आजको पञ्चाङ्ग एवम् राशिफल (२९ भदौ २०८१ शनिबार, १४ सेप्टेम्बर २०२४)

आजको पञ्चाङ्ग एवम् राशिफल (२९ भदौ २०८१ शनिबार, १४ सेप्टेम्बर २०२४)


आजको पञ्चाङ्ग

श्रीशाके १९४६ नेपाल सं. ११४४ कालयुक्तनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८१ भाद्र २९ गते तद्अनुसार सन् २०२४ सेप्टेम्बर १४ तारिख शनिबार भाद्र शुक्ल पक्षको एकादशी तिथि उत्तराषाढ़ा नक्षत्र शोभन योग बब करण आनन्दादिमा राक्षस योग चन्द्रमा मकर राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ५ः४९मा भयो र सूर्यास्त साँझ १८ः८ मा हुनेछ । हरिपर्वतिनी एकादशी व्रत, बालदिवस, त्रिपुष्कर १६ः२६ देखि १७ः४२ बजेसम्म ।

आजको राशिफल

मेष – सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्ने समय छ । बिनाकारण आफन्तजनबाट टाढिनुपर्ला । मातापिताका बारेमा चिन्ता बढ्नेछ । आजको दिन विश्वासपात्रले धोका दिन सक्छन् । पैत्रिक सम्पत्तिमा विवाद आउनुका साथै दाजुभाइमा भागबन्डाको योग छ । व्यवसाय र कृषितर्फ लगनशीलताले ठूलो काम बन्न सक्छ, ध्यान राख्नुहोला । राजकाजका कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष – आजको दिन राहुको प्रभावले विवाद, धनहानी, लाञ्छना जस्ता समस्या आउन सक्छन्, एकदम सावधानीका साथ कदम चाल्नु हितकर हुनेछ । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव र छटपटी बढ्ने योग छ । सामाजिक प्रतिष्ठामा कमी आउन सक्छ । एक्लोपनाको अनुभूति होला । काममा विलम्ब र चुनौती सामना गर्नुका साथै अपजशको सम्भावना रहेकोले दैनन्दिन व्यवहारमा विशेष सजगता अपनाउनु उचित हुनेछ । आर्थिक कार्यमा भने आंशिक सफलता मिल्नेछ ।

मिथुन – आजको दिन केही चुनौतीयुक्त रहला । पारिवारिक समस्याहरू देखापर्ने तथा दैनन्दिन कार्यमा कसैसँग असमझदारी बढ्ने योग छ । जोखिम बढ्नेछ, काममा अरुको भर नपर्नु हितकर हुनेछ । विद्यार्थीहरूमा पढाइलेखाइको स्तर खस्कन सक्छ । तथापि, ग्रहके प्रभावले परोपकार र मङ्गलमय काम सम्पादन गरिएला । मित्रता, प्रेम र दाम्पत्य सम्बन्धका लागि समय अनुकूल देखिन्छ । शत्रुपक्षले सताउन सक्छन्, सजग रही कार्य गर्नुहोला ।

कर्कट – आजको दिन स्वास्थ्यगत दृष्टिले केही चुनौती रहेपनि व्यवसायिक प्रगति एवम् रोकिएका काम बन्नेछन् । बौद्धिक कार्यमा सफलता मिल्नेछ । विद्यार्थीहरूका लागि अनुकूल समय छ । अतिरिक्त आम्दानीको स्रोत खुल्ने योग छ । सामाजिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ । साझेदारीको काम बन्नेछ भने परिवारिक सुख वृद्धि हुनेछ । रसरागमा आकर्षण रहला ।

सिंह – नयाँ उद्योग-धन्दाको थालनी गर्न सकिने समय छ । आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुगेपनि समाजसेवा र परोपकारका कार्य गरिएला । उत्तम रोजगारी, नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ । आजको दिन आफन्तजनसँग सजग रही व्यवहार गर्नु हितकर हुनेछ । सबल स्वास्थ्यका लागि विशेष सावधानी अपनाउनुहोला । मनोरञ्जनात्मक क्रियाकलापमा मन जाला ।

कन्या – आजको दिन स्वास्थ्य केही कमजोर, काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । सोच्दैनसोचेको विषयमा झुटा आरोप आइलाग्न सक्छ । सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन् । बाहिरी यात्रा र प्रवासमा हुनेहरूलाई भने समय अनुकूल देखिन्छ । नयाँ नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरणको योग छ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला – ब्यस्तता बढेपनि बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिएला । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुने योग छ । घर–जग्गा जोड्ने प्रयासमा रहेको व्यक्तिका लागि उचित अवसर जुर्न सक्छ । यात्रागत कार्यमा विशेष सफलता मिल्नेछ ।

वृश्चिक – समय शुभदायी छ । विश्वासमा पारेर धोका दिनेहरूले अवरोधको प्रयास गरेपनि रोकिएका काम बन्न थाल्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । पठनपाठनमा पनि प्रगति होला । सोच्ने शक्ति बढ्नेछ । आफन्तको साथ सहयोगले पराक्रम वृद्धि होला । कुरा काट्नेहरुले पनि प्रशम्सा गर्ने योग छ । प्रयत्न गरे व्यापार–व्यवसाय विस्तार हुने देखिन्छ । आरोग्यता रहनेछ ।

धनु – सामाजिक प्रतिष्ठा बढ्ने तथा मानसम्मान मिल्ने समय छ । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले महत्वपूर्ण कार्य सहजै सफल हुनेछन् । अनुसन्धानका कार्यमा लागेका व्यक्तिका लागि विशेष उपलब्धिमूलक दिन छ । सहयोगीको राम्रो साथ पाइएला । शिक्षा र साझेदारीमा फाइदा हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । सुख बढ्नेछ ।

मकर – स्थायी सम्पत्ति जोड्ने समय छ । नयाँ नोकरी, पदोन्नति वा अनुकूल स्थानान्तरण सम्भावित छ, बुद्धि–विवेकको प्रयोग गर्नुहोला । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ । तर, सन्तान पक्षबाट लाभ र सुख मिल्नेछ । दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन् । आरोग्यता रहला । चुनौतीका बाबजुद दायित्व पूरा गर्नुहुनेछ ।

कुम्भ – आम्दानीका विभिन्न माध्यम फेला पर्ने समय छ । तपाईंको सौम्य व्यवहारका कारण मानसम्मान प्राप्त होला । आयआर्जनका स्रोत बढ्नेछन् भने उद्योगधन्दा र रोजगारीका लागि विभिन्न अवसर आउने योग छ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । सामर्थ्य वृद्धिका साथै बौद्धिक र रचनात्मक कार्य बन्नेछ । कृषि र पशुपालनतर्फ सामान्य समय छ ।

मीन – बिनाकारण अनेक चुनौती सामना गर्नुपर्ला, तर विभिन्न अवसरले पछ्याउने समय छ । आयआर्जनका स्रोत भेटिनेछ भने व्यवसायमा सोचेभन्दा बढी सफलता मिल्ने योग छ । कर्मबल बढ्नेछ । स्थापित व्यवसाय, कृषिकर्म र उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । पढाइलेखाइमा पनि मन जाला । मिठो भोजन र मनोरञ्जनात्मक क्रियाकलापका साथ दिन बित्ने देखिन्छ ।