आजको पञ्चाङ्ग एवम् राशिफल (२७ भदौ २०८१ बिहीबार, १२ सेप्टेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२७ भदौ २०८१ बिहीबार, १२ सेप्टेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर बर्षा ऋतु वि.सं. २०८१ भाद्र २७ गते तद्अनुसार सन् २०२४ सेप्टेम्बर १२ तारिख बिहीबार भाद्र शुक्ल नवमी तिथि मूल नक्षत्र आयुष्मान योग वालब करण १ः१६ पर तैतिल करण आनन्दादिमा धूम्र योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४८ भयो र सूर्यास्त साँझ १८ः१० मा हुनेछ । अदुःखनवमीव्रत ।

आजको राशिफल

मेष – अलिक द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने समय छ । नियमित काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिने योग रहेकोले सजग रही व्यवहार गर्नुहोला । सहयोगी वा हितैषीजनले तपाईंको कमजोरीप्रति टिप्पणी गर्न सक्छन् । व्यापार तथा उद्योगतर्फ फाइदा ने हुने देखिन्छ । मिठो भोजन प्राप्त होला ।

वृष – आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । भूमि तथा मातृधनबाट लाभ मिल्नेछ । विगतका कमजोरीलाई सुधार गर्न अवसर जुर्ला । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत हुनेछन् । यात्रागत कार्य सार्थक रहनेछ । परिवारिक साथले सुख वृद्धि होला ।

मिथुन – सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । नयाँ काम र जिम्मेवारी हात पर्ला । रोकिएका काम सम्पादन हुनेछन् । प्रतिष्ठित काम गरेर प्रशंसा प्राप्तिको योग छ । धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । धैर्यले काम लिने प्रयास गर्नुहोला । बौद्धिक प्रतिस्पर्धामा विजयी भइएला । साझेदारीको काम बन्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ ।

कर्कट – आजको दिन स्वास्थ्य केही कमजोर रहेको अनुभूति होला । सबल स्वास्थ्यका लागि खानपानमा सतर्कता अपनाउनु हितकर हुनेछ । जिम्मेवारी बढ्ने तर बाध्यतापूर्ण काममै समय बित्ने सम्भावना छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने योग भएकोले व्यवहारमा निकै सजगताको खाँचो पर्ला । । लेनदेनमा विवाद आउने देखिन्छ, आर्थिक कारोबारमा सावधानी अपनाउनुहोला । रसरागमा आकर्षण रहनेछ ।

सिंह – महत्वपूर्ण कार्यमा अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला । केही मात्रामा खर्च बढ्न सक्छ । व्यवसायिक कार्यमा लगानी बढाउनुपर्ला । मातापिताको सहयोग र आशीर्वाद प्राप्त हुनेछ । कृषि-चौपायाबाट विशेष लाभ मिल्ने योग छ । प्रेमभाव बढ्नेछ । आरोग्यता रहनेछ । कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुखको समय छ ।

कन्या – ब्यस्तता वृद्धि भएपनि कामका सुखद परिणामले सन्तोष दिलाउनेछ । मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र, विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन पनि सुखद तथा समृद्ध बन्ने देखिन्छ । पराक्रम र आम्दानी बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नुहुनेछ । कार्यगति बढ्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिलेपनि परिवारजनको भरणपोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ने देखिन्छ । तथापि, सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ । सहयोगीहरूले हात झिक्नसक्छन्, सजग रहनुहोला । आरोग्यबल बढ्नेछ ।

वृश्चिक – स्वास्थ्य केही कमजोर रहेको अनुभूतिका बाबजुद परिश्रम धेरै गर्नुपर्ला, तापनि काममा सफलता मिल्नेछ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । मिठो भोजन मिल्नेछ । समस्याको समाधान प्राप्त होला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । आजको दिन विशेष कार्यमा योजना र बजेट बनाएरमात्र कार्य गर्नु बेस होला ।

धनु – आजको दिन सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना छ, सजग रहनुहोला । काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिने योग छ । आँट वृद्धि हुनेछ, तर जोखिममा नपर्नु बेस रहनेछ । यात्रापरक काम बन्नेछ । आफन्तको साथ मिल्नेछ । रसरागात्मक काममा आकर्षण रहला ।

मकर – धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ, तथापि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धुबान्धवबीच आत्मीय भाव बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ । मिठो भोजन प्राप्त होला ।

कुम्भ – समय उत्साहवर्द्धक रहला । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका जुर्ला । कामको सिलसिलामा स्थानान्तरण वा टाढाको यात्राको सम्भावना छ । पितृधनबाट लाभ हुने योग छ । दिन मनोरञ्जनपूर्ण रहनेछ । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

मीन – कर्मबल वृद्धिका साथै सामाजिक कामको दायित्व बढ्ने दिन छ । श्रमको उचित मूल्यांकन होला । अरूका जिम्मेवारीसमेत वहन गर्नुपर्ने समय छ । पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्, ध्यान राख्नुहोला । सानातिना काम या घरेलु समस्यामा अल्झनुपर्ने योग छ । साझेदारीको काम बन्नेछ । समस्याको समाधान मिल्नेछ । मिठो भोजन प्राप्त होला ।