राष्ट्रिय वाणिज्य बैंकद्वारा विदेश जान चाहने विद्यार्थीका लागि शैक्षिक कर्जा योजना

राष्ट्रिय वाणिज्य बैंकद्वारा विदेश जान चाहने विद्यार्थीका लागि शैक्षिक कर्जा योजना


राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शैक्षिक कर्जा सार्वजनिक गरेको छ । बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरूका लागि नयाँ शैक्षिक कर्जाको योजना ल्याएको हो ।

राष्ट्रिय वाणिज्य बैंकको शैक्षिक कर्जा’अन्तर्गत विद्यार्थीहरूले रु. ५ लाखदेखि १ करोडसम्मको कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

यस योजनाअन्तर्गत पहिलो किस्ताको रकम सोझै कलेज वा अध्ययन गर्ने संस्थाको नाममा पठाउन सकिन्छ । बैंकले अध्ययनको सम्पूर्ण शैक्षिक खर्च तथा शुल्कको ८० प्रतिशतसम्म कर्जा लगानी गर्ने छ ।

साथै, थप जानकारीका लागि नजिकको राष्ट्रिय वाणिज्य बैंकको शाखामा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ ।