आजको पञ्चाङ्ग एवम् राशिफल (१४ भदौ २०८१ शुक्रबार, ३० अगस्त २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१४ भदौ २०८१ शुक्रबार, ३० अगस्त २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ भाद्र १४ गते तद्अनुसार सन् २०२४ अगस्त ३० तारिख शुक्रबार भाद्र कृष्ण पक्षको द्वादशी तिथि पुनर्वसु नक्षत्र व्यतिपात योग कौलव करण आनन्दादिमा लुम्ब योग चन्द्रमा मिथुन राशीमा १४ः१५ बजेसम्म त्यसपछि कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४२ मा भयो र सूर्यास्त साँझ १८ः२५ मा हुनेछ । वैष्णवहरुको अजा एकादशी व्रत ।

आजको राशिफल

मेष – आजको दिन सहयोगीहरूले साथ दिनाले काममा सोचेजस्तै सफलता मिल्ने देखिन्छ । व्यवहारबाट नयाँ ज्ञान प्राप्त होला । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्ने योग छ । इर्ष्या गर्नेहरूले काममा अवरोध पुऱ्याउने चेष्टा गर्न सक्छन्, सावधान रहनुहोला । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । चुनौती चिर्दै काम सम्पादन गर्न सकिनेछ । रोकिएको काममा सफलता मिल्नेछ ।

वृष – आजको दिन सुखद् एवम् उदास दुवै प्रकारका परिस्थितिबाट गुज्रनुपर्ने देखिन्छ । परोपकार र धार्मिक क्षेत्रमा श्रम–शक्ति लगानी गर्नु हितकर होला । रोकिएका काम सम्पादन हुनेछन् । कसैसँग सामान्य विवाद तथा झगडा नै पनि हुनसक्ने येग छ, सजग रही व्यवहार गर्नुहोला । सवारी साधनको प्रयोगमा अपनाएको सचेतनाका कारण चोटपटकबाट जोगिनुहुनेछ । बौद्धिक क्षेत्रको कार्यमा यात्राको सम्भावना छ । मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना रहेकोले त्यसलाई टार्ने प्रयत्न गर्नु उचित हुनेछ ।

मिथुन – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । कतै लामो दूरीको लाभदायी यात्रा गर्नुछ भने उचित समय छ । अधिकार तथा सफलता प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानी गर्न सक्ने छैनन् । पहिलेको सम्झौताले भने अप्ठ्यारो पार्न सक्छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट – समय खासै बलियो नभएपनि तपाईंका उद्यम तथा परिश्रमको राम्रै प्रतिफल प्राप्त हुनेछ । आफूभन्दा वरिष्ठ व्यक्तित्वहरूका साथमा सुमधुर सम्बन्ध रहनेछ । बन्दव्यापारबाट फाइदा पुग्नेछ । आर्थिक पक्ष सबल नै छ, तर गरगहना, कपडा वा धातुको कुनै बस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु हितकर हुनेछ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुने योग छ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । चुनौती र अप्ठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र, त्यसबाट दीर्घकालिक फाइदा पुग्ने देखिन्छ । पुरानो गतिले काम बिग्रन सक्छ । विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – नयाँ काम र जिम्मेवारी हात पार्ने समय छ । पढाइलेखाइमा पनि राम्रै प्रगति होला । आर्थिक पक्ष सबल छ, तर स्वास्थ्यगतरूपले सामान्य समस्या देखापर्न सक्छ । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र, तिनको आवागमनमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ । समयको गतिलाई पछ्याउन प्रयत्न गर्नु हितकर होला ।

तुला – मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन-अध्यापनको क्षेत्रमा प्रगतिको खबर मिल्नेछ । सानातिना काममै आजको समय ब्यतीत भएपनि लाभ नै मिल्ने योग छ । अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन् । प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ । मित्रजनको साथ रहनेछ । कर्मबल वृद्धि हुनेछ ।

वृश्चिक – मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ, तर आजको दिन आर्थिक पक्ष सुदृढ रहने देखिन्छ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । आज गरिने यात्राचाहिँ सोचेजस्तो रमाइलो नहुन सक्छ, अनावश्यक यात्रा नगर्नु नै उचित हुनेछ । सबल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण गर्नुहोला । योजना र बजेट बनाएरमात्र खर्च गर्नु हितकर हुनेछ ।

धनु – पारिवारिक सहयोग प्राप्त हुने समय छ । दैनन्दिन कर्ममा मन रमाउला । दुर्गम स्थान वा अलिक परको यात्रा हुने सम्भावना छ, तर अनावश्यक यात्राबाट जोगिनु उचित हुनेछ । मनोरञ्जनपूर्ण समय रहेको छ, तथापि व्यवसायको चापले गर्दा प्रेमी/प्रेमिकासँग र, दाम्पत्य सम्बन्धमा पनि सामान्य चिसोपन देखिन सक्छ । मिठो भोजन प्राप्त हुनेछ । रचनात्मक कार्य बन्नेछ ।

मकर – आजको दिन बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोली र व्यवहारलाई नियन्त्रणमा राख्नुहोला । नचिताएको स्थानबाट धनागमनको सम्भावना छ । शरीर फूर्तिलो भएको महसुस होला । परिणाममुखी काममा लगानीको समय छ । कल्पना र भावनामा केन्दित भइएला । विरोधिजन कमजोर सावित हुनेछन् । व्यस्तता बढ्नेछ ।

कुम्भ – पारिवारिक वातावरण तपाईंको अनुकूल नरहेपनि आजको दिन शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहला । काममा पनि फाइदाको योग छ । पराक्रम बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । मित्रजनसँगको सामिप्यले मन रमाउनेछ । साहस वृद्धि हुनेछ ।

मीन – बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्यले काम लिने समय छ । जीवनसाथी, सन्तति वा विपरीतलिङ्गी साथीसँग सम्बन्ध आत्मीय बन्ने देखिन्छ । प्रेमभाव वृद्धि हुनेछ । मिठो भोजन प्राप्त होला । आरोग्यता रहनेछ ।