✍ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य
आजको पञ्चाङ्ग
श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर बर्षा ऋतु वि.सं. २०८१ भाद्र २८ गते तद्अनुसार सन् २०२४ सेप्टेम्बर १३ तारिख शुक्रबार भाद्र शुक्ल दशमी तिथि पूर्वाषाढ़ा नक्षत्र सौभाग्य योग तैतिल करण ०ः१५ पर वणि करण आनन्दादिमा प्रवर्द्ध योग चन्द्रमा धनु राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४८ मा भयो र सूर्यास्त साँझ १८ः९ मा हुनेछ ।
आजको राशिफल
मेष – अरूलाई प्रभावित पारेर काम लिन सकिने समय छ । कीर्तिमानी काम सम्पादन होला । दाम, इनाम र प्रतिष्ठा कमाउने योग देखिन्छ । तथापि, विगतको निर्णय कार्यान्वयन गर्न खोज्दा काम बिग्रन सक्छ, ध्यान राख्नुहोला । दायाँबायाँ विचर नगरी वचन दिने बानीले दुःख पाइनेछ । मान्यजनको सुझावप्रति विश्वास राख्नु हितकर हुनेछ । आमोदप्रमोदको अवसर जुर्ला ।
वृष – आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला । विभिन्न सहयोग र उपहार पाइनेछ । गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण रहला । आश्वासन दिएर झुक्याउनेहरूले सताउनसक्ने योग छ, सचेत रहनुहोला । परिवारिक सुख बढ्नेछ ।
मिथुन – कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउला । सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । समयमा होश नपुग्नाले खर्च भने बढ्ने देखिन्छ । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्, सजगतापूर्वक व्यवहार गर्नुहोला । साझेदारीको काम बन्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।
कर्कट – दिन शुभदायी छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाइएला । अतिथिका रूपमा कतै सम्मान मिल्ने देखिन्छ । रमाइलो यात्राको समेत अवसर जुर्न सक्छ । यात्रागत कार्य सफल रहला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने योग रहेकोले सजग रहनुहोला । रसरागमा आकर्षण बढ्नेछ ।
सिंह – न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ । बन्धुबान्धव, इष्टमित्रसँग असमझदारी बढ्न सक्छ । नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो होला । बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ । विगतको श्रमको सकारात्मक मूल्यांकन भइ त्यसबाट आंशिक लाभ हुने देखिन्छ । सन्तानसुख बढ्नेछ ।
कन्या – व्यस्तता वृद्धि हुनेछ । थोरै उपलब्धिका लागि पनि ज्यादा मिहेनत लगाउनुपर्ने समय छ । आजको प्रयत्न निष्फल जस्तै होला । काम बिग्रने भयले सताउला । लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नमिल्नाले मन असन्तुष्ट रहनसक्छ । आजको दिन सहयोगीहरूले पनि त्यत्ति साथ नदिन सक्छन् । स्वादिष्ट भोजनको आनन्द पाइएला । तर सबल स्वास्थ्यका लागि खानपानमा सतर्कता अपनाउनु उचित हुनेछ ।
तुला – रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । नियमित कार्यमा सहयोगीहरूले राम्रो साथ दिनेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुने देखिन्छ । तपाईंको कुनै कार्यप्रति अरूले आलोचना गर्नसक्ने योग रहेकोले सजगताका साथ व्यवहार गर्नु हितकर होला । काममा रोकावट र मानसम्मानमा आघात पुग्न नदिन विशेष प्रयत्न गर्नुहोला, जसबाट महत्वपूर्ण उपलब्धि हासिल हुन सक्छ । आजको दिन सामाजिक कार्यमा चाहेर पनि समय दिन नसकिएला । आरोग्यबल बढ्नेछ ।
वृश्चिक – समय शुभदायी छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । धन आर्जन गर्ने मौका जुर्ला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । यात्राको व्यवस्थापनमा केही खर्च बढे पनि व्यापार तथा उद्योगतर्फ फाइदा नै हुने देखिन्छ । द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नु हितकर होला । शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ ।
धनु – सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने समय छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट राम्रै लाभ उठाउन सकिनेछ । व्यापारमा हुनेका लागि राम्रै फाइदा हुने योग छ । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ने सम्भावना रहेकोले सचेत रही खानपानलगायतका व्यवहार गर्नुहोला । पढाइलेखाइमा समय दिन नसकिएला । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर – शत्रुहरूको चलखेल बढ्नाले केही चुनौतको सामना गर्नपर्ला । तर, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिने समय छ । सफलताका लागि अलिक प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । तपाईंको कमजोरीमाथि टीकाटिप्पणी हुन सक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने योग छ । आजको दिन सहयोगीहरूको भर नपरी कार्य गर्नु हितकर होला ।
कुम्भ – ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने तथा काममा अवरोध आउने समय हुनुका बाबजुद आत्मविश्वासले काम बन्ने देखिन्छ । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह तथा सहयोगले कार्यसिद्ध होला । आयआर्जनमा कमी आउनेछैन । नसोचेको कार्य सम्पन्न भइ प्रतिष्ठा वृद्धि हुने योग छ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनुका साथै पारिवारिक जमघटमा मन रमाउने देखिन्छ ।
मीन – मिश्रित फलदायी समय छ । व्यावसायिक काममा फाइदा उठे पनि खर्च केही बढ्ने देखिन्छ । आफू कमजोर भएको अनुभूति हुनसक्छ । कर्मबल भने बढ्नेछ । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नु हितकर रहला । काममा परिवारजनको सहयोग जुटाउने प्रयत्न गर्नुहोला । पशुधन र जमिनबाट सामान्य लाभ मिल्ने योग छ । सन्तान पक्षबाट सुख मिल्नेछ । रसरागको भाव वृद्धि हुनेछ ।
प्रतिक्रिया