आजको पञ्चाङ्ग एवम् राशिफल (२३ भदौ २०८१ आइतबार, ८ सेप्टेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२३ भदौ २०८१ आइतबार, ८ सेप्टेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ भाद्र २३ गते तद्अनुसार सन् २०२४ सेप्टेम्बर ८ तारिख आइतबार भाद्र शुक्ल पक्षको पञ्चमी तिथि स्वाती नक्षत्र एन्द्र योग बब करण चन्द्रमा तुला राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४६ मा भयो र सूर्यास्त साँझ १८ः१६ मा हुनेछ । ऋषिपञ्चमी व्रत, अन्तर्राष्ट्रिय साक्षरता दिवस, विश्व फिजियोथेरापी दिवस ।

आजको राशिफल

मेष – दिन शुभदयी छ । अधुरा काम बन्नेछन् भने सामान्य प्रयासबाटै कार्यसफलता मिल्नेछ । साथीभाइले काममा सहयोग जुटाउनेछन् । रचनात्मक काममा जुट्दा अझ बढी आनन्द मिल्ने देखिन्छ । मित्रजनसँग रमाइलो पल बिताउन पाइनेछ । नियमित कार्यमा मन लाग्नेछ । यात्रागत कार्य पनि सफल रहने योग छ ।

वृष – दिन केही चुनौतीयुक्त रहला । घर-गृहस्थीमा समस्या आउन सक्छ । कामको बोझले थाकेको महसुस होला । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नपर्ने योग छ । महत्वपूर्ण निर्णय गर्दा गलत ठाउँमा पर्न सक्ने सम्भावना रहेकोले आज ठूलो निर्णय नलिनु हितकर हुनेछ । वादविवादबाट बच्न बोली र व्यवहारमा संयमताा अपनाउनुहोला ।

मिथुन – मिश्रित फलदायी समय छ । मनमा दुविधा रहन सक्छ । नयाँ कामको सुरुवात खासै राम्रो नभएपनि अध्ययन तथा अध्यापन कार्यमा सफलता हासिल हुनेछ । ब्यापारबाट सोचेअनुसार लाभ मिल्ने योग छ । तर, कार्यमा हैरानी भने मिल्ने देखिन्छ । सामाजिक काममा नाम रहने छ । मनोरञ्जनात्मक यात्रा हुन सक्छ ।

कर्कट – सामाजिक काममा नेतृत्वदायी भुमिकामा खटिनु पर्ने दिन छ, यसले मान प्रतिष्ठा पनि दिलाउला । काम बन्नाले मन रमाउने छ । गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । भौतिक सुख-सुविधाको साधन प्राप्ति हुने योग छ । व्यवसायमा मिलेको सफलताले उत्साह बढाउला ।

सिंह – उद्योग र व्यापारमा विशेष फाइदा मिल्ने समय रहेको छ । सोच्दै नसोचेको स्थानबाट लाभ हुने देखिन्छ । मनोरञ्जनात्मक यात्रा हुन सक्छ । मित्रजनहरू सहयोगी बनेर देखापर्ने छन् । तथपि, झुटो आरोप लाग्नसक्ने योग रहेकोले आजको दिन बोली र व्यवहारमा लगाम लगाउनु उचित हुनेछ । रचनात्मक एवम् साहित्यिक कार्यमा मन जानेछ ।

कन्या – आजको दिन पीडा दिनेहरु सक्रिय रहन सक्छन्, विशेष सावधान रहनुहोला । कडा प्रयासका बाबजुद सफलता हात नलाग्न सक्छ । स्वस्थ्य पनि केही कमजोर रहला । पढाइलेखाइमा पनि जाँगर नचल्ने देखिन्छ । वादविवादको सम्भावना छ । खर्च नियन्त्रणको लागि विशेष सावधानी अपनाउनु हितकर होला । खानपानमा सजगता अपनाउनु उचित हुनेछ ।

तुला – बुद्धिविवेकले राम्रो साथ दिने समय छ । अनायासै ठिक निर्णय हुनसक्छ । आर्थिक पक्ष सबल बन्नेछ भने चुनौतीहरू सजिलै पार लाग्ने देखिन्छ । आफन्तजनको साथ मिल्नेछ । पाहुना आगमनको योग छ । काममा सहयोगीहरूले राम्रो साथ दिनेछन् । समष्टिमा दिन सुखदायी रहला ।

वृश्चिक – समय शुभदायी छ । आँट गरेका महत्वपूर्ण कार्यमा सफलता मिल्नुका साथै आर्थिक फाइदा हुने देखिन्छ । व्यापार–व्यवसायमा फाइदा हुनेछ । मिष्ठान्न भोजन एवम् उपहार मिल्ने योेग छ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा विशेष लाभ मिल्नेछ । प्रतिस्पर्धीहरू पराजित हुनेछन् ।

धनु – घरायसी समस्याले केही सताए पनि गरेका कार्य सफल हुनाले मन सन्तुष्ट रहनेछ । मित्र वर्गबाट साथ–सहयोग पाइने समय छ । सामाजिक एवं राजनैतिक क्षेत्रमा गरेको योगदानले मानसम्मान दिलाउने देखिन्छ । धनार्जनको योग छ । कुनै विशेष कार्यमा अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुनसक्छ, सजग रहनुहोला ।

मकर – नयाँ काम सुरु गर्ने समय छ । तर, खर्चको मात्रा भने बढ्न सक्छ । काममा ढिला सुस्ती आउनुका साथै आर्थिक हानी हुनसक्नेप्रति सजग रहनुहोला । सबल स्वास्थ्यका लागि खानपान र शारीरिक व्यवहारमा विशेष सावधानीको दरकार छ । अरूको भर पर्दा काममा धोका हुन सक्ने योग भएकोले आफ्नै प्रयासबाट काम निप्ट्याउने प्रयत्न गर्नु हितकर हुनेछ ।

कुम्भ – आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । स्वास्थ्य खासै सबल नरहन सक्छ । नियमित काम एवं पढाइलेखाइमा समेत जाँगर नलाग्ला । व्यवसायमा सोचेअनुसार लाभ नमिल्ने देखिन्छ । मातृधनले केही राहत दिनेछ । बन्न लागेको काम बिग्रन सक्छ, अत्यन्त होसियारीपूर्वक कदम बढाउनु उचित हुनेछ ।

मीन – नयाँ काम सुरु गर्ने सोचमा हुनुहुन्छ भने उचित समय छ । व्यापारमा राम्रै धनलाभ हुने देखिन्छ । आर्थिक पक्ष सन्तोषजनक रहनुका साथै यात्रागत कार्य पनि बन्ने देखिन्छ । कृषि तथा पशुपालनमा भने केही खर्च बढ्नसक्छ, तर अन्ततः प्रतिफल राम्रै मिल्नेछ । मित्रजनको साथ रहनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहनेछ ।