युनिक डिजाइन, पावरफुल स्पेसिफिकेसन र परफरमेन्स सेन्ट्रीक इन्जिनियरिङ गरिएको प्रिमियम स्मार्टफोन ब्राण्ड नथिङले आफ्नो पहिलो स्मार्टफोन लन्च गरेको दुई वर्षमै विश्व बजारमा हलचल मच्चाउन सफल भएको छ । सन् २०२२ मा पहिलो स्मार्टफोन नथिङ फोन वान लन्च गरेको नथिङले सन् २०२४ को पहिलो चौमासिक सम्म आइपुग्दा ६९३ प्रतिशतको वार्षिक वृद्धि हासिल गर्न सफल भएको हो ।
यो अप्रत्यासित वृद्धिदर हासिल हुनमा यसले विश्व बजारमा ल्याएको मिडरेन्ज स्मार्टफोन नथिङ फोन टु ए को मुख्य भूमिका रहेको मार्केट रिसर्च फर्म क्यानालिसले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । स्मार्ट फोन डिजाइन निक्कै बोरिङ भए यसलाई नयाँ डिजाइन ल्याङ्ग्वेजमा नयाँ तरिकाले रिडिजाइन गरिन आवश्यक छ भन्दै नथिङका संस्थापक कार्ल पेईले आफ्नो पहिलो स्मार्टफोन फोन वान लाई प्रिमियम लुक्स र डिजाइनमा विश्व बजारमा सन् २०२२ मा उतारेका थिए ।
आम उपभोक्ताले यसलाई अत्याधिक रुचाए । यो विश्व बजारको तत्कालिन फ्ल्यागसिप किलर बन्न सफल भयो । जसको दोश्रो संस्कर फोन टु प्रति उपभोक्ताको उस्तै उत्साहजनक प्रतिक्रिया रह्यो । जसले उत्साहित भएको नथिङले उही डिजाइन ल्याङ्ग्वेज र उही प्रिमियमनेसमा अझ एफोर्डेबल बनाउँदै नथिङ् फोन टु ए विश्व बजारमा उतारेपछी नथिङ ठूला स्मार्टफोन उत्पादकलाई नथिङ् ठूलो चुनौती बन्ने देखिएको हो । भारत जस्तो मूल्यमा ज्यादै संवेदनशिल बजारमा नथिङ् फोन २ ए एकैदिनमा एक लाख युनिट बिक्री गरेर रेकर्ड कायम गर्न सफल भयो ।
यता नेपाली बजारमा चौधरी समूह अन्तर्गतको सिजी मोबाइलले नथिङ नेपाली बजारमा दुई महिना अगाडि आधिकारिक रुपमा लन्च गरेको हो । चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीको प्रतक्ष्य संलग्नतामा नथिङ नेपाली बजारमा भित्रिएकोले यो ब्राण्डप्रति चौधरी समूहको लगाव र संभाब्यता बोकेको ब्राण्ड भएको प्रष्टै देखिन्छ ।
‘अन्तर्राष्ट्रिय बजारमा नथिङले जुन रफ्तारमा आफूलाई अगाडि बढाउन सफल भएको छ त्यही लयमा नेपाली बजारमा नथिङलाई अगाडि बढाउन हामी अग्रसर भईसकेका छौं’, सिजी मोबाइलका महाप्रबन्धक विनय जोशी भन्छन्, ‘नथिङ एकातर्फ प्रिमियम ब्राण्ड हो भने अर्कातर्फ यो ज्यादै उपभोक्तामूखी छ । जसको उदाहरणको रुपमा यसको रिप्लेसमेन्ट पोलिसीलाई लिन सकिन्छ । वारेन्टीमा आएको समस्या होस् या फिजिकल ड्यामेज नथिङका स्मार्टफोन ग्राहकले रिप्लेसमेन्टमा नयाँ सेट पाउँछन् ।’
नथिङले स्मार्टफोनमा मात्र नभएर बड्मा समेत ७६९ प्रतिशतको वृद्धि हासिल गरेको हो । टाढैबाट डिजाईनमा अलग देखिने नथिङले आफ्नो दोश्रो ब्राण्ड सिएमएफ सन् २०२३ मा लन्च गरको थियो । प्रतिस्पर्धी बजारमा बढी उपभोक्ता माझ पुग्नका लागि प्रतिस्पर्धी मूल्यका स्मार्टफोन, बड्स् तथा स्मार्टवाच समेत सिएमएफले उत्पादन तथा विक्री वितरण गर्दै आएको छ ।
प्रतिक्रिया