✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ भाद्र २६ गते तद्अनुसार सन् २०२४ सेप्टेम्बर ११ तारिख बुधबार भाद्र शुक्ल पक्षको अष्टमी तिथि ज्येष्ठा नक्षत्र प्रीति योग भद्रा करण १ः२ पर बालब करण आनन्दादिमा ध्वाँक्ष योग चन्द्रमा वृश्चिक राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४७ मा भयो र सूर्यास्त साँझ १८ः११ मा हुनेछ । बुधाष्टमीव्रत, गोरखकाली पूजा, काया अष्टमी, राधाजीको जन्मोत्सव, ल.पु. दशमहाविद्या पूजा ।
आजको राशिफल
मेष – आजको दिन सामान्य व्यक्तिको सहयोगबाट ठूलै फाइदा उठाउन सकिने देखिन्छ । आयआर्जनका नयाँस्रोतहरू थपिनेछन् भने कामको दायित्व पनि बढ्नेछ । विशेष सभा-समारोहमा भाग लिने मौका जुर्ला । मानसम्मान पनि पाइनेछ । सामाजिक कार्यमा रुचि जाग्नेछ । मिठो भोजन प्राप्त होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
वृष – दिन शुभदायी छ । व्यापार व्यवसायमा प्रगति हुनेछ भने नयाँ उद्योग-धन्दाको थालनी पनि गर्न सकिने समय छ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । प्रमभाव वृद्धि भइ दामपत्यसुख बढ्नेछ । ऐश्वर्य बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काम सम्पन्न हुनेछन् । पढाइलेखाइमा सुधार हुने देखिन्छ । नियमित व्यवसायबाट राम्रै लाभ मिल्ला । देखिन्छ सफलता मिल्नेछ । परिवारिक सुखका कारण उत्साह बढ्नेछ ।
मिथुन – आर्थिक अभावले केही सताएपनि पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । विश्वास गरेको व्यक्तिले धोका दिन सक्ने योग रहेकोले विशेष सजग रही व्यवहार गर्नुहोला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । मिठो भोजन प्राप्त होला । स्वास्थ्य सबल रहनेछ भने शत्रुपक्षमाथि विजय प्राप्त हुनेछ । यात्रा सफल रहनेछ ।
कर्कट – नियमित व्यापार-व्यवसायमा राम्रै फाइदा हुने समय छ । यसका बाबजुद आर्थिक अभावले भने अलिक सताउने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले केही सताउन सक्छ । विद्यार्थी तथा शिक्षकहरूका लागि भने अनुकूल समय छ । प्रमभाव वृद्धि र सन्तानसुख बढ्ला । मिठो भोजन प्राप्त हुनेछ । प्रतिष्पर्धी परास्त हुनेछन् । रसरागमा आकर्षण बढ्ला । खेलकुद एवम् भ्रमण कार्यमा रुचि बढ्नेछ ।
सिंह – धैर्यले काम लिने समय छ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइएला । चुनौतीहरू पन्साउँदै रोकिएका काम बनाउन सकिनेछ । नाता-कुटुम्बको सहयोग प्राप्त हुने योग छ । व्यापार-व्यवसाय विस्तार हुनेछ भने कृषिकर्म र चौपायाको कारोबारबाट पनि राम्रै लाभ हुने देखिन्छ । आम्दानीसँगसँगै खर्च पनि केही वृद्धि होला । आरोग्यता रहनेछ । रसरागका क्रियाकलापमा आकर्षित होइएला । पारिवारिक सुखशान्ति बढ्नेछ ।
कन्या – रोकिएका काम सुरु हुनेछन् । बौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । गरेका कामबाट राम्रै लाभ हुनेछ । श्रमको उचित मूल्यांकन होला । सन्तानसुख मिल्नेछ । पराक्रमका साथै ब्यस्तता वृद्धि हुनेछ । यात्रा सफल रहल । साथीभाइको सहयोग प्राप्त हुनेछ । मान महत्व बढ्नेछ । आफन्तको साथ प्राप्त होला ।
तुला – मिश्रित फलदायी समय छ । प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने देखिन्छ । आरोग्यबल भने बढ्नेछ । मिठो भोजन प्राप्त होला । साहसिक काममा आकर्षण रहनेछ । मातृधनबाट लाभ मिल्ने योग छ । साथीभाइ सहयोगी बनेर अगाडि आउलान् ।
वृश्चिक – धेरै परिश्रमबाट थोरै लाभ मिल्ने समय छ । सामान्य खर्च पनि बढ्ने देखिन्छ । पति-पत्नीबीच असमझदारी बढ्न सक्छ, सजग रही व्यवहार गर्नुहोला । आयआर्जनको कमीले वादविवादको अवस्था निम्त्याउन सक्छ । छरछिमेकमा केही असमझदारी बढ्ने योग छ, तर समस्याको समाधान भने हुने नै छ । आरोग्यता रहनेछ । शत्रुपक्ष परास्त हुनेछ ।
धनु – आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । स्वास्थ्यगत समस्याले केही सताउन सक्छ, सजग रहनुहोला । विश्वास गरिएका साथीभाइबाट धोका मिल्ने तथा परिवारजनले समेत साथ नदिन सक्ने योग रहेकोले व्यवहारमा सावधानी अपनाउनु उचित हुनेछ । खर्च केही वृद्धि हुने देखिन्छ । बौद्धिक तथा रचनात्मक कार्य बन्नेछ । दौडधुप बढेपनि आमोदप्रमोदमा रम्ने अवसर जुर्नसक्छ ।
मकर – धर्मकर्म र समाजसेवाका कार्यमा विशेष लगाव बढ्ने समय छ । नयाँ शिप र उपयोगी ज्ञान प्राप्त होला । पढाइलेखाइमा प्रगति हुनेछ भने कृषि कर्ममा फाइदा होला । यात्रा उपलब्धीमूलक बन्ने र काममा उत्साह जाग्ने योग छ । सन्तान पक्षबाट पनि सुख मिल्नेछ । आयबल बढ्नेछ । दायित्व पूरा गर्न सकिनेछ ।
कुम्भ – कर्मबल बढ्नेछ । चिताएको काम बन्ने देखिन्छ । कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिएला । परिश्रमको राम्रै मूल्यांकन हुुनेछ । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य वृद्धि हुनेछ । तर, रोजगारीमा केही समस्या आइपर्नसक्छ, सजग रही जिम्मेवारी निर्वाह गर्नु उचित हुनेछ ।
मीन – खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्ने समय छ । तर, पारिवारिक समस्याहरू देखापर्न सक्छ । मित्रजनसँग मनमुटाव होला । विश्वास गरेकै व्यक्तिबाट धोका मिल्नसक्ने योग छ, सचेत रहनुहोला । विद्यार्थी वर्गमा पढाइलेखाइको स्तर खस्कने देखिन्छ । धर्मकर्ममा आकर्षण रहला ।
प्रतिक्रिया