पर्यटन बोर्डको सीइओमा जोशी नियुक्त

पर्यटन बोर्डको सीइओमा जोशी नियुक्त


सरकारले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशीलाई नियुक्त गरेको छ । बोर्ड सञ्चालक समिति बैठकले जोशीलाई सीईओमा नियुक्त गरेको हो ।

जोशी यसअघि पनि बोर्डको सीइओ भइसकेका छन् । उनले सन् २०१५-२०२० सम्म बोर्डको सीइओका रुपमा काम गरेका हुन् ।

बोर्डका अध्यक्ष पर्यटन सचिव गणेशप्रसाद पाण्डेयको अध्यक्षतामा बसेको बैठकले जोशीलाई सिइओ नियुक्ति गरेको हो । बोर्डमा ठूलो भ्रष्टाचार गरेको भनी बदनामी कमाएका निवर्तमान सिइओ धनञ्जय रेग्मीले माओवादीको आडमा पुनः सिइओ हुन खोजेका थिए, तर सत्ता परिवर्तनसँगै उनको अभीष्ट पूरा हुन पाएन ।

पर्यटन बोर्डमा ७ महिनापछि सिइओ नियुक्ति भएको हो । दीपक जोशी पर्यटन व्यवसाय तथा सम्बद्ध क्षेत्रका लागि उत्तम पात्रको रुपमा चिनिएका छन् ।