आजको पञ्चाङ्ग एवम् राशिफल (१६ भदौ २०८१ आइतबार, १ सेप्टेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (१६ भदौ २०८१ आइतबार, १ सेप्टेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ भाद्र १६ गते तद्अनुसार सन् २०२४ सेप्टेम्बर १ तारिख आइतबार भाद्र कृष्ण पक्षको चतुर्दशी तिथि अश्लेषा नक्षत्र परिघ योग भद्रा करण आनन्दादिमा वज्र योग चन्द्रमा कर्कट राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४३ मा भयो र सूर्यास्त साँझ १८ः२२ मा हुनेछ ।

आजको राशिफल

मेष – आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्नसक्ने समय छ । स्वास्थ्य सबल बन्नेछ भने विभिन्न अवसरले पछ्याउन सक्छन् । तर, गलत व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका मिल्न सक्छ । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुनेछन् । प्रेमभाव बढ्नेछ ।

वृष – पराक्रम बढ्नेछ । रोकिएका काम बनी नयाँ काम सुरु हुने समय छ । व्यापारमा पनि फाइदा नै होला । बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइने र शत्रु परास्त हुने योग छ । समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्न सक्छ, सजग रहनुहोला । मान-सम्मान जोगाइराख्न विशेष सजगताको खाँचो छ, ध्यान राख्नुहोला । आरोग्यता रहनेछ । बढ्नेछ । यात्रापरक काम बन्नेछ ।

मिथुन – मिश्रित फलदायी समय छ । अन्धविश्वासको भरमा काम गर्नाले दुःख पाइएला । सामाजिक तथा धार्मिक काममा बाधा सृजना हुनसक्छ सजक रहनुहोला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ । राजनीतिक पहुँच बढ्नेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । शत्रुपक्ष कमजोर सावित हुनेछ ।

कर्कट – कर्मबल बढ्नेछ भने काममा आफन्तको सहयोग जुट्न सक्छ । राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुनसक्ने योग छ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट भइ मंगलमय काम सम्पादन हुने देखिन्छ । स्वास्थ्यसम्बन्धी सामान्य समस्याले सताउन सक्छ । तथापि, आम्दानी बढ्नाले उत्साह थपिएला । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ, सजगताका साथ व्यवहार गर्नु हितकर हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – परिवारजनको सहयोग मिल्नुका साथै सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिने समय छ । आत्मीयजनसँग फलदायी भेटघाट होला । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुने योग छ । सबल स्वास्थ्यका लागि खानपानमा विशेष सजग रहनुहोला । रसरागको क्रियाकलापमा आकर्षण बढ्नेछ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या – आजको दिन व्यापार-व्यवसायमा राम्रै फाइदा होला । टाढाको यात्राबाट धनलाभ हुनसक्छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त हुनेछ भने भूमिबाट फाइदा मिल्ने देखिन्छ । अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई सफलता मिल्ने समय छ । साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले अप्ठ्यारा काम पनि सहजै सम्पादन हुनेछन् । आयबल बढ्नेछ ।

तुला – दिन केही चुनौतीयुक्त रहने देखिन्छ । चिताएको काममा ढिलासुस्ती होला । सरकारी निकायबाट कडिकडाउको सिकार भइएला । दण्ड-जरिवानाको पनि सम्भावना रहेकोले विधि-व्यवहारमा सजगता अपनाउनुहोला । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ । अस्वस्थताले राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । मातृ स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति पनि चिन्ता बढ्न सक्छ ।

वृश्चिक – व्यापार-व्यवसायमा लगानी बढाउने समय छ । आफन्त एवम् मित्रजनप्रति आत्मीयभाव बढ्नेछ । जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ । व्यक्तिगत स्वास्थ्यमा पनि केही बाधा पर्नसक्ने देखिन्छ, सजग रहनुहोला । दाजुभाइ तथा दिदिबहिनीमा केही असमझदारी बढ्ने सम्भावना छ । समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला । मिठो भोजन प्राप्त गर्नुहुनेछ । बौद्धिक तथा रचनात्मक कार्यमा सफलता मिल्नेछ ।

धनु – दौडधुप बढेपनि लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । ब्यापारबाट राम्रै धनलाभ हुने देखिन्छ । भौतिक साधनहरू जुट्नेछन् भने नयाँ उद्योग वा विशेष काम सुरु गर्ने अवसर मिल्न सक्छ । राजनीतिक पहुँच बढ्नेछ । आर्थिक समस्या पनि समाधान हुनेछ । शत्रुहरूलाई परास्त गर्न सकिनेछ । खर्च नियन्त्रणका लागि सावधानीपूर्वक प्रयत्न गर्नु हितकर होला । बौद्धिक र रचनात्मक काम बन्नेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – पठनपाठनमा राम्रो उन्नति हुने समय छ । सन्तान वा अनुयायीले पनि प्रशन्नता दिलाउनेछन् । फलदायी यात्राको सम्भावना रहेको छ । तर घर–जग्गासम्बन्धी मामलामा बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ, सजग रहनुहोला । प्रेमभाव वृद्धि र दाम्पत्यसुख बढ्नेछ । रसरागमा आकर्षण रहनेछ । नियमकानूनले साथ दिनेछ भने दायित्वलाई पूरा गर्नुहुनेछ ।

कुम्भ – आजको परिस्थिति अलिक चुनौतीयुक्त रहने देखिन्छ । काममा बाधा हुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । साथै पुरानो रोगले दुःख दिन सक्छ । खर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । घर-जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । विवेक लगाएर कर्म तथा व्यवहार गर्नु हितकर सावित होला ।

मीन – आजको दिन सवारीसाधन वा हातहतियार उपयोग गर्दा विशेष सावधानी अपनाउनु उचित होला । आर्थिक समस्या आइपर्ने तर त्यसको समाधान पनि मिल्ने देखिन्छ । पारिवारिक सम्बन्ध अलि कमजोर बन्न सक्ने समय छ । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । आफन्तको साथ मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काममा ज्यादा सफलता मिल्ने योग छ ।