भावनाप्रति सचेत रही व्यवहार गर्नु हितकर हुनेछ । रोकिएका काम बनी नयाँ काम सुरु हुने र व्यापारबाट पनि फाइदा मिल्ने योग छ । आरोग्यता रहनेछ ।
धनु – स्थायी सम्पत्तिका विषयमा केही विवाद आउनसक्ने समय छ । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइएला । धार्मिक काममा बाधा सृजना होला । जीवनसाथीको समस्याले चिन्ता बढाउन सक्छ, सजग रहनुहोस् । परिवारजनमा केही असमझदारी बढ्न सक्छ । तथापि, साहस वृद्धि हुनेछ भने मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । बौद्धिक तथा रचनात्मक कार्य फलदायी रहनेछ ।
मकर – मानसम्मानका साथमा आम्दानी बढ्ने समय छ । राष्ट्रियस्तरको मानसम्मान प्राप्तिको सम्भावना छ । जीवनसाथीको सहयोगले थप लाभ र आनन्द दिलाउला । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनुका साथै मंगलमय काम सम्पादन हुने योग छ । काममा आफन्तको सहयोग जुट्नेछ । प्रेमभाव बढ्नेछ ।
कुम्भ – प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिने समय छ । परिवारजनको सहयोग र सुखद समाचारले काममा उत्साह जगाउनेछ । उत्साहवर्द्धक समाचार सुन्न पाइनेछ भने प्रेम र मित्रताको बन्धन कसिएला । प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ, तर सबल स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनु हितकर हुनेछ ।
मीन – प्रेम र मित्रताको बन्धन कसिने समय छ । दाम्पत्य सम्बन्ध सुमधुर रहला । अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई फाइदाको दिन रहेको छ । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् भने स्थायी सम्पत्ति बढाउन सकिने योग छ । टाढाको यात्राबाट धनलाभ होला । व्यापार-व्यवसायमा राम्रै फाइदा हुने देखिन्छ । मित्रजनको सहयाोग प्राप्त हुनेछ । सुख विलास पनि बढ्नेछ ।
प्रतिक्रिया