✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ भाद्र १३ गते तद्अनुसार सन् २०२४ अगस्त २९ तारिख बिहीबार भाद्र कृष्ण पक्षको एकादशी तिथि आर्द्रा नक्षत्र सिद्ध योग बब करण आनन्दादिमा काण योग चन्द्रमा मिथुन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४२ मा भयो र सूर्यास्त साँझ १८ः२६ मा हुनेछ । स्मार्तहरुको अजा एकादशी व्रत ।
आजको राशिफल
मेष – बिस्तारै कामका बाधाहरू हट्नेछन् । साथीभाइले काममा सहयोग जुटाउने छन् भने नसोचेको ठाउबाट धन प्राप्त हुने योग छ । मित्रजनको सहयोग मिल्नेछ, परिवारजनको साथले नयाँ आशा पलाउनेछ । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ ।
वृष – सानातिना घरेलु काममै अल्झनुपर्ने समय छ । मुख्य काममा बाधा हुने देखिन्छ । भौतिक साधनको गडबडीले लक्ष्य प्राप्त गर्न कठिन तुल्याउन सक्छ । स्वास्थ्यमा पनि केही कमजोरी एवं कामको अवरोले मन खिन्न रहने देखिन्छ । विलासितामा धन खर्च हुने योग छ । पारिवारिक समस्याको समाधान होला ।
मिथुन – आज तपाईंलाई सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । तर, अर्थअभावले काम रोकिने सम्भावना छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्, सचेत रहनुहोलाा । पुराना साथीभाइ टाढिए पनि नयाँ मित्रता गाँसिने योग छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । साझेदारीमा राम्रो फाइदा हुनुका साथै आयआर्जनका स्रोत बढ्नेछन् । आमाको माध्यमबाट काम बनाउन सकिनेछ भने नसोचेको ठाउँबाट धन आर्जन हुने देखिन्छ । तथापि, काम र पदको आशा देखाउनेहरूले फसाउन सक्छन्, सजग रहनुहोला । दिगो आम्दानी हुने काम सुरु हुने योग छ । आरोग्यता रहला ।
सिंह – कीर्तिमानी काम गर्दै धेरैलाई प्रभावित बनाउन सकिने दिन छ । श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ । तर, बाध्यताले अप्ठ्यारोमा पार्न सक्ने तथा सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना रहेकोले अत्यन्त सजग भइ काममा अघि बढ्नुहोला । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ । आजको दिन सबल स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनुपर्नेछ । रसरागको कार्यक्रममा आकर्षण बढ्नेछ ।
कन्या – मिश्रित फलदायी समय छ । आज केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ । स्वास्थ्यसम्बन्धी समस्याले पनि सताउन सक्छ । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने योग छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । सवारीसाधनको प्रयोगमा आज विशेष सावधानी अपनाउनु हितकर हुनेछ । समस्याको समाधान मिल्नेछ ।
तुला – कर्मबल वृद्धि भएपनि आजको दिन व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । दिगो फाइदा हुने काम शुभारम्भ गर्ने मौका आउला, तर सहयोगीहरूले धोका दिन सक्छन् । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि सोचविचार गर्नु उचित हुनेछ । सेवामूलक कामले प्रतिष्ठा दिलाउने योग छ ।
वृश्चिक – भाग्यबल बढ्नेछ । रोकिएको काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुन सक्छ । आज आयआर्जन पनि राम्रै हुने देखिन्छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हेला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा विशेष ध्यान राख्नु हितकर हुनेछ ।
धनु – दौडधुप केही बढ्ने समय छ । अरुले झमेला निम्त्याए पनि हिम्मतले काम बनाउन सकिएला । गुमेको प्रतिष्ठा तपाईंको लगनशीलताले पुनः फर्काउन सक्छ । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन, तर पनि वित्तादि लाभ हुने देखिन्छ । कृषिकर्म वा व्यवसायमा केही समस्या देखिए पनि धन आर्जन गर्ने मौका जुर्ला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर – समय केही चुनौतीयुक्त रहने देखिन्छ । आज कुनै अवसर प्राप्त भए पनि खुट्टा तान्नेहरूको फन्दामा परिने सम्भावना छ । गोपनीयतामा विशेष ध्यान पुऱ्याउनु उचित होला । स्वास्थ्य केही कमजोर रहनाले काम सम्पादन गर्न मुस्किल पर्नसक्छ । छरछिमेकमा विवाद वा झैझगडाको योग रहेकोले बोली र व्यवहारमा सजगता अपनाउनुहोला ।
कुम्भ – मिश्रित फलदायी समय छ । परिवारजनमा असमझदारी बढ्नाले काममा बाधा पुग्ने सम्भावना छ । महत्वपूर्ण काममा आफ्नै कमजोरीले ढिलासुस्ती हुने देखिन्छ । व्यापारमा भने राम्रै फाइदा हुने योग छ । काम बिग्रने डरले सताउनसक्छ तर परिवारजनका आवश्यकता पूरा गर्न सकिनेछ । मानसम्मानमा पनि ठेस पुग्ने सम्भावना छ, सजगताका साथ व्यवहार गर्नु उचित होला ।
मीन – दिन सुखद् र शुभदायी देखिन्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइएला । आफन्तहरूको सञ्जालबाट फाइदा लिन सकिनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । सजिलै काम बन्नाले उत्साह जाग्नेछ । प्रेमभाव वृद्धि हुनेछ । आरोग्यता रहनेछ ।
प्रतिक्रिया