✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं.२०८१ भाद्र १८ गते तद्अनुसार सन् २०२४ सेप्टेम्बर ३ तारिख मंगलबार भाद्र कृष्ण पक्षको अमावश्या तिथि ६ः२० पर भाद्र शुक्ल प्रतिपदा तिथि सिद्धि योग पूर्वाफाल्गुणी नक्षत्र किंस्तुघ्न करण आनन्दादिमा धूम्र योग चन्द्रमा सिंह राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४४ मा भयो र सूर्यास्त साँझ १८ः२० मा हुनेछ । स्नानदानका लागि औंसी ।
आजको राशिफल
मेष – आजको दिन एकपछि अर्को अवसर आउनाले मन प्रशन्न रहनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । व्यावसायिक काममा खर्च केही बढ्ने र अरूका काममा महत्वपूर्ण समय बित्न सक्ने योग छ । तथापि, सेवामूलक कामले प्रतिष्ठा दिलाउला । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि सोचविचार गर्नु हितकर होला । मित्रजनको सहयोग प्राप्त हुनेछ ।
वृष – दिन रमाइलै रहला । मनोरन्जनमा समय ब्यतीत हुने देखिन्छ । आज आयआर्जनको दृष्टिले पनि समय राम्रै छ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा विशेश ध्यान राख्नु उचित हुनेछ । उद्योग र व्यापारमा फाइदा हुनेछ भने प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने योग छ । सकारात्मक प्रतिफलका लागि यात्रा पनि हुन सक्छ । ब्यस्तता बढ्नेछ । परिवारिक सुख मिल्नेछ ।
मिथुन – दिन शुभदायी छ । ब्यापार ब्यवसायमा बिनाप्रतिस्पर्धा लाभ होला । वित्तादि लाभ हुने देखिन्छ । पढाइलेखाइमा भने खासै समय दिन नसकिएला । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, तथापि, प्रशस्त धन आर्जन गर्ने मौका जुर्ने योग छ । गरिँदै आएको काममा थप जाँगर पलाउनेछ । पराक्रम वृद्धि हुनेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त होला ।
कर्कट – चुनौती वृद्धि हुनसक्ने समय छ । स्वास्थ्य केही कमजोर रहन सक्छ, जसकारण कार्यसम्पादनमा नकारात्मक असर पर्ने देखिन्छ । समयमा काम पूरा नहुनाले महत्वपूर्ण अवसर गुम्न सक्छ । आज छरछिमेकमा विवाद वा झैझगडाको योग छ, सचेत भइ संयमपूर्ण व्यवहार गर्नु हितकर होला । श्रमको समुचित मूल्यांकन नहुने र आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ । रसरागमा भने आकर्षण बढ्ने देखिन्छ ।
सिंह – आजको दिन काम बिग्रने डरले सताए पनि व्यापार ब्यवसायमा राम्रै फाइदा हुने देखिन्छ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । अरुलाई बेसुरमा वचन दिनाले दुःख पाइनेछ, बोलीमा लगाम लगाउनु उचित हुनेछ । मानसम्मानमा ठेस पुग्नुबाट जोगिन विशेष सजगताको खाँचो छ । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्न सक्छ, ध्यान राख्नुहोला ।
कन्या – सजिलै काम बन्नाले उत्साह जागृत हुने दिन छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने अवसर जुर्ला । सानो प्रयत्नले ठूलो काम सम्पादन हुने योग छ । परोपकारजन्य क्रियाकलापमा मन जाला । चाहेमा मंगलमय कृत्य सम्पादन हुन सक्छ । महत्वपूर्ण कार्यमा साथीभाइको सहयोग प्राप्त हुनेछ ।
तुला – परिवारजनको साथले नयाँ आशा पलाउनेछ । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । महत्वाकांक्षी योजना गोप्य राख्नु हितकर होला । सामाजिक उत्तरदायित्व बहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुन सक्छन् । नयाँ काम वा जिम्मेवारी हातपर्न सक्छ । साहसिक काममा आकर्षण बढ्नेछ । धन सम्पदामा बढोत्तरी हुनेछ ।
वृश्चिक – आजको दिन सानातिना काममै अल्झनुपर्ला । मुख्य काममा बाधा हुने देखिन्छ । भौतिक साधनको गडबडीले लक्ष्यप्राप्तिमा व्यवधान पैदा गर्न सक्छ । स्वास्थ्य पनि केही कमजोर नै रहला, ध्यान राख्नुहोला । महत्वपूर्ण योजना आज थाती राख्नु हितकर हुनेछ । धेरै लगानीपछि कममात्र प्रतिफल मिल्ने योग छ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त होला ।
धनु – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने देखिन्छ । तर, समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । सहयोगीहरूले भने आज राम्रै साथ दिनेछन् । पठनपाठन कार्यमा प्रगति हुनेछ । कुनै महत्वपूर्ण कार्य गर्दै हुनुहुन्छ भने सफलता मिल्ने हो वा होइन भनी दोधारको अवस्था रहनसक्छ, तथापि कदम अघि बढाउनु उचित हुनेछ ।
मकर – आयआर्जनका स्रोत बढ्ने र साझेदारीमा राम्रै फाइदा हुने समय छ । लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ । आमाको माध्यमबाट काम बनाउन सकिएला । नसोचेको ठाउँबाट धन आर्जन हुने योग छ । तर असावधानीले खर्च बढाउन सक्छ । अरूका विषयमा चासो लिँदा विवादमा परिएला, सचेत रही व्यवहार गर्नु हितकर हुनेछ ।
कुम्भ – आजको दिन केही चुनौती बढ्नसक्ने देखिन्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । यात्राको प्रक्रिया अघि बढ्ने सम्भावना छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । स्वास्थ्यगत समस्याले सताउला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । नगरेका गल्तीको सजाय भोग्नुपर्ला, सचेत रहनुहोला ।
मीन – अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने समय छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । लेनदेनमा विवाद हुनसक्छ, सजग रहनुहोला । व्यवसायिक काममा पनि समस्या आउन सक्छ । सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला । पुरानो रोगले पनि सताउन सक्छ, ख्याल राख्नु उचित हुनेछ । समस्यामा आफन्तको साथ मिल्नेछ ।
प्रतिक्रिया