ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वरिष्ठ ऊर्जाविज्ञमा प्रवल अधिकारीलाई नियुक्त गरिएको छ ।
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१ भदौ १३ को निर्णयबाट ऊर्जा क्षेत्रका ज्ञाता काभ्रेपलाञ्चोक रोशी गाउँपालिका-९ का अधिकारीलाई वरिष्ठ ऊर्जाविज्ञमा नियुक्त गरिएको हो ।
इलेक्ट्रिकल इन्जिनियरिङ स्नातकोत्तर हासिल गरी नेपाल विद्युत् प्राधिकरणको उपकार्यकारी निर्देशक पदबाट निवृत्त भएका अधिकारी झन्डै तीन दशकदेखि नेपालको ऊर्जा क्षेत्रको विकासमा क्रियाशील रहेका पात्र हुन् ।
विशेषतः ऊर्जा व्यापार, अन्तरदेशीय विद्युत् प्रसारण तथा ऊर्जा नीतिका ज्ञाता मानिने नवनियुक्त ऊर्जाविज्ञ अधिकारीले शुक्रबार (१४ भदौ) मन्त्रालयमा पदभार ग्रहण गरेका छन् ।
प्रतिक्रिया