✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर बर्षा ऋतु वि.सं.२०८१ भाद्र २०.गते तद्अनुसार सन् २०२४ सेप्टेम्बर५ तारिख बिहीबार भाद्र शुक्लपक्ष द्वितीया तिथि १०ः०४ पर तृतीया तिथि हस्ता नक्षत्र शुभ योग तैतिल करण आनन्दादिमा राक्षस योग चन्द्रमा कन्या राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४५ मा भयो र सूर्यास्त साँझ १८ः१८ बजे हुनेछ । दर खाने दिन, मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस ।
आजको राशिफल
मेष – श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्ने समय छ । इर्ष्या गर्नेहरूले भने केही सास्ती दिन सक्छन् । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । निकट मित्रहरू सहयोगी बनेर देखापर्लान् । यात्रागत कार्य सााार्थक रहला । खेलकूदका क्रियाकलापमा आकर्षण रहनेछ । । आजको दिन सबल स्वास्थ्यका लागि खानपानमा नियन्त्रण राख्नु हितकर सावित हुनेछ ।
वृष – भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सरल जीवनशैलीले धेरैको मन लोभ्याउन सक्छ । प्रेमभाव बढ्नेछ । आयआर्जन राम्रै हुनेछ, तर आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ । सरसापटमा धन खर्च हुने योग छ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ, सजग रहनुहोला । परिवारिक सुखले उत्साह बढाउनेछ ।
मिथुन – व्यस्तता वृद्धि होला । एउटै कामबाट दोहोरो लाभ मिल्ने समय छ । तपाईंको प्रतिभाको कदर हुनेछ । बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ । दिगो आम्दानी हुने काम सुरु गर्ने अवसर जुर्ला । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । आजको दिन धार्मिक अनुष्ठान तथा मंगलमय कृत्य सम्पादन हुन सक्छन् । बौद्धिकता तथा रचनात्मकता बढ्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।
कर्कट – भाग्योन्नतिको समय छ । ब्यवसायमा प्रशस्तै लाभ हुने देखिन्छ । सहयोगीहरूले फाइदा दिलाउनेछन् । तर, हरेक कार्यमा अरूको भर पर्दा धोका हुन सक्छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिने समय छ । परिस्थितिअनुसार चल्ने प्रयत्न गर्नुहोला । मान्यजनसँग सामान्य असमझदारी बढ्न सक्छ, सचेत रहनुहोस । अध्ययन कार्यमा जाँगर चल्नेछ । मिठो भोजन प्राप्त हुनेछ । रसरागमा आकर्षण रहला ।
सिंह – केही अवसर जुटे पनि परिस्थिति अलिक संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । अवसर आए पनि मौकामा लाभ उठाउन नसकिने योग छ । ठूलै प्रयत्न गर्दा सामान्यमात्र फाइदा हुने देखिन्छ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । आजको दिन अरूको सुझावमा भर नपर्नु हितकर होला । कसैसंग सामान्य मनमुटाव र विवाद पनि हुन सक्छ, सचेत रही बोली र व्यवहार गर्नुहोला । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कन्या – आजको दिन प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस हुनेछ । महत्वपूर्ण कार्यमा परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिने र लगनशीलताले कीर्तिमानी दिलाउन सक्ने योग छ । आरोग्यता रहनेछ । आफन्तजन सहयोगी सावित हुनेछन् ।
तुला – आजको दिन फुर्सदिलो बनेको अनुभूति होला । कतै अतिथिका रूपमा सत्कार पाइने सम्भावना छ । प्रयत्न गर्दा घरेलु कामबाट पनि विशेष फाइदा मिल्ने दिन छ । रोकिएका काममा दोहोऱ्याएर गर्ने प्रयत्न गर्नु हितकर होला । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । धन सम्पदामा बढोत्तरी हुने योग छ ।
वृश्चिक – विशेष उपहार मिल्नुका साथै धनलाभ हुने समय छ । मान र विद्या प्राप्त होला । व्यावसाय विस्तारका लागि यात्राको गर्ने अवसर जुट्ने देखिन्छ । आजको दिन आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्ने योग पनि रहेकोले विशेष सजगताको खाँचो छ । बन्ने निश्चय भएको काम अचानक बिग्रन नदिन सचेतना अपनाउनु हितकर होला । सामर्थ्य वृद्धि हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।
धनु – न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ । नयाँ काममा हात हाल्न केही समय पर्खनु उचित होला । आजको दिन स्वास्थ्य कमजोर रहनाले जोशजाँगरमा कमी आउने देखिन्छ । पठनपाठनमा समय दिन नसकिएला । नचिताएको ठाउँमा धननाश हुने योग छ । रचनात्मक कार्य बन्नेछ । पारिवारिक सुख शान्ति रहला ।
मकर – भाग्यबल बढ्नेछ । कीर्तिमानी काम सम्पादन होला । केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ तर कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । शत्रुहरूको चलखेल बढ्नाले चुनौती सामना गर्नुपरे पनि नयाँ काममा हात हाल्ने समय आएको छ । विशेष उपहारका साथ प्रेमको प्रस्ताव प्राप्त हुने योग छ । नियमकानूनले साथ दिनेछ भने आफ्नो दायित्वलाई पूरा गर्नुहुनेछ ।
कुम्भ – सानो प्रयत्नले ठूलो काम सम्पादन हुने समय छ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । आश मारेको काम बन्नाले उत्साह जागृत होला । मिठो बोलीको माध्यमले धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्ला । मिठो भोजन प्राप्त हुनेछ । कुनै पनि प्रकारको शारीरिक तथा आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्ने योग छ ।
मीन – दिन मिश्रित फलदायी रहला । आफन्तबाट टाढिनुपर्ने समय छ । पढाइलेखाइमा सामान्य प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ हुने योग छ । सन्तानपक्ष सहयोगी सावित हुनेछ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिएला । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख बढ्नेछ । समस्याको समाधान मिल्नेछ ।
प्रतिक्रिया