आजको पञ्चाङ्ग एवम् राशिफल (२२ भदौ २०८१ शनिबार, ७ सेप्टेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२२ भदौ २०८१ शनिबार, ७ सेप्टेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ भाद्र २२ गते तद्अनुसार सन् २०२४ सेप्टेम्बर ७ तारिख शनिबार भाद्र शुक्ल पक्षको चतुर्थी तिथि चित्रा नक्षत्र १०ः४२ पर स्वाती नक्षत्र ब्रम्हा योग बब करण आनन्दादिमा काण योग चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४६ मा भयो र सूर्यास्त साँझ १८ः१६ मा हुनेछ । गणेश चतुर्थी व्रत, निजामती सेवा दिवस, राष्ट्रिय धर्मसभा दिवस ।

आजको राशिफल

मेष – विभिन्न अवसरले पछ्याउने समय छ । सहयोगीहरूको राम्रो साथ पाइनाले अप्ठ्यारा काम पनि सजिलै पुरा हुनेछन् । व्यापार–व्यवसायमा फाइदा होला । मिहेनतले अरूलाई आकर्षित गर्न सकिनेछ । सन्तानसुख मिल्नेछ, दाम्पत्य सुख बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । यात्रागत कार्य सार्थक हुनेछ । समग्रमा आजको दिन अनुकूलता वृद्धि हुने देखिन्छ ।

वृष – गरेका कामको प्रशंसा हुने र सामाजिक प्रतिष्ठा मिल्ने दिन भएपनि आज केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । सहयोगीहरू नै प्रतिस्पर्धीका रूपमा उभिन सक्ने योग छ । बोली र व्यवहारमा संयमता अपनाउने प्रयत्न गर्नु हितकर हुनेछ । पारिवारिक समस्याको समाधान हुने र आर्थिक कार्यमा सफलता मिल्ने समय छ ।

मिथुन – आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन् । तर, आफन्तहरू टाढिने र सहयोगीहरूले समेत साथ छाड्ने देखिन्छ । पहिलेका कमजोरीलाई सुधार गर्न सकिनेछ र टाढिएका सहयोगीहरूको पनि साथ मिल्ने देखिन्छ । सभा–समारोहमा मान पुरस्कार प्राप्त हुने योग छ । मिठो भोजन प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला । बौद्धिकता र रचनात्मकता बढ्नेछ । आरोग्यता रहनेछ ।

कर्कट – मान सम्मान र प्रतिष्ठा कमाउने समय छ । सहयोग जुट्नाले काममा उत्साह थपिनेछ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्ला । आम्दानी बढ्ने देखिन्छ । मनोरञ्जनपूर्ण क्रियाकलापमा सहभागी भइएला । मिठो भोजन प्राप्त हुनेछ । रोकिएको काम बन्नाले मन हर्षित रहनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह – पराक्रम बढ्नेछ । दिगो फाइदा हुने काम तथा जिम्मेवारी हातपर्ने समय छ । रोकिएका काम बन्नेछन् । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । सुखदुःखमा साथ दिनेहरू भने भेटिनेछन् । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । आरोग्यता रहनेछ । रसरागका कार्यक्रममा आकर्षण बढ्नेछ । पारिवारिक सुखशान्ति बढ्नेछ ।

कन्या – आजको दिन अरूका काममा समय खर्चनुपर्ला । हतारको निर्णयले धोका हुन सक्छ, धैर्य राखी कार्य–व्यवहार गर्नु उचित हुनेछ । स्वास्थ्य केही कमजोर रहला, ध्यान राख्नुहोला । प्रतिकुल स्वास्थ्यका बाबजुद काममा परिस्थितिले साथ दिनेछ । समस्यामा मित्रजनको सहयोग मिल्नाले कार्यगति बढ्नेछ ।

तुला – केही प्रतिस्पर्धा गर्नुपरे पनि रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रै फाइदा हुने समय छ । शुभचिन्तकहरूले साथ दिनेछन्, आँटेका काम पूरा हुनेछन् । कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुने योग छ । चुनौती चिर्ने सामर्थ्य रहनेछ । आरोग्यबल बढ्नेछ । यश-वर्चश्व बढ्नेछ ।

वृश्चिक – समय लाभदायक देखिन्छ । व्यावसायिक काममा राम्रै फाइदा हुनेछ भने सहयोगीहरूले साथ र हौसला दिनेछन् । प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएला । खर्च भने केही बढ्ने देखिन्छ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । आरोग्यपन र सुख वृद्धि हुनेछ ।

धनु – व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ । आयबल बढ्ला । व्यावसायिक यात्राको सम्भावना छ । अरूको मन जितेर अवसर हात पार्न सकिएला । आजको दिन चोटपटकको योग भएकोले विशेष सावधानी अपनाउनुहोला । मिठो भोजन प्राप्त हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर – कर्मबल बढेपनि आजको दिन घरायसी समस्याले चिडचिडाहट बढाउन सक्छ । भेटघाटमा अल्मलिनाले काममा बाधा पुग्न सक्छ, सचेत रही व्यवहार गर्नु उचित होला । आकस्मिक खर्च बढ्ने र अर्थ अभावले बन्न लागेको काम स्थगित हुने देखिन्छ । झमेला, विवाद र चोटपटकको योग छ । यात्रागत कार्यमा भने सफलता प्राप्त हुनेछ ।

कुम्भ – समय केही चुनौतीयुक्त देखिन्छ । आँटेका काम मुस्किलले बन्नेछन् । खर्च बढ्नुका साथै अर्थ अभावले काम रोकिन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । पठनपाठनमा त्यत्ति ध्यान दिन नसकिएला । काममा केही चुनौती देखापर्ने योग छ । रचनात्मक कार्य बन्नेछ ।

मीन – दौडधुप बढेपनि रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । श्रमको उचित मूल्य प्राप्त हुनेछ । लगनशीलताले काममा उत्साह जगाउला । व्यवसायको सिलसिलामा भ्रमणको योग छ । आतिथ्यपूर्ण सम्मान मिल्ने देखिन्छ । आफन्तको साथ मिल्नेछ । सुख विलास बढ्नेछ ।