आजको पञ्चाङ्ग एवम् राशिफल (१५ भदौ २०८१ शनिबार, ३१ अगस्त २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१५ भदौ २०८१ शनिबार, ३१ अगस्त २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं.२०८१ भाद्र १५ गते तद्अनुसार सन् २०२४ अगस्त ३१ तारिख शनिबार भाद्र कृष्ण पक्षको त्रयोदशी तिथि तिष्य नक्षत्र वरियान योग गर करण आनन्दादिमा मित्र योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५:४२ मा भयो र सूर्यास्त साँझ १८ः२४ मा हुनेछ । शनिप्रदोषव्रत ।

आजको राशिफल

मेष – दिगो फाइदाका लागि लगानी बढाउन अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ भने भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । आयआर्जनका स्रोत बढ्ने । अचल सम्पत्तिको उपयोगका साथै कृषि तथा पशुधनबाट पनि लाभ मिल्नेछ । आमोदप्रमोदमा रम्ने योग छ ।

वृष – आँटेको काम जस्तोसुकै कठिन भएपनि सफलता मिल्नसक्ने समय भएपनि आजको दिन दोधारमा मन अल्झिन सक्छ । व्यवसायमा लगानी र खर्चको मात्रा बढ्ला । आफ्नै कमजोरीले विवादमा परिने योग छ, व्यवहारमा सरलता अपनाउनु हितकर हुनेछ । अरुबाट आलोचना हुने, काममा बाधा आउने, धनमाल हराउने सम्भावना रहेको छ । सामान्य प्रतिकुलताका बाबजुद तपाईंको प्रतिभाको उच्च मूल्यांकन हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन – अध्ययनमा मन नलागे पनि नियमित कार्यमा जाँगर चल्ने दिन छ । आत्मविश्वास बढ्नेछ भने रोकिएका काम बिस्तारै बन्नेछन् । स्वादिष्ट भोजनमा मन रमाउनेछ । महत्वपूर्ण योजना अधुरै रहनसक्छ, हातलागिसकेको अवसर गुम्नसक्ने योग छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना रहेकोले सजग रहनुहोला । जीवनसाथीको समस्याले सामान्य चिन्ता बढाउने देखिन्छ । शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट – नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिने देखिन्छ । व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । मानसम्मानका साथ आम्दानी पनि बढ्ने समय छ । भेटघाटको अलमलले नोक्सान पुऱ्याउन सक्छ, ध्यान दिनुहोला । आरोग्यता रहनेछ ।

सिंह – नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा होला । प्रेमजीवनमा उत्साह छाउला । सबल स्वास्थ्यका लागि खानपानमा विशेष ध्यान दिनु जरुरी छ । उत्साहवर्द्धधक समाचार सुन्न पाइनेछ । मित्रताको बन्धन कसिने योग छ । रसरागमा आकर्षण बढ्नेछ । प्रतिस्पर्धीलाई सजिलै हराउन सकिएला । पारिवारिक सुखशान्ति मिल्नेछ ।

कन्या – कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने देखिन्छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ भने धनार्जनको योग छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि वृद्धि होला । परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन् । स्थायी सम्पत्ति बढाउन सकिनेछ । दाम्पत्य सम्बन्ध सुमधुर रहनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । आफन्तजन सहयोगी बनेर देखापर्नेछन् । रसराग, खेलकुद र भ्रमणादिमा आकर्षण बढ्ने समय छ ।

तुला – कर्मबल वृद्धि हुनेछ । धैर्यसाथ निरन्तरको प्रयत्नले लाभ मिल्ने समय छ । बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ भने आजको दिन पारिवारिक जमघटमा मन रमाउला । व्यापार-व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने विलासितामा खर्च बढ्ने देखिन्छ । उच्च महत्वाकांक्षाले केही नोक्सानीसमेत निम्त्याउन सक्छ, ध्यान राख्नुहोला । स्वास्थ्यप्रति विशेष सजग रहनु हितकर हुनेछ ।

वृश्चिक – गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिस्पर्धामा केही कमजोर सावित भइएला, तर समयको गतिलाई पछ्याउने प्रयत्न निरन्तर गरिरहनु उचित हुनेछ । आफन्तजनमा चिसोपन बढ्ने योग भएकोले व्यवहारमा सरलताको दरकार छ । वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिनेछ । मिठो भोजन प्राप्ति र सुख वृद्धि हुने देखिन्छ । आरोग्यता रहनेछ । प्रतिष्पर्धी परास्त हुनेछन् ।

धनु – लगनशीलताले राम्रै उपलब्धि दिलाउने दिन छ । समय लागे पनि महत्वपूर्ण काम सम्पादन हुनेछन् । काममा परिवारजनको सहयोग लिँदा राम्रै हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुने समय छ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । नसोचेको ठाउँबाट धन प्राप्त भइ मन प्रशन्न रहने योग छ ।

मकर – आजको दिन कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ, विवेकले काम लिने प्रयत्न गर्नुहोला । विचारलाई तौलेरमात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ । काममा स्थानान्तरण हुन सक्छ । यात्रागत कार्यमा सफलता मिल्नेछ । लाभ हुने काम प्रारम्भ हुनसक्छ । साझेदारीमा पनि लाभकै योग छ । प्रेमभाव बढ्नेछ । मिठो भोजन प्राप्त होला । यात्रामा सफलता प्राप्त हुनेछ ।

कुम्भ – नयाँ काम पाइनेछ तर आलस्यले गर्दा अवसर गुम्न सक्छ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला । अति आवश्यक अवस्थामा बाहेक आजको दिन आर्थिक कारोबार नगर्नु नै उचित हुनेछ । नोकरीमा पदोन्नति र स्थानान्तरणको सम्भावना छ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग छ ।

मीन – तत्काललाई ठूलो फाइदा नउठे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । तर, अरूको भरपर्दा केही काम बिग्रन सक्छ, सजग रहनुहोला । हिम्मत गर्न नसक्दा महत्वपूर्ण कार्य रोकिने सम्भावना छ । प्रेमभाव वृद्धि हुनेछ । आरोग्यता रहनेछ । मित्र एवम् आफन्तको साथ मिल्नेछ ।